×

NMB BANK
NIC ASIA

उम्मेदवार छान्ने चटारो

एमालेले तत्काल उम्मेदवारको सूची सार्वजनिक नगर्ने, बालकोटमा मध्यरातसम्म के–के भयो छलफल ?

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको सूची तत्काल सार्वजनिक नगर्ने भएको छ । बिहीबार मध्यरातसम्म चलेको एमाले सचिवालय बैठकमा उम्मेदवारबारे लामो छलफल भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ५ घण्टा भन्दा लामो समय चलेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ पार्टीको उम्मेदवारीका सन्दर्भमा छलफल केन्द्रीत रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bank

उनका अनुसार बिहीबारको बैठकमा प्रतिनिधिसभातर्फका १६५ र प्रदेशसभातर्फका ३३० निर्वाचन क्षेत्रमा लड्ने सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल भएको छ । ‘पार्टी सचिवालयको १३ औं बैठकमा प्रतिनिधिसभातर्फको १६५ वटा सिटमा कोको उम्मेदवार हुन सक्छन् भन्नेबारे प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘सातै प्रदेशका प्रदेशसभाको ३३० का सिटमा पनि सम्भावित उम्मेदवारको बारेमा छलफल चलाएका छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले उम्मेदवारीबारे ठोस निर्णय नभएको र तत्काल अन्तिम नामावली सार्वजनिक नहुने संकेत गरे । उनका अनुसार सचिवालयको अर्को बैठकको मिति तय गरिएको छैन भने पार्टी हेडक्वार्टर तथा अध्यक्षले नै आवश्यक परामर्शपछि बैठक राखेर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन्छ । 


Advertisment
Nabil box
Kumari

‘आवश्यक र उपयुक्त समयमा अर्को बैठक गरेर उम्मेदवारको सूची बाहिर ल्याउँछौँ’, उनले भने । यसका लागि असोज २१ वा २२ गतेतिर बैठक बस्न सक्ने उनको भनाइ छ । उनको भनाइअनुसार असोज २३ मा मनोनयन दर्ताको दिन भएकाले एमालेले २२ गतेमात्रै उम्मेदवारीको विषयमा फाइनल गर्ने देखिएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै गुरुङले पार्टीका १० बुँदे पक्षधर र पूर्वमाओवादीबाट एमालेमा आएका नेताहरुको सन्दर्भमा भ्रम छर्ने काम भएको बताए । उनले योग्यता र उम्मेदवार हुन मापदण्ड पुगेका जोकोही भएपनि उम्मेदवार बनाइने बताए । ‘आत्मालोचनाबारे आएको काल्पनिक विषय हो । १० बुँदे वा एमालेमा आएका पूर्वमाओवादीबारे के गर्ने भन्नेबारे हाम्रो बैठकको कुनै एजेण्डा थिएनन्’, सञ्चारकर्मीको जिज्ञासामा उनले भने । 
मापदण्डअनुसार जो लोकप्रिय छ र जसले विजयलाई सुनिश्चित गर्छ उही नै प्राथमिकतामा पर्ने गुरुङले स्पष्ट पारे । 

यसैगरी नेताहरुसँगको परामर्शपछि समानुपातिकतर्फको अन्तिम बन्दसूची असोज १५ गते निर्वाचन आयोगमा बुझाउने पनि गुरुङले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x