×

NMB BANK
NIC ASIA

भिडोल लुब्रिकेन्टसको इन्डष्ट्रियल मिट सम्पन्न

असोज १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भिडोल लुब्रिकेन्ट्सले आश्विन ७ गते होटल भिशुवा विरगञ्जमा ‘इन्डष्ट्रियल मिट’ कार्यक्रम सम्पन्न गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस कार्यक्रममा ४० वटाभन्दा बढी उद्योगबाट १०० भन्दा बढि प्राविधिक, पर्चेज हेड तथा प्रवन्धकहरूको  उपस्थिती रहेको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कार्यक्रममा प्रमुख अतिथिहरु टाईड वाटर आयल कम्पनीका एजीएम प्राविधिक हेड शिरिष चन्दावरकर र अन्तराष्ट्रिय बिक्री व्यापार विभागका सुमन्त्रा दासगुप्ता रहेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रम औपचारिक रुपमा भि. जि. ल्युब प्रा. लि. का इन्डष्ट्रियल सेल्स हेड प्रतिक पौडेलले स्वागत मन्तव्यबाट शुरुवात गरेका छन् ।

Vianet communication
Laxmi Bank

सो कार्यक्रममा अन्य विभिन्न प्रस्तुतिकरणहरु भएको थियो । 

उक्त कार्यक्रममा दिनेश खनालद्वारा गरिएको प्रस्तुतिमा भि. जि. ल्युब प्रा. लि. को परिचय र नेपाली बजार परिदृश्यबारे जानकारी गरिएको थियो ।

यसैगरी सुमन्त्रा दासगुप्ताको प्रस्तुतिमा भिडोल ब्रान्डको सिद्धान्त, सम्पदा र अन्तर्राष्ट्रिय व्यापार परिदृश्य र शिरिष चन्दावरकरको प्रस्तुतिमा उत्पादन विशिष्टता र औद्योगिक सञ्चालनमा लुब्रिकेन्टको प्रविधि बारेमा जानकारी गराइएको थियो । 

नृत्य र गीत जस्ता मनोरञ्जनात्मक प्रदर्शनद्वारा कार्यक्रमको समापन भएको थियो । 

कार्यक्रम जानकारीमूलक र सहयोगी भएकोमा सहभागीहरूले प्रशंसा पनि गरे । 

इन्दुशंखर चिनी मिल हरियोन सर्लाहीको खरीद प्रमुख अरविन्द गौतमले ‘कार्यक्रममा उपस्थित हुन पाउँदा र आफ्नो कम्पनीको सेवामा लामो समयदेखि विश्वस्तताका साथ प्रयोग गर्दै आएका ब्रान्डका बारेमा थप जान्न पाउँदा सौभाग्यशाली महसुस भयो’ भनेर व्यक्त गरे । 

उद्योग प्रतिनिधिहरूलाई नयाँ उत्पादनहरूको जानकारी गराउन तथा व्यापारिक सम्बन्ध बढाउन यस्ता किसिमका कार्यक्रमहरु पहिलेदेखि नै निरन्तर भई राख्नु पर्ने कुरा भि. जि. ल्युब प्रा. लि. का व्यापार प्रमुख दिनेश खनालले बताए ।  

टाईड वाटर आयल कम्पनी, लुब्रिकेन्टसहरुको बजारमा प्रख्यात नाम हो । 

अटोमोटिभ तथा ईन्डस्ट्रीयल बजारहरुमा टाईड वाटर आयलले आफ्ना उत्पादनहरु सप्लाई गरिरहेको छ । टाईड वाटर आयलले आफ्ना उत्पादनहरु भिडोल लुब्रिकेन्टस् को ब्राण्ड अन्तर्गत बजारीकरण गर्दै आएको हो । यसको रजिस्टर्ड कार्यालय कोलकतामा छ । यस कम्पनीका भिडोल ब्रान्डेड प्रोडक्टहरु हाल ७० भन्दा बढी देशहरुमा विक्रि वितरण भइरहेको छ ।

भि.जी. ल्युबले सन् २०१६ जुलाई देखि नेपालमा भिडोल लुब्रिकेन्टसलाई प्रतिनिधित्व गर्दै आएको छ । भि.जी. ल्युब भारतको टाईड वाटर आयल कम्पनीको ब्राण्ड भिडोल लुब्रिकेन्टसको लागि नेपालको आधिकारिक विक्रेता हो । लुब्रिकेन्टसहरुको विश्व बजारमा भिडोल चिरपरिचित नाम हो । विश्वका लाखौँ सवारी धनीहरुले भिडोललाई विश्वसनीय लुब्रिकेन्ट ब्राण्डको रुपमा प्रयोग गरिरहेका छन् । यस कम्पनीले नेपाली बजारमा भारत र युरोपको बेल्जियमबाट अत्याधुनिक र उच्च गुणस्तरको लुब्रिकेन्टहरु आयत गरि विक्रि वितरण गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x