×

X
Nic Asia
Khukuri
Daraz

आरजुले टीका लगाएर कांग्रेसमा भित्र्याइन लोसपाकी पूर्वसांसद चौधरीलाई

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले बुधवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले लोसपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । 

LAxmi BAnk
nabil BANK inside

चौधरीले सर्लाही–४ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने आश्वासनपछि कांग्रेस प्रवेश गरेको बताइएको छ । यसअघि  उक्त क्षेत्रबाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । उनलाई साविकको तमलोपा अध्यक्ष महन्थ ठाकुरले खेलकुद सहायकमन्त्री समेत बनाएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।


Advertisment
Saurya island

यसअघि उनी माइती महोत्तरी–३ बाट सांसद बन्दै आएकी थिइन् । तर, अब उनले लोसपा त्यागेर आफ्नो घर रहेको सर्लाही जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा चलेकाे थियाे । यद्यपि, चाैधरीले भने अहिले नै आफ्नाे निर्वाचन क्षेत्र टुंगाे लागिनसकेकाे बताएकी छन् । पार्टी प्रवेशपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू सर्लाही वा अन्तैबाट लड्नसक्ने बताइन् । उनले आफू समानुपातिकमा बस्नसक्ने सम्भावना रहेकाे पनि बताइन् । पार्टीले गरेकाे सबै निर्णय आफूलाई मान्य हुने चाैधरीकाे भनाई थियाे । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

विराटनगर महानगरपालिकाले फूटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रवारदेखि शुरू गरेको छ ।   विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूट...

मंसिर १०, २०७९

सडक बालबालिकाहरूलाई वंशजको आधारमा नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिहरूले सहयोग गर्न आवश्यक रहेको अधिकारकर्मीहरूले बताएका छन् । कोही पनि सडक बालबालिकाहरू आफ्नो पहिचान पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्द...

मंसिर १०, २०७९

पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना सांकेतिकरुपमा भत्काउन थालिएको छ । ...

मंसिर १०, २०७९

कैलालीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ । कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन् । पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक ना...

मंसिर ९, २०७९

सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए ।  जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० ...

मंसिर १०, २०७९

पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका माछापुच्छ्रेलगायत हिमशृङ्खला ।

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x