×

NMB BANK
NIC ASIA

बजार अनुगमनमा उपमेयर डंगोल : ‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ ।

Muktinath Bank

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट चाडपर्व लक्षित बजार अनुगमन शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवारै महानगरपालिकाले टुकुचास्थित प्रदर्शनी मार्गमा रहेको तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ भने खाद्यान्न पसलमा पनि अनुगमन गरेको छ । 


Advertisment
Nabil box
Kumari

उपेमयर डंगोलका अनुसार महानगरपालिकाले मंगलवारै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । उपप्रमुख डंगोलको नेतृत्वमा मंगलवार ३ वटा समूह बजार अनुगमनका लागि परिचालित भएका छन् ।

Vianet communication
Laxmi Bank

‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसूस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गर्दछौं,’ उपमेयर डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दशैंअघि र पछि पनि निरन्तरता दिन्छौं । तपाईंहरूले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउँछौं र आवश्यक कारवाही प्रक्रिया अघि बढाउँछौं ।’ 

उनले मंगलवार टुकुचास्थित प्रदर्शनी मार्गमा रहेको तरकारी र फलफूल बजारमा अनुगमन गरेको जानकारी दिइन् । उनका अनुसार मंगलवारै त्यहाँ आसपासका खाद्यान्न पसलमा पनि महानगरपालिकाले अनुगमन गरेको छ ।

‘हामीले आजै भाटभटेनीमा पनि अनुगमन गरेका छौं,’ उनले भनिन्, ‘हामीले आजको अनुगमन मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटायौं । उहाँहरूलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरेका छौं । म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छाैं । हामीले अनुगमन त्यहीअनुसार गरिरहेका छौं ।’ 

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताइन् । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग लेखिएको सामान मात्रै बिक्री गर्न भनेका छौं ।’

उनले अनुगमनका क्रममा केही डिपार्टमेन्टल स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटिएको बताइन् । ‘उहाँहरूलाई स्थानीय उत्पादन लिँदा उहाँहरूको कम्पनी दर्ता छ कि छैन ? प्यान नम्बर छ कि छैन हेरेर मात्रै लिन सुझाव दिएका छौं,’ उनले भनिन्, ‘हामीले अनुगमनका सिलसिलामा खाद्यान्न लगायतको मूल्यसूची नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौं । कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूची ‘अपडेट’ गरेको देखिएन । हामीले त्यस्ता पसललाई सकेसम्म दैनिक, नभए पनि दिन बिराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौं । मुख्य गरेर चाडपर्वको समयमा बढी भीडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्व लक्षित अनुगमन शुरू गरेका छौं ।’ 

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरू सहभागी हुनेछन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्टल स्टोर लगायत हेरिने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x