×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

माओवादीका सबै उपमहासचिव प्रत्यक्षतर्फ चुनाव लड्ने, पम्फा भुसाल ललितपुर ३ बाट

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङसहित उपमहासचिवहरू प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी चुनाव लड्ने/नलड्ने निश्चित छैन । राष्ट्रिय सभामा श्रेष्ठको कार्यकाल ४ वर्ष बाँकी छ । अर्का उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकतर्फ आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोर्खा १ बाटसमेत सिफारिस भए पनि अध्यक्ष प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने निश्चित छ । महासचिव गुरुङ यसअघि निर्वाचित भएको लमजुङबाट चुनाव लड्ने तयारीमा छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा गुरुङ मनाङबाट विजयी भएका थिए । 


Advertisment
Nabil box
Kumari

माओवादीका पाँचजना उपमहासचिव सबैले प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा रुकुम पश्चिमबाट चुनाव लड्दैछन् । २०७४ सालको चुनावमा पनि उनी रुकुम पश्चिमबाट चुनाव लडेका थिए । रुकुम पश्चिममा प्रतिनिधि सभातर्फ गठबन्धनका अन्य दलले दाबी गरेका छैनन् ।

Vianet communication
Laxmi Bank

ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर ३ बाट चुनाव लड्दैछिन् । यसअघि यही क्षेत्रबाट दुई पटक प्रत्यक्ष चुनाव जितेकी भुसाल यसपटक ह्याट्रिक गर्ने दाउमा छिन् । २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा चुनावमा उनले ललितपुर बाटै प्रत्यक्ष जितेकी थिइन् ।

समानुपातिकमा बस्न गरेको आग्रह बेवास्ता गर्दै भुसालले प्रत्यक्षतर्फ नै चुनाव लड्न लागेकी हुन् । पुल्चोक क्याम्पसमा राजनीति गर्दाको समयदेखि नै भुसालले ललितपुर ३ मा संगठन विस्तारको काम गरेकी थिइन् । ललितपुर महानगरपालिका कोर नेवार वस्तीमा समेत उनको राम्रो प्रभाव छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उपत्यकामा १५ मध्ये माओवादीले एउटै मात्र जितेको क्षेत्र ललितपुर ३ थियो । आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि उपत्यकामा ठूला दलको तर्फबाट सशक्त महिला उम्मेदवार भुसाल हुन् । यसअघि चुनाव जितेको ठाउँ सम्बन्धित दलले लिने गठबन्धनले बनाएको पहिलो मापदण्डकै आधारमा ललितपुर पम्फाका लागि सुरक्षित बनेको हो । 

ललितपुर ३ अन्तर्गत प्रदेश सभामा (क) माओवादीले नै लिएर (ख) कांग्रेसले पाउने सम्भावना रहेको कांग्रेसनिकट स्रोतले बतायो । 

माओवादीका अर्का उपमहासचिव वर्षमान पुन रोल्पाबाट चुनाव लड्दैछन् भने शक्ति बस्नेत जाजरकोटबाट चुनाव लड्दैछन् । हरिबोल गजुरेल सिन्धुली, मात्रिका यादव धनुषा र गिरिराजमणि पोखरेल महोत्तरीबाट चुनाव लड्ने तयारीमा छन् । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ गते आइतवार उम्मेदवार मनोनयनको कार्यक्रम छ । उम्मेदवार मनोनयनको दिन नजिकिँदै गर्दा गठबन्धनले सीट बाँडफाँटलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x