×

X
Nic Asia
Dabur
Khukuri

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान | असोज १२, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

LAxmi BAnk
nabil BANK inside

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मुलपानीमा मंगलवार राति २ बजे दुर्घटना भएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) दामोदार केसीले जानकारी दिए । मृत्यु हुनेमा जीप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली छन् ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्कंदै गरेका जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । जीपमा ८ पुरुष र १ महिला सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ ।


Advertisment
Saurya island

जीप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सल्यान अस्पताल लगिएको छ ।

दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । ...

मंसिर १६, २०७९

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ ।  जिल्ला प्रशास...

मंसिर १६, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरो...

मंसिर १६, २०७९

पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त स...

मंसिर १६, २०७९

कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो एवं नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रवार संघीय राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा स...

मंसिर १६, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।  मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x