×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असोज ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको हो ।  
००००
निर्वाचन आयोगले असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने आयोगको तयारी छ । 
आयोगका प्रवक्ता शालिग्राम शर्माले शुक्रवार विज्ञप्ति प्रकाशित गरी असोज २० भित्र निर्वाचन कार्यालय खोल्ने निर्णय भएको जनाएका हुन् । आयोगले पूर्व स्वीकृतिविना निर्वाचन क्षेत्र नजान निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।
००००
आयोगले हाम्रो नेपाली पाटीलाई स्पष्टीकरण सोधेको छ । चुनाव चिह्न लौरोको सम्बन्धमा स्वतन्त्र उम्मेदवारलाई जोडेर भ्रामक प्रचार भएको भन्दै आयोगले हाम्रो नेपाली पार्टीलाई ४ बुँदे प्रश्नसहित तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो ।
००००
हेटौँडाको न्युरेनीस्थित कर्रा खोलाले बगाएर शुक्रबार तीन जना बालकको  मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
००००
१२ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै आवासीय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले असोज ८ गतेदेखि कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने र द्वीप प्रज्वलन कार्यक्रम तय गरेका छन् । यसैबीच डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । 
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एसको आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दावी गरे । राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने भन्दै व्यंग्य समेत गरे ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानविपरीत काम गरेको बताएकी हुन् ।
००००
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको र माओवादीमा प्रवेश गर्ने हल्ला झुट्टा भएको बताएका छन् । सचिव रायमाझीको सचिवालयले एक प्रेस नोट जारी गर्दै रायमाझी माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरूले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।
००००
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित गरिएको छ । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ शुक्रवार स्थगित गरिएको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 
अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । उनी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री दीर्घ सोडारीका पत्नी हुन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका छन् । परिवर्तनका पक्षधरहरू सडकमा नजाने हो भने प्रतिगमनका फँणाले डस्न सक्ने उनले बताए । 
अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका हुन् ।
००००
वाणिज्य बैंकहरूले क्षमताभन्दा बढी लगानी गरिरहेको भए पनि घरजग्गा कारोबार भने ४६ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरूको निक्षेप संकलन गत साउनमा असारको तुलनामा १ खर्ब ८ अर्ब ७ करोड रुपैयाँले घटेका कारण कर्जा प्रवाह गर्न मुस्किल छ । तथ्यांकअनुसार गत साउनमा बैंकहरूको कर्जा लगानी जम्मा १ अर्ब ६८ करोड रुपैयाँ मात्रै छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले पछिल्लो एक महिनामा घरजग्गामा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूबाट साउनमा समग्र घरजग्गामा १२ अर्ब ६२ करोड र डेढ करोडसम्मको आवासीय कर्जामा ४ अर्ब १७ करोड रुपैयाँ लगानी भएको छ ।
००००
निर्वाचन आयोगले संसदबाट पारित बजेटभन्दा पृथक कार्यक्रमलाई अनुमति नदिन अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
चुनावको मिति घोषणा भइसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको स्वच्छतामा असर पर्ने आयोगले बताएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी, मधेश प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसपाले राष्ट्रपतिको कदमको विरोधमा पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x