×

NMB BANK
NIC ASIA

भारु १८० करोडमा निर्माण भएको ‘जवान’ले हलमा पुग्नु अघि नै यसरी कमायो २५० करोड

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह छ । शाहरुख ५ वर्षपछि ‘पठान’बाट मुख्य भूमिकामा आउन तयारी अवस्थामा छन् । दर्शकहरूबीच यो फिल्मको व्यग्र प्रतिक्षा छ । तर, उनको आगामी फिल्म ‘जवान’को बारेमा पनि भारतभर चर्चा चुलिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसवर्ष जुनमा शाहरुखले एक भिडियो शेयर गर्दै फिल्म ‘जवान’ घोषणा गरेका थिए । उक्त भिडियोको दृश्य, संगीत र शाहरुखको लुक्सप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो । उक्त भिडियो युट्युबमा २९ लाखभन्दा बढीले हेरेका छन् । दर्शकहरूको यो क्रेजले ‘जवान’ फिल्मले रिलिजअघि नै बजेटभन्दा बढी कमाइ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिलिजपछिको अधिकार २५० करोड भारुमा बिक्री 


Advertisment
Nabil box
Kumari

साउथमा ठूला हिट फिल्म दिने निर्देशक एट्लीसँग शाहरुखको सहकार्यलाई लिएर दर्शकहरू उत्साहित बनेका छन् । दर्शकहरूको उत्साहपछि ‘जवान’को अधिकार खरिदका लागि चर्को प्रतिष्पर्धा भएको थियो । चर्को प्रतिष्पर्धाका बीच नेटफ्लिक्सले यो फिल्मको ओटीटी अधिकारहरू किन्न सफल भएको छ । नेटफ्लिक्सले ‘जवान’को ओटीटी अधिकारका लागि १२० करोड खर्च गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

Vianet communication
Laxmi Bank

ओटीटीपछि ‘जवान’ले स्याटेलाइट अधिकार पनि बिक्री गरेको छ । नेटफ्लिक्सले ओटीटीमा ‘जवान’ स्ट्रिम गर्नेछ, भने जी टीभीले फिल्मको स्याटेलाइट अधिकार प्राप्त गरेको छ । ‘जवान’ले दुवै अधिकार बेचेर २५० करोड भारतीय रुपैयाँ कमाएको समाचारमा उल्लेख गरिएको छ । यो रिपोर्टको आधिकारिकता पुष्टि गर्न बाँकी छ । यदी उक्त समाचार सत्य भएमा ‘जवान’ले बजेटभन्दा बढी कमाएको छ । जवानको बजेट १८० करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । 

‘जवान’ तमिल फिल्मका हिट निर्माता एट्लीले निर्माण गरेका हुन् । उनले ‘मेर्सल’, ‘बिगिल’ र ‘थेरी’जस्ता ठूला हिट फिल्म दिएका छन् । 

जवानमा शाहरुखका अतिरिक्त साउथकी सुपरस्टार नयनतारा मुख्य भूमिकामा छिन् । लगातार दमदार अभिनय गरिरहेका विजय सेजुपति खलनायकको भूमिकामा छन् । त्यस्तै, थालापथी विजय र दीपिका पादुकोणको पनि छोटो भूमिका रहेको छ । 

‘जवान’ हिन्दीमा मात्र नभई तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा पनि रिलिज हुने बतान्छ । यही कारणले हिन्दी फिल्मका दर्शकमा मात्र नभई देशभरका सिनेमा दर्शकमा पनि ‘जवान’लाई लिएर उत्साह रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x