×

NMB BANK
NIC ASIA

कुटपिट गरी हत्यामा संलग्न नौ जना पक्राउ

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई  पक्राउपछि सार्वजनिक गरेको हो ।

Muktinath Bank

उनीहरुले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए । घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु भएको थियो । घटनामा प्रयोग भएको खुकुरी र ढुङ्गासहित प्रहरीले पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी उपरीक्षक दिलीप घिमिरेले नौ जनाबाहेक अन्यको खोजी भइरहेको बताए । आपसी लेनदेन र कुटपिटको रिसइबीका कारण घटना घटेको प्रहरीले जनाएको छ । मृतक गुरुङसमेत विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x