×

X
Nic Asia
Dabur
Khukuri

कांग्रेसप्रति आक्रोशित रवीन्द्र मिश्र : कांग्रेसमा धेरै विचलन आयो कि ममा ?

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विवेकशील साझा पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले आफूलाई पश्चगामी र विचलित भएको भनेर आलोचना गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका छन् । ‘विचारभन्दा माथि देश’ भनेर दस्तावेज सार्वजनिक गर्दै राजतन्त्र र हिन्दू धर्मको वकालत गर्न थालेपछि मिश्रले पश्चगामी बाटो लिएको भनेर आलोचना भएको थियो । 

LAxmi BAnk
nabil BANK inside

मिश्रले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफूमा भन्दा बढी विचलन कांग्रेसका नेता र कार्यकर्तामा आएको दाबी गरे । उनले भने, ‘नेपाली कांग्रेसका नेताहरूले ममा विचलन आएको भन्नुहुन्छ, २०४६ सालपछि कांग्रेसमा धेरै विचलन आयो कि म मा धेरै विचलन आयो ?’ 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गर्दा कांग्रेसकै सरकार रहेको भन्दै मिश्रले लाउडा, धमिजाजस्ता विमान काण्ड पनि कांग्रेसकै पालामा भएको दाबी गरे । उनले भने, ‘माओवादीले २०५२ सालमा सशस्त्र युद्ध बुरू गर्दा कसको सरकार थियो ? लाउडा, धमिजाजस्ता विमान काण्ड हुँदा कसको सरकार थियो ?’ मिश्रले भने । 

कांग्रेसले बिर्सिएको आदर्श अहिले राप्रपाले बोकिरहेको उनले बताए । ‘कांग्रेसको आदर्श हामीले बोकेका छौँ, राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौँ’, मिश्रले भने । 


Advertisment
Saurya island

कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई रुवाएर पार्टी छाड्न बाध्य बनाएपछि काग्रेस पश्चगामी हुन थालेको मिश्रले आरोप लगाए । 

विगतमा आफ्नै कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा माओवादी केन्द्रसँग घाँटी जोडेको भन्दै उनले भने, ‘तपाईंहरूले कार्यकर्ताको घाँटी रेट्नेसँग बढी समय बिताइरहनुभएको छ कि जनतासँग ?’

Vianet communication
IME BANK INNEWS

चाडबाडको मुखमा जनता डेंगुबाट प्रभावित भएको तर, कांग्रेस सरकारको नेतृत्व गरेर पनि जनताको उपचारमा ध्यान दिन नसकेको उनले बताए । 

कतिपयले तराजु छाडेर हलो बोक्न लागेको भनेर व्यंग्य गरेको भन्दै मिश्रले ६० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने कृषकको हलो बोक्न आफूलाई कुनै लाज नलाग्ने पनि बताए । उनले पार्टी प्रवेश गरेर पार्टीमा कुनै बखेडा नझिक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा आएर बखेडा झिकेर काम गर्दैनौँ । नेतालाई बलियो बनाएर हेर्नुपर्‍यो नि । नेतालाई सबैतिरबाट बल दिएर उठाएपछि मात्रै पार्टी बन्छ’, उनले भने । 

आगामी चुनावमा एमलोसँगको सहकार्यमा चुनाव लड्न लागेका मिश्रले एमाले नेता कार्यकर्ताप्रति भने कुनै टिप्पणी गरेनन् । चुनावमा कांग्रेससँग प्रतिष्पर्धा हुने भएपछि उनी कांग्रेसप्रति आक्रोशित देखिएका थिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ठूला २ दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरता निम्त्याएकाले स्थि...

मंसिर २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।  भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहु...

मंसिर २२, २०७९

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।  निधि निवास नयाँ बानेश्वरमा बिहीवार भएको भेटमा हालै सम्पन्न प्...

मंसिर २२, २०७९

अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । बिहीवार आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउ...

मंसिर २२, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।  विक्रम संवत् २०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगा...

मंसिर २२, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्व उपप्रधानमन्त्री उम्मेदवार रहेकामा ६ जना निर्वाचित भए भने ६ जना पराजित भएका छन् ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व उपप्रधानमन्त्रीहरू ने...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x