मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
असोज ११, २०७९
बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।
सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको हो ।
वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।
अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि भने रेड नोटिस जारी हुन्छ ।
डिफ्युजन नोटिस खोजीका लागि हो भने पक्राउ गर्न रेड नोटिस जारी गर्नुपर्छ ।
डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन । तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न थाल्नेछ ।
आफूविरुद्ध लागेको आरोप झूटो रहेको र त्यसको सामना गर्ने भन्दै सन्दीपले आइतबार फेसबूकमा लामो स्टाटस लेखेका थिए ।
सन्दीपले लेखेको फेसबूक स्टाटसमा आफूमा स्वास्थ्य समस्या देखिएको र आइसोलेसनमा रहेको जनाइएको छ । उनले छिट्टै नेपाल आउने उल्लेख गरेका छन् ।
फेसबूकमार्फत आफू नेपाल आउने कुरा लेखे पनि आउन ढिलाइ गरेपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्न प्रक्रिया अगाडि बढाएको हो ।
सन्दीपविरुद्ध जाहेरी परेको पनि २१ पुगेको छ ।
प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ ।
‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
सन्दीप सिंगापुरमा रहेको सूचना प्रहरीलाई भए पनि आधिकारिक रूपमा खोजीका लागि डिफ्युजन नोटिस जारी भएको हो ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सन्दीप नेपाल नआएपछि प्रहरीले आफ्नो प्रक्रियाबाट ल्याउन लागेको बताए ।
‘उनलाई गम्भीर आरोप लागेको छ । प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया त गर्ने नै भयो,’ डीआईजी राईले भने ।
भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ । ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
भदौ ६ गते बिहान होटलबाट निस्किएर अन्तर्राष्ट्रिय शृंखलाका लागि सन्दीप केन्या गएका थिए । केन्यामा खेल सकिएपछि उनी क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए ।
उनी वेस्टइन्डिजमै रहेका बेला काठमाडौंमा बलात्कारको उजुरी दर्ता भएपछि सन्दीप त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इन्डिज छाडेका सन्दीप अहिलेसम्म विदेशमै लुकेर बसिरहेका छन् ।
बलात्कार आरोप लागेको २ दिनपछि उनले क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि सहयोग गर्न भनेका थिए ।
त्यसयता भने उनी कसैसँग औपचारिक सम्पर्कमा छैनन् । यसबीचमा उनले दुईपटक फेसबूक स्टाटस लेखेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सन्दीपको खोजी भइरहेको बताए । नेपाल आउनेबित्तिकै पक्राउ गर्ने उनको भनाइ छ ।
नेपाल आउन ढिलाइ गरेमा भने इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने प्रहरीको तयारी छ । त्यसका लागि भने केही समय लाग्नेछ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...