×

NMB BANK
NIC ASIA

‘रिफ्रेस सेन्टर’ प्रयोगविहीन

असोज १०, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले सञ्चालन गरिएको ‘रिफे्रस सेन्टर’ अहिले प्रयोगविहीन बनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

रातिका समयमा लामो दूरीका सवारी चालकलाई आराम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रिफ्रेस सेन्टर सञ्चालन गरको थियो । तर, कोभिड महामारीका कारण बन्द ‘रिफ्रेस सेन्टर’ अहिलेसम्म पुनःसञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका समयमा मानिसको भिडभाड बढ्दा थप जोखिम हुने भन्दै ‘रिफ्रेस सेन्टर’ बन्द गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रिफ्रेस सेन्टर’ मा रातिको समय ११ देखि ४ सम्म राजमार्गमा चल्ने लामो दूरीका सवारीलाई कम्तीमा १५ मिनेट रोकेर चालकको स्वास्थ्य परीक्षण, दुई जना चालक भए नभएको जाँच, यात्रुसँग चालकको आनिबानीबारे जानकारी लिने काम हुँदै आएको थियो । स्वास्थ्य जाँचसँगै चालकलाई आराम गर्ने कक्षको व्यवस्थासमेत गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

राति चालक निदाएर हुने दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी मानिएको ‘रिफ्रेस सेन्टर’ पुनःसञ्चालनको विषय अहिले अन्योल रहेको छ । बन्द भएको ‘रिफ्रेस सेन्टर’का विषयमा छलफल चलेको भए पनि तत्काल सञ्चालनका लागि कुनै प्रक्रिया अघि नबढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताए । 

Vianet communication
Laxmi Bank

अहिले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा क्रममा जीर्ण रहेकाले सवारीलाई यस खण्डमा यात्रा गर्न लामो समय लाग्ने हुँदा थप रोकेर राख्न समस्या भएकाले रिफ्रेस सेन्टर सञ्चालनको विषय अन्योल रहेको उनले बताए । ‘बाटो जीर्ण छ, यसै यो बाटो पार गर्न सवारीलाई धेरै समय लाग्छ, फेरि राति रोकेर राख्न कति सान्दर्भिक हुन्छ भन्ने हो’, सूचना अधिकारी पुरीले भने । 

‘रिफ्रेस सेन्टर’मा सवारी नरोके पनि राजमार्गमा रहेको विभिन्न ट्राफिक पोष्टमा दुई वटा चालक भए नभएको र अन्य सवारी नियम पालना गरे नगरेको भन्ने विषय नियमित गर्ने गरेको उनले बताए । 

राजमार्गमा यातायात सञ्चालनमा सहज भएपछि भने रिफ्रेस सेन्टर पुनःसञ्चालन गर्न सकिने उनको भनाइ छ । तर, अहिले नै सञ्चालनको विषयमा कुनै निर्णय नभएको सूचना अधिकारी पुरीले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x