×

NMB BANK
NIC ASIA

अनलाइन प्रणालीबाटै शिक्षकहरूको फाँटवारी पठाउने व्यवस्था शुरू

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सावधिक जीवन बीमा योजनाअन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था शुरू गरेको छ । 

Muktinath Bank

योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा प्रणाली (सिगास)बाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यस अघि नै शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षकहरूले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय र विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ । 


Advertisment
Nabil box
Kumari

शिक्षकहरूमा पनि अनलाइन कारोबार शुरू भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक विद्यालय ललितपुरका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताए । उनले यस्तो सेवाबाट कागजरहित कार्यको विकास भएको प्रतिक्रिया दिए । कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै क वर्गका वाणिज्य बैंकहरूमा रहेको हुँदा सम्बन्धित कार्यालय, विद्यालयहरूले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन् । फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रूपमा सञ्चालन गरिरहेको जानकारी दिएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x