×

X
Nic Asia
Dabur
Khukuri

सरसर्ती २४ घण्टा

राप्रपा प्रवेशको तयारीमा रवीन्द्र मिश्र, सन्दीप लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
००००
वैदिक सनातन धर्मावलम्बी नेपालीले घर–घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै दशैं शुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व दशैं शुरू हुन्छ । सोमवार बिहान १०ः२३ बजेको शुभ साइतमा घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि दशैं शुरू भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ ।
००००
विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले अध्यक्ष समीक्षा बाँस्कोटालाई सोमबार राजीनामापत्र बुझाएका हुन् । 
मिश्रले राप्रपामा प्रवेश गर्नेगरी राजीनामापत्र बुझाएका हुन्  । राप्रपा स्रोतका अनुसार उनी केही दिनभित्रै राप्रपा प्रवेशको तयारीमा रहेका छन् ।  उनले राप्रपामा वरिष्ठ उपाध्यक्ष पाउने सहमति भएको बताइएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएका छन् । गृहजिल्ला चितवन पुगेर प्रेस सेन्टर नेपालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने रेसमा नरहेको बताए ।

LAxmi BAnk
nabil BANK inside

उनले भने, ‘चाहेको भए २०७४ सालको चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो, फैसला तपाईंहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दैगर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’
००००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । 
पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको छलफलमा मन्त्री राईले काम नगर्ने निर्माण कम्पनी अदालत जाँदा अन्तरिम आदेश दिने र लामो समय काम ठप्प हुने अवस्था रहेको बताए।
००००
अर्थमन्त्री जनार्दन शर्माको निर्देशनले बैंकलाई ब्याजदर बढाउन नियन्त्रण गर्ने भएको छ । हाल १३ प्रतिशत मुद्दति निक्षेपमै र १५ प्रतिशतसम्म रेमिट्यान्स निक्षेपमा ब्याजदर दिने घोषणा गरेका बैंकहरूको ब्याजदर नियन्त्रण हुने भएको छ । 
अर्थमन्त्रीको निर्देशनसँगै एक कमिटीसमेत गठन भएको छ । आइतवार मन्त्री शर्माले मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा एक अध्ययन कमिटी गठन गरेका थिए । उनले बैंकको ब्याजदर घटाउन हस्तक्षेप स्वरुप उक्त कमिटी गठन गरेका हुन् ।  शर्माले ब्याजदरका विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था आउनसक्ने यस अघि नै एक सार्वजनिक कार्यक्रम बताएका थिए ।
००००
उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 
उद्धार गरिएका चारै जनाको पहिचान खुल्न नसकेको उनले बताए । घटनास्थलबाट उद्धार गरिएका दुई घाइतेलाई भने सिम्रिक एयरको हेलिकप्टरमार्फत सामागाँउ ल्याएर र लगत्तै कैलाश एयरमार्फत राजधानी लगिएको उनले बताए । ढिलो गरी उद्धार गरिएका थप दुईलाई भने मौसम खराबी कारण सामागाउँसम्म पनि ल्याउन नसकिएको उनको भनाइ छ ।
००००
बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोलसँग डिफ्युजन नोटिस जारी गर्न आग्रह गरेपछि सोमवार नोटिस जारी भएको हो । 
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध सबै देशले आफ्नो देशमा सन्दीप भए–नभएको खोजी गर्नेछन् । हालसम्म इन्टरपोलमा १३५ देश आबद्ध छन् । इन्टरपोलमा आबद्ध देशमा सन्दीप रहेको भेटिएमा उनलाई लागेमा नेपाल पठाउने प्रक्रिया शुरु गर्ने बताइएको छ ।
००००
मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ ।
००००
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न स्थानमा सभालगायतका कार्यक्रम गर्ने तय गरेका हुन् । 
घोषित कार्यक्रमअनुसार असोज २३ गते चितवन, २५ गते जनकपुर, ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, ४ गते बुटवल, १७ गते सुर्खेत, १९ गते धनगढी र २३ गते काठमाडौंमा विरोध सभा गरिने छ । जिल्ला समितिले पनि छुट्टै विरोधका कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
००००
गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको दाबी गरेका छन् ।
संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने स्पष्ट लेखे पनि सरकारले अगाडि बढाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा लाखौं नागरिक अनागरिक बन्न पुगेका उनले बताए । 
००००
नेपाल वायुसेवा निगमले सोमवारदेखि अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको छ । निगमले उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरूमा अनलाइन टिकेटिङमार्फत टिकट बुकिङ शुरु गरेको हो ।
००००
मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार प्रकाशित गरेको नियमित बुलेटिनमा डेंगुका कारण हालसम्म ३२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 
बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण देखिएको उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५४३ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित पाइएका छन् ।
००००
दशैंमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यसपटक दशैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।
००००
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

स्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधान...

मंसिर २३, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिवले दिएको पत्रका सन्दर्भमा परेको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।  सर्वोच्च अदालत बार एसोसिएसनका पदा...

मंसिर २३, २०७९

चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भइसकेको भन्दै संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश ...

मंसिर २३, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैं आज पनि हामी  बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक गरेसँगै केन्द्र...

मंसिर २३, २०७९

संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले महाभियोग निष्प्रभावी भएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई दिएको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ शुरू भएको छ । उक्त रिटमाथि सर्वोच्च अ...

मंसिर २२, २०७९

सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x