×

NMB BANK
NIC ASIA

काठमाडौंका सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । 

Muktinath Bank

हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका डोरवे टु नेपाल्स हिस्ट्री कल्चर’नामक पुस्तक विमोचन कार्यक्रममा उनले विकासका नाममा काठमाडौंका सांस्कृतिक संरचना भत्काउन नहुने धारणा राखेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटनमन्त्री श्रेष्ठले भने, ‘काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेको छ । बाटो साँघुरो छ भनेर सरहका पुराना घर भत्काइनु हुन्न । पहिलेका भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहन्छ, त्यसैले काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेको जानकारी दिँदै पर्यटनबाट देशको अर्थतन्त्रलाई बलियो बनाएर बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

Vianet communication
Laxmi Bank

समाजले आधुनिकताका नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेकाेमा चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको बताए । हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदा मार्ग निर्माण गर्न लागिएको हो । पर्यटकलाई शान्तिपूर्णरुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए । 

उक्त सम्पदा मार्गमा सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिनेछ । पुरातत्व विभागले सम्पदा निर्माण गर्नेछ भने मन्दिर निर्माणलगायत संरचना सहरी विकास मन्त्रालयले काम अघि बढाउनेछ । सम्पदा-मार्गको विद्युतीय तारको भूमिगत व्यवस्थापन प्राधिकरणले गर्नेछ । सम्पदा-मार्गमा पर्ने पुल निर्माण पर्यटन विभागले बनाउने जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x