×

X
Nic Asia
Khukuri
Daraz

युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेको भनाइ छ, “युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।”


Advertisment
Saurya island

विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS

अमेरिकी संसद (कङ्ग्रेस) ले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ६, २०७९

सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५ किलोमिटर गहिराइमा भूकम्प गएको...

मंसिर ९, २०७९

ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार एक वाकाथन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब तथा ओमानस्थित संघसंस्थाहरुसँग मिलेर वाकाथन कार्यक्रम