×

NMB BANK
NIC ASIA

राजनीति

दलहरुका कारण जनतामा उत्साह छैन, देशले सही पात्र खोजिरहेको छः ज्ञानेन्द्र शाह

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूका कार्यशैलीका कारण जनतामा उत्साह हराएको बताएका छन् । उनले कुनै पनि देशभक्त नेपालीलाई अहिलेको समय सजिलोसँग बितिरहेको छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ । 
दसैँको अवसरमा शुभकामना दिन एक भिडियो सन्देश जारी गर्दै शाहले अहिलेको राजनीतिक प्रणालीप्रति कटाक्ष गर्दै अनेक प्रश्न समेत उठाएका हुन् ।

Muktinath Bank

‘बहुदलीय शासन प्रणालीमा जनताको आशा, आकांक्षा अनुरुप राजनीतिक दलहरु संगठित हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ’, शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘ तीनबाट जनमनोभावनाको परिपोशित परिपाटी रहन्छ । तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको पनि आरोप लगाएका छन् । ‘आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रीत हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’, शाहको प्रश्न छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ।’


Advertisment
Nabil box
Kumari

 यो अवस्थाले जनतामा उत्साह नभएको र मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा नभएको शाहको जिकिर छ । ‘दायित्व के ? गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो ? के होइन ? यी सबै कुराको निराकरण कसले गर्ने ?  को बाट हुने ? देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो’ शाहको भनाइ छ । 

Vianet communication
Laxmi Bank

 देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर कामगर्ने विधि, व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहले बताए । प्रयोग र अभ्यासले देशलाई बचाउने र बनाउँदै जानुपर्ने उनको भनाइ छ । देशमा मौलिक र सही विकल्पतर्फ मनोभाव बढ्दो रुपमा पाइएको शाहको जिकिर  छ । स्वाधीन राष्ट्रलाई अस्थिरतातर्फ धकेल्न नहुने शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x