×

X
Nic Asia
Dabur
Khukuri

लागुऔषध दुर्व्यसनीको कथामा ‘सरी मम’, फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्म ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, कलाकार सरिता लामिछानेसहितका कलाकारहरू पोस्टरमा छाएका छन् । 

LAxmi BAnk
nabil BANK inside

फिल्मलाई नवीन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीको घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरी फिल्ममार्फत चेतनामूलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको फिल्मका कार्यकारी निर्माता विनोद लामाले बताए । फिल्मलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । फिल्मको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक फिल्ममात्र नभएर कुलतविरुद्धको सामाजिक अभियानसमेत रहेको निर्देशक बोगटी बताउँछन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दशैंलगत्तै स्थानीयस्तरमा प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशील संस्थाहरू प्याब्सन, एन–प्याब्सन, हिसान, शिक्षक महासंघलगायतसँगको सहकार्यमा फिल्मको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । फिल्मको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरिका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।

फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई,  प्रभात पल, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ । 


Advertisment
Saurya island

फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट फिल्म निर्माण भएको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

आउँदो शुक्रवार एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज हुन लागेका हुन् । ति फिल्महरू हुन्, ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ ।...

मंसिर २०, २०७९

चर्चित कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज चौलागाईँ र शान्तीश्री परियारको स्वरमा सार्वजनिक ‘पासपोर्ट हातैमा’को भिडियोमा कँडे...

मंसिर २०, २०७९

पुस १५ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ एक सातापछि सरेको छ । अब, यो फिल्म पुसको २२ गतेदेखि प्रदर्शनमा आउने भएको निर्माण टिमले जानकारी दिएको छ । ...

मंसिर १९, २०७९

वर्ष २०७९ को मंसिर दोस्रो सातासम्म आउँदा ७ वटा नेपाली फिल्म हिट साबित रहे । जसमा केही फिल्म चामत्कारिक व्यापार गर्दै राम्रै नाफामा गए भने केहीले नेपालबाटै लगानीचाहिँ सुरक्षित गरे । वैशाखमा प्रदर्शनमा आएको &...

मंसिर २०, २०७९

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छ...

मंसिर १९, २०७९

प्रमोद खरेल चर्चित आधुनिक तथा पाश्र्व गायक हुन् । लोकदोहोरी गीतमा भने उनको स्वर विरलै सुन्न पाइन्छ ।  उनै गायक प्रमोदले सोमवार एउटा दोहोरी गीत रेकर्ड गराएका छन् । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तीश्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x