×

NMB BANK
NIC ASIA

खानेपानी उपभोक्ता समितिमा एमाले, कांग्रेस र माओवादी सहितको दलीय गठबन्धनलाई हराउँदै स्वतन्त्र समूह विजयी

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धरान उपमहानगरपालिकाको पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको निर्वाचनमा स्वतन्त्र समूह विजयी भएको छ । प्रमुख राजनीतिक दलहरूकाे गठबन्धनलाई पराजित गर्दै बिहीवार भएको निर्वाचनमा स्वतन्त्र समूह विजयी भएको हो । धरानमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयर पदमा विजयी भएका थिए । 

Muktinath Bank

मत परिणामअनुसार गठबन्धनले कोषाध्यक्षबाहेक अन्य पदमा पराजय ब्यहोरेको छ । दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार विश्वराज कार्कीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार समीर खनाल विजयी भएका हुन् । उपाध्यक्षमा शुक्रराज राई, सचिव पदमबहादुर पौडेल, सहसचिव कृष्णबहादुर विष्ट विजयी भए । कोषाध्यक्षमा नेपाली कांग्रेसकी झुमा राई निर्वाचित भइन् । सदस्यहरूमा रती तामाङ, निता विश्वकर्मा, प्रकाश तामाङ र सुमन निरौला स्वतन्त्र प्यानलबाटै विजयी भए । विगतमा दलीय संयन्त्रको नेतृत्वमा रहेको संस्था अहिले स्वतन्त्र उम्मेदवार विजयी भएपछि पार्टीको कब्जा बाहिर पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धरान उपमहानगरपालिका वडा नम्बर ६ मा पर्ने पानबारीमा स्थानीय तहकाे निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका थिए । कांग्रेस वडा समितिले सर्वसम्मत सिफारिस गरेका पदमबहादुर पौडेलले टिकट नपाएपछि भूपेन्द्र भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका थिए । हाल उनै भट्टराई स्वतन्त्र अभियानमा छन् । उनको समर्थन पाएको प्यानलले खानेपानी संस्थामा विजय हासिल गरेको हो ।  


Advertisment
Nabil box
Kumari

खानेपानीको चुनावी गठबन्धनमा एमालेले अध्यक्ष, माओवादी केन्द्रले उपाध्यक्ष तथा सचिव र कोषाध्यक्ष कांग्रेसले पाउने गरी भागबण्डा मिलाइएको थियो । संस्थाले हालसम्म २ हजार २०३ वटा मिटर राखेर सेवा प्रवाह गरिरहेको छ । सो खानेपानी संस्थाबाट २४ सय घरधुरी लाभाम्बित भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

२०५८ सालदेखि खानेपानी संस्था सञ्चालनमा आएको थियो  । घरधुरी तोकेर व्यवस्थित गर्ने काम २०६२ सालदेखि शुरु भएको संस्थापक अध्यक्ष एमाले नेता रमेश कुमार बस्नेतले बताए । तत्कालीन पाँचकन्या गाविसका अध्यक्षसमेत रहेका बस्नेतले यसअघि खानेपानी आयोजनाको डीपीआर तयार भएकाले अब निर्माणको चरण शुरु हुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x