×

NMB BANK
NIC ASIA

विवादले घेरिएका मुख्यमन्त्री

अपेक्षित काम गर्न नसकेको लुम्बिनी सरकार– आलोचनाको घेरामा मुख्यमन्त्री !

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन नेकपा विभाजनले प्रदेशको नेतृत्व सम्हाल्ने अवसरमा पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकाल अपेक्षित सफल हुन सकेको छैन ।

Muktinath Bank

केसीले ‘जम्बो’ मन्त्रिमण्डल बनाएर २८ साउन २०७८ मा लुम्बिनी सरकारको नेतृत्व सम्हालेका थिए । एमाले नेता शंकर पोखरेल साढे ३ वर्ष सरकारको नेतृत्व गरेर २७ साउनमा बाहिरिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरेल नेतृत्वको सरकारमा छँदा सकारात्मक छवि बनाएका केसीले सरकारकै नेतृत्वमा पुगेपछि भने अपेक्षित काम गर्न नसकेका हुन् । लुम्बिनीमा पाँचदलीय गठबन्धनको ‘मिलिजुली’ सरकार छ । 


Advertisment
Nabil box
Kumari

१७ सदस्यीय ‘जम्बो’ मन्त्रीमण्डल गठन, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ६ अर्ब बढीको भवन ठेक्कामा चलखेल, सचिवालयमा आवश्यकताभन्दा बढी आसेपासे नियुक्ति, कर्मचारी सरुवामा हस्तक्षेप, स्थायी राजधानीमा पूर्वाधार नबनाई राजधानी सार्न हतारो गरेको जस्ता आरोप उनीमाथि छन् ।

Vianet communication
Laxmi Bank

पोखरेल नेतृत्वको सरकारमा ७ वटा मन्त्रालय र ६ सदस्यीय मन्त्रिमण्डल थियो । माओवादीले समर्थन फिर्ता लिएपछि जसपाको एक पक्षलाई समेटेर उनले केही महिना ८ मन्त्री र एक राज्यमन्त्री समेतको सरकार चलाए । 

अहिले केसी नेतृत्वको सरकारमा ४ राज्यमन्त्रीसहित १७ मन्त्री छन् । गठबन्धनका दलहरूबीच भागबण्डा पुर्‍याउन मनपरी मन्त्रालय विभाजन गरिएको छ ।

१७ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीका ६, कांग्रेसका ६, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ मन्त्री छन् ।

माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला वलीको विवादास्पद गतिविधिको चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिइन् ।

सत्ता टिकाउन जथाभावी मन्त्रालय विभाजनले लुम्बिनीमा कर्मचारीको अभाव छ । जसले गर्दा मन्त्रालयका काम कारवाही राम्रोसँग हुन सकेको छैन । मुख्यमन्त्री केसीको सचिवालय पनि १८ सदस्यीय छ । 

मुख्यमन्त्रीको विषयमा गठबन्धनभित्रै असन्तुष्टि बढेको छ । नेपाली कांग्रेस प्रदेशसभाका निर्वतमान प्रमुख सचेतक फकरुद्धिन खानले सरकारले आफ्ना उद्देश्य र लक्ष्य हासिल गर्नतर्फ ध्यान पुर्‍याउन नसकेको बताए ।

‘उहाँ (मुख्यमन्त्री) ले सचिवालय पनि सबल र चुस्त पनि बनाउन सकेको देखिएन,’ खानले लोकान्तरसँग भने, ‘प्रदेशका महत्त्वपूर्ण काम पनि सत्ता साझेदारसँग परामर्श नगरी एकलौटी गर्नुभयो । त्यसको विरोधमा हामी बोलेकै हो ।’

खानले थपे, ‘संघीय सरकारले प्रदेशमा अधिकार प्रत्यायोजन पनि गरेन । कर्मचारी अभावसँगै अघिल्ला सरकारले थोपरेको बोझ बोकेर हिँड्दा सरकारले गनुपर्ने काम गर्न नसकेको जस्तो देखियो । ठूलो परियोजनामा मुख्यमन्त्री जोडिएका विषयमा पनि हामीले गम्भीर र शुक्ष्म ढंगले अध्ययन गरेका छौं ।’ 

लुम्बिनीमा भत्ताका लागि मात्रै झण्डै १ अर्ब रुपैयाँ बजेट राखिँदा आलोचना भइरहेको छ । कर्मचारी, मन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यको बैठक भत्ताका लागि उक्त रकम छुट्याइएको हो ।

सरकारकै तलब सुविधा खाने मन्त्रालय र कार्यालयका कर्मचारीकै लागि सरकारले ११ करोड ५० लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ । सबैभन्दा बढी प्रदेशसभाका लागि साढे ७ करोड भत्ता मात्र छ । भत्तालाई प्राथमिकता दिएको भन्दै आलोचना हुँदा मुख्यमन्त्री कानमा तेल हालेर बसेका छन् । 

