×

NMB BANK
NIC ASIA

सिमरामा खुल्यो सुविधासम्पन्न फिल्म हल, प्रदीपले दर्शकसँग बसेर हेरे ‘प्रेमगीत ३’

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता प्रदीप खड्काले सोमवार बाराको सिमरामा दर्शकसँग बसेर प्रदर्शनरत आफ्नो फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

‘प्रेमगीत ३’ प्रदर्शनसँगै सञ्चालनमा आएको सिमरास्थित ‘केएसआर मुभिज’मा अभिनेता खड्काले दर्शकसँग बसेर फिल्म हेरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रेमगीत ३’ प्रदर्शन गर्नुअघि केएसआर हलको उद्घाटन गरिएको थियो । झण्डै १८ करोडको लागतमा निर्माण भएको फिल्म हलको अभिनेता खड्कासहित ‘प्रेमगीत ३’को कलाकार टोली, पूर्व श्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेशसभा सदस्य शोभा लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हास्य कलाकार किरण केसी, सन्दीप क्षेत्री लगायतले एकसाथ उद्घाटन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

उद्घाटन कार्यक्रममा अभिनेता खड्काले राजधानीबाहिर सुविधासम्पन्न फिल्म हल सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । फिल्म ‘प्रेमगीत ३’ले नेपाललाई विश्वभर चिनाउन सफल भएको अभिनेता खड्काले बताए ।

Vianet communication
Laxmi Bank

हलको उद्घाटनपछि अभिनेता खड्काले दर्शकसँग बसेर फिल्म हेरेका थिए । उनीसँगै अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता एवं निर्देशक सन्तोष सेनलगायत सहभागी थिए ।

सिमराका व्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको लगानीमा सञ्चालनमा आएको केएसआर हल सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट फिल्म हेर्न दर्शकलाई वीरगञ्ज र हेटौंडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । 

केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर शुरू गरेका व्यवसायीले २ वटा स्क्रिन सहितको सुविधासम्पन्न फिल्म हल सञ्चालनमा ल्याएका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले व्यवसायसँगै सिमरालाई सुविधा सम्पन्न शहरको रूपमा चिनाउन फिल्म हलले मद्दत पुग्ने बताए । कार्यक्रममा पूर्व फिल्मकर्मी युवराज लामा, हास्य कलाकार किरण केसी र सन्दीप क्षेत्रीले चुनौतीबीच सिमराका व्यवसायीले फिल्म क्षेत्रका लागि गरेको लगानीले सफलता प्राप्त गर्नेमा आशावादी रहेको बताए ।

केएसआर फिल्म हलमा नेपाली र हिन्दी भाषामा डबिङ गरिएको फिल्म ‘प्रेम गीत ३’ एकसाथ प्रदर्शन गरिएको छ । कलाकारको टोलीसँगै बसेर बहुप्रतिक्षित फिल्म हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिन्थे । उद्घाटनसँगै फिल्म हल अब नियमित रूपमा सञ्चालन हुने व्यवसायी मध्येका एक उप्रेतीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x