×

NMB BANK
NIC ASIA

कमेडी च्याम्पियन हिमेश पन्त धादिङ १ बाट चुनाव लड्ने

असोज १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्टयाण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनी रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट चुनाव लड्ने तयारीमा लागेका हुन् । 

Muktinath Bank

पार्टीले हिमेशलाई धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरेको छ । धादिङ जिल्ला समितिले पन्तसहित अन्य केहीको नाम केन्द्रमा सिफारिस गरेको थियो । यद्यपि, अन्य सबै उम्मेदवारले आफूलाई समर्थन गरेको हिमेशले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमेशको घर सोही निर्वाचन क्षेत्रमा पर्छ । हिमेश केही समययता रविसँग भेटघाट र छलफलमा थिए । लोकान्तरसँग कुरा गर्दै हिमेशले राजनीतिमा आउने आफ्नो पहिल्यैदेखिको सोँच रहेको बताए । सोही कारण आफूले कमेडीमा पनि राजनीति र सामाजिक विषयमा बढी ‘सटायर’ गरिरहेको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

‘अहिले पोलिटिकल फ्रस्टेसन एकदमै धेरै छ । रवि दाइले स्वतन्त्र पार्टी शुरु गर्दा सकारात्मक भाव ल्याउँछ भन्ने महसुस भयाे’, उनले भने, ‘उहाँसँग भेटघाट भयो, छलफल भयो । आफू पनि राजनीतिमा आउने सही समय हो जस्तो लाग्यो ।’ 

Vianet communication
Laxmi Bank

सो क्षेत्रबाट उम्मेद्वार बन्न ८/१० जना इच्छुक रहे पनि अन्तिममा सबैले आफूलाई समर्थन गरेपछि उम्मेद्वार बन्ने पक्का भएको हिमेशले बताए । पहिलो कमेडी च्याम्पियनका विजेता हिमेशले पछिल्लो समय चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x