कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
असोज १२, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।
आयोगको मंगलबार बसेको बैठकले निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो ।
दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसैबीच बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ ।
००००
सर्वोच्च अदालतको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्न शुरू गरेका छन् । कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।
‘कामु प्रधानन्यायाधीश दीपककुमार कार्की मंगलवारबाट निजी प्रयोजनका लागि भारत भ्रमणमा निस्किने कार्यक्रम रहेका कारण हरिकृष्ण श्रीमानले स्वतः कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।
राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शीतल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।
००००
मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएको शव काठमाडौं ल्याइएको छ । सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमार्फत मंगलबार काठमाडौँ ल्याइएको हो ।
लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । सो घटनामा १३ जना परेकामा १२ जनाको भने सकुशल उद्धार गरिएको छ ।
००००
अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतलाई निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको संयोजकमा मनोनित गरेका छन् ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै महतलाई संयोजक मनोनित गरिएको जानकारी दिए ।
००००
नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरूको नामावली टुंगो लगाइएको स्पष्ट पारेको छ । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची पेश गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवारहरूको नामावली टुंगो लगाएको बताए ।
००००
पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ३ हजार ८२९ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ७२९ जनाको पीसीआर र २ हजार १०० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाबाट मुक्त भएका छन् ।
यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ८६ हजार ४९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।
००००
सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।
मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा क्षतिपूर्तिबारे जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अंकले उकालो लागेर १ हजार ८३१ दशमलव ०५ मा पुगेको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्न लागेका नेता रविन्द्र मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मिश्रले आफू एक्लै राप्रपाको एकता प्रक्रियामा जान लागेको नभई सबै सहभागी हुनसक्ने जनाएका छन् ।
मिश्रले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे एकता घोषणा कार्यक्रम हुने जनाएका छन् ।
००००
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकको पहिलो नम्बरमा कसको नाम राख्ने भन्ने विषयमा राप्रपामा मतदानको अवस्था सिर्जना भएको छ ।
पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी दुवैले समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम राख्न पार्टीमा दबाब बढाएका थिए । दुवै नेताले अध्यक्ष राजेन्द्र लिङ्देनसँग समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम राख्न दबाब दिएका थिए ।
पार्टी पदाधिकारी बैठकमा सहमति नभएपछि सोमवार मतदानको अवस्था सिर्जना भएको हो । मतदानमा राणा, लोहनी र लिङ्देन सहभागी भएनन् । उपस्थित पदाधिकारीमध्ये राणाको पक्षमा ११ र लोहनीको पक्षमा ९ मत परेको राप्रपाका एक नेताले जानकारी दिए । अब राप्रपाको बन्दसूचीको खस आर्यतर्फ राणाको नाम पहिलो नम्बरमा रहने भएको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...