मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्य तहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने बताएका छन् ।
३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उनले उल्लेख गरे ।
‘यसका लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु । परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्ता समेतमा हस्तान्तरण गर्न आवश्यक छ,’ प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरका दिनलाई विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगालेका सम्पूर्ण ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन् ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ । यो दिवस ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने, उनीहरूले देश, समाजको परिवर्तन, विकासका लागि गरेको योगदानको स्मरण गर्ने, समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबैले प्रतिबद्धता जाहेर गर्ने दिन भएको उनले उल्लेख गरे ।
नेपालको संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ । तदनुसार नेपाल सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाको लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको प्रधानमन्त्री देउवाले बताए । उनले ज्येष्ठ नागरिकलाई प्रदान गरिएको सेवा र सहुलियतपूर्ण व्यवस्थालाई आगामी दिनमा राज्यको क्षमतामा वृद्धि भएसँगै थप फराकिलो बनाउँदै लगिने उल्लेख गरेका छन् ।
व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हालका वर्षमा हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या तीव्र गतिमा बढ्दैछ । हाल नेपालमा ज्येष्ठ नागरिकको संख्या करीब ३० लाखको हाराहारीमा रहेको छ ।
प्रधानमन्त्री देउवाले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए ।
‘सरकारले हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट शुरू गरिसकेको छ भने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा वृद्धि गरी हाल मासिक ४ हजार रूपैयाँ पुर्याइएको छ,’ उनले भने ।
ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका विशाल भण्डार हुन् । उनीहरूले जीवन कालमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक विकासमा बढीभन्दा बढी परिचालन गरी त्यसबाट अधिकतम् लाभ लिन हामी सदैव तत्पर रहनुपर्दछ । यसको लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना गर्न ३ वटै तहका सरकारले विभिन्न रचनात्मक कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा उनले जोड दिए ।
ज्येष्ठ नागरिकले आजको नयाँ पुस्तालाई नैतिकता, सदाचार र सत्मार्गको बाटो देखाइ सभ्य र सुसंस्कृत जीवन जीउन उत्प्रेरित गर्नुका साथै समाजमा असल संस्कृतिको प्रवद्र्धन गर्न समेत महत्वपूर्ण योगदान गर्न सक्दछन् । ज्येष्ठ नागरिकको अधिकारको रक्षा र प्रवद्र्धन गर्नका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रतिबद्धता जनाएअनुसार त्यसलाई कार्यान्वयन गर्न मुलुकको आन्तरिक कानून तथा नीतिमा तदनुरूप सुधार र परिमार्जन गर्ने कार्य निरन्तर अघि बढाएको छ ।
प्रधानमन्त्री देउवाले भने, ‘यस सन्दर्भमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा हालसालै गरिएको संशोधनले ज्येष्ठ नागरिकको हक अधिकारलाई थप सुदृढ तुल्याउँदै उनीहरूलाई सुखी र सम्मानपूर्ण जीवनयापन गर्न दिने दिशामा थप सहयोग पुर्याउनेछ भन्ने मलाई लागेको छ ।’
ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित एवम् सम्मानित बनाइ सामाजिक न्याय कायम गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उनले यसै परिप्रेक्ष्यमा सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने र स्थानीय तहमा ज्येष्ठ नागरिकबीच अनुभव आदान–प्रदान गर्न ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...