केसीले सचिवालयमा छोरी मानवी केसीलाई दोभासेमा नियुक्ति दिलाएका छन् । प्रमुख राजनीतिक सल्लाहकार अमर डाँगी घोराही बस्छन्, बुटवल मुख्यमन्त्री कार्यालय कहिलेकाहीँ मात्र आउँछन् । अरू सल्लाहकार सचिवालयमा नियुक्त भएका सहयोगीले पनि मुख्यमन्त्रीको कामलाई व्यवस्थित गर्नेभन्दा अरू नै कामलाई प्राथमिकता दिएको भन्दै आलोचना हुँदै आएको छ ।

राजधानी निर्धारण गर्ने कार्यसूचीसहित बसेको प्रदेशसभा बैठकमा रोस्ट्रमबाटै बोल्दै तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नाराबाजी गरिरहेका कांग्रेसका सांसदलाई ‘घिसारेर निकालिहाल’ भन्ने अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा यो अभिव्यक्ति  ‘भाइरल’ भएको थियो । 

प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत धु्रव मजगैयाको कार्यकाल बाँकी रहँदै बर्खास्त गरेपछि अदालतले पुनर्बहाली गर्‍यो । तर, सरकारले उनलाई काम गर्न दिएन । प्राधिकरणको कार्यकारी अधिकृतमा अनन्तराम घिमिरे नियुक्त भए । घिमिरेलाई दबाबमा विवादास्पद काम गर्न लगाउँदा उनले राजीनामा दिएको चर्चा भयो । उनले राजीनामा दिनुको कारण हो, प्रादेशिक अस्पतालको ठेक्का प्रकरण । 

कानून र नियमसम्मत ठेक्का अघि बढाउनुको साटो मिलेमतो (सेटिङ) मा ठेक्का अघि बढाउन दबाब आएपछि उनले राजीनामा दिएको चर्चा छ ।

६ अर्बको यो ठेक्कामा डेढ अर्बको चलखेल भएको बताइन्छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रकरणमा देखिएका कमजोरीबारे सम्झाउँदै प्राधिकरण र मुख्यमन्त्री कार्यालयलाई पत्र काटेको थियो ।

यसपछि पहिलेको ठेक्का रद्द भयो । नयाँ कार्यकारी नियुक्त गरी पुनः ठेक्का अघि बढाइयो । यो ठेक्का पनि निश्चित कम्पनीले ठेक्का हाल्न पाउने गरी गरियो । यो ठेक्का पनि विवादित भयो । अहिले ठेक्कासम्बन्धी विवाद अदालतमा पुगेपछि ठेक्का अघि नबढाउन भन्दै उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  

अस्पताललाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा अघि बढाएको हो । यो अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन लागिएको हो । ठेक्काको सेटिङमा मुख्यमन्त्री नै लागेपछि प्रदेश गौरवको यो आयोजना अघि बढ्नै सकेको छैन । अस्पतालको भवन निर्माणसम्बन्धी ठेक्का अघि बढाएर काम शुरू गर्न सकेको भए जस मुख्यमन्त्री केसीले लिन्थे । 

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले अस्पतालको भवन ठेक्का प्रकरणमा मुख्यमन्त्रीलाई जोडेर अतिरञ्जित प्रचार गरिएको दाबी गरे । ‘सरकार सफल छ । अनावश्यक रूपमा विभिन्न योजनामा मुख्यमन्त्रीलाई जोड्नु आवश्यक छैन । गठबन्धनको सरकार बनेपछि प्रदेशवासीले साँच्चै सरकार भएको महसूस गरेका छन्,’ शर्माले लोकान्तरसँग भने । 

एमाले प्रदेशसभा संसदीय दलका उपनेता बैजनाथ चौधरीले विवादित कामले प्रदेश संरचनाप्रति नै नागरिकको वितृष्णा बढाउने काम गरेको बताए । 

‘सरकारमा जाने भनेको काम गर्नका लागि हो भन्ने बुझेर काम गरेको भए अवसर थियो, त्यो अवसर गुमाएर मुख्यमन्त्री विवादै विवादमा फस्नुभयो,’ उनले भने ।

प्रदेश सरकारका विभिन्न मन्त्रालयमा रहेका कर्मचारीहरूका अनुसार उनको कार्यकालमा प्रदेशको प्राथमिकता निर्धारण गरी कामले लय लिएको थियो । 

कर्मचारी सरुवा मापदण्डका आधारमा हुँदा कसैले अन्याय भएको महसूस गरेका थिएनन् । सरकार कुनै विवादमा फसेको थिएन । कर्मचारी प्रशासन प्रणालीमा चलेकाले कर्मचारीहरू काममा उत्साहित थिए । 

अहिले कर्मचारी प्रशासन भद्रगोल भएको छ । कर्मचारी सरुवा भएर कुनै कार्यालयमा पुगेको तीन महिना नबित्दै अर्को कार्यालयमा सरुवा हुने प्रवृत्ति बढेको छ । यसले कर्मचारी प्रशासन अस्थिर भएको छ ।

बजेट खर्च पनि राम्रो हुन नसकेको र भएको खर्चले प्रभावकारी नतिजा दिन नसकेको कर्मचारीहरू बताउँछन् । कर्मचारी सरुवामा मनपरी भएकोबारे नेपाल निजामती कर्मचारी संगठनले विरोध समेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x