जेठ १३, २०८१
जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् । एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...
मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अनुसन्धान गर्न समिति गठन गरिएको हो ।
क्षयरोगको उपचारको लागि विराटनगर–७ स्थित क्षयरोग अस्पताल लगिएका दुई जना कैदीहरू फरार भएपछि प्रहरीले त्यसबारेमा छानबिन गर्न समिति गठन गरेको हो । उपचारका लागि भर्ना भएका दुईजना कैदी शनिवार बिहान अस्पतालबाटै फरार भएका थिए ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोलीसहित ५ जना सदस्य रहेका छन् । समितिलाई घटना सम्बन्धमा छानबिन गरी १० दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
मोरङ कारागारमा कैद भुक्तान गरिरहेका लागुऔषध मुद्दाका कैदी २८ वर्षीय मन्जिल गुरुङ र जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय राजकुमार हेमरन अस्पतालबाट फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् । एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...