×

X
Nic Asia
Khukuri

मानव बेचविखनको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मानव बेचबिखनको आरोपमा काठमाडौँको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन् । उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन् ।

LAxmi BAnk
nabil BANK inside

उनीहरुले कम्बोडियामा कम्प्युटर अपरेटरसम्बन्धी काममा नौ सयदेखि एक हजारसम्म अमेरिकी डलर कमाई हुने भनी प्रलोभनमा पारेर अश्लील गतिविधिमा संलग्न गराई अन्य व्यक्तिबाट पैसा ठगी गर्ने कार्यमा संलग्न गराइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनीहरुले पटकपटक गरेर पीडितबाट रु तीन लाख ८३ हजार रकमसमेत लिएको पाइएको छ । शाहले पीडितको कम्बोडियासम्मको भिजिट भिसा र टिकट  बनाएर गत चैत २७ मा संयुक्त अरब इमिरेट, सिङ्गापुर हुँदै कम्बोडियाको रोज एन्ड रोज भन्ने चाइनिज कम्पनीमा पु¥याएका थिए । 

उक्त कम्पनीले पीडितलाई अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकका मानिसहरुलाई केटी बनेर सामाजिक सञ्जालबाट अश्लील स्टोरीहरु सुनाइ प्रेममा फसाउन लगाई क्रिप्टो करेन्सीलगायतमा रकम लगानी गर्न लगाउने गरेको खुलेको छ । 


Advertisment
Saurya island

चार महिनासम्म जबर्जस्ती काममा लगाएपछि थाइल्यान्ड र कम्बोडियास्थित राजदूतावासको सहयोगमा  भदौ २२ गते उनी नेपाल फर्किएका थिए । त्यसपछि उनले मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा जाहेरी दिएको र उनको जाहेरीका आधारमा म्याद थप गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यल...

मंसिर १५, २०७९

प्रहरी निरीक्षक (इन्सपेक्टर) सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेको छ । टोलीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने नवीनकुमार नाल्बोलाई पक्राउ गरिएको हो । उनी...

मंसिर १५, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालि...

मंसिर १४, २०७९

साइबर ब्यूरोले युट्युबमा म्यादी प्रहरीलाई गाली गलौज गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडा उपमहानरपालिका–४ हुप्राचौरबाट प्रदीप खड्का भन्ने नविन खड्कालाई पक्राउ गरेको ब्यूरोका प्...

मंसिर १५, २०७९

बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको म्यादी प्रहरीको जागिर सकिएको ६ दिनमा हत्या भयो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रेम शाहीले उनी भर्खरै म्यादी प्रहर...

मंसिर १५, २०७९

सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा गोलबज...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x