कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका–१५ निवासी १९ वर्षीय रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका–१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तान रहेकी छन् ।
मोहरमले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको दाबी छ । त्यस्तै, रेहानले हत्या योजनामा सहयोग गर्नुका साथै हतियार व्यस्थापनमा सघाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुस्मिताले भने लाल मोहमदको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन् । यद्यपि गाेली हान्नेहरू भने अरु नै रहेकाे प्रहरीकाे आशंका छ ।
असोज ३ मा साँझ सर्लाही सिसौरिया–६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गरिरहेका ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेका थिए । उनलाई खेदाई–खेदाई चार राउण्ड गोली हानिएको थियो ।
प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ । प्रहरीका अनुसार मेड इन युएसए लेखिएको पेस्तोल एक थान, २.९ एमएमको खोका ४ र ३.९ एमएमको प्रयोग नभएको चार राउन्ड गोली पनि बरामद भएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...