×

NMB BANK
NIC ASIA

गड्डाचौकी नाकामा दशैं मनाउन घर फर्किनेको भीड, ‘लिली’ले गर्छन् सुरक्षा जाँच

असोज १२, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपालीहरूको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । 

Muktinath Bank

एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट १० हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार एक दिनमा मात्रै १ हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किंदै छन् । सोमवार मात्रै १ हजार २० जना स्वदेश फर्किएका छन् भने मंगलबार १ हजार १६५ जना स्वदेश फर्किएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले नाकामा भारतबाट आउने नेपालीको भीड लागेको बताए । ‘रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ’, उनले भने, ‘भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ ।’ उनले अहिले भारत जानेभन्दा नेपाल आउनेको संख्या बढी रहेको बताए । 


Advertisment
Nabil box
Kumari

भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरेका छौँ’, उनले भने, ‘भारतबाट आउने यात्रुको सुरक्षित यात्राका लागि र आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा कुकुर परिचालन गरिएको हो ।’

उनले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताए । उनका अनुसार लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने बताए । 

भारतको हिमाञ्चलबाट घर फर्केका लम्कीचुहाका रामबहादुर भण्डारीले दशैं मनाउनका लागि घर फर्केको बताए । ‘भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको १० वर्षभन्दा बढी भइसक्यो, हरेक वर्ष दसँै मनाउन घर आउँछौँ’, उनले भने, ‘दशैं तिहार मनाएर फेरि रोजगारिका लागि भारत फर्किन्छाँै, नेपालमा रोजगारी छैन ।’ भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैङ्गलोर, सिमला, हिमाञ्चल, हरिद्वार लगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन् । 

भारतबाट आउनेमा विभिन्न रोगको संक्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा कोरोना परीक्षण र खोप लगाउने डेंगु, मलेरिया जाँच भइरहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x