कात्तिक १३, २०८०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमवार नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । सोमवार दुई सय ८७ कम्पनीको २८ लाख २४ ह...
नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ ।
नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो ।
नबिलका ग्राहकहरूले ओपीडी र आईपीडी सेवा लिंदा यो सुविधा पाउने भएको हो ।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै बैंकका ग्राहकहरू तथा कर्मचारीहरूलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरूमा छुट पाउने भएको हो ।
कार्यक्रममा बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए ।
त्यस्तै गरि छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरूबाट जटिल रोगहरू जस्तै मृगौला, लिभर, बोन म्यारोको प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरूले पाउने सेवामा ढुक्क हुन आग्रह गरे ।
अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नेमा उनले सँधै तत्पर रहने जनाए ।
नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयक छलफल गराएको थियो ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुद्धिराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरू सजग रहनु जरुरी रहेको बताए ।
बढ्दो शहरीकरण, स्वास्थ्यमा जागरूकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ प्रतिको मनोवृत्तिले लोप भई सकेको रोगहरू पुनः माहामारीको रुपमा फैलिनुको कारण रहेको डा. पुनले जानकारी दिए । सर्ने र नसर्ने दुवै रोगहरूको उत्तिकै जोखिम रहेको बताउँदै सजग भई खानपान र रहनसहनमा ध्यान दिन डा. बुद्धिराजाले सुझाव दिए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमवार नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । सोमवार दुई सय ८७ कम्पनीको २८ लाख २४ ह...
मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मान्यता आधारित भएर क्रियाशील मनिप्लान्ट सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ लिमिटेडको १४ औं साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ। साधारणसभामा...
एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधवार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधि...
एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । कात्तिक २३ गते सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलवार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण पारित गरेको छ । यस्तै, वासलात, नाफा नोक्सान हिस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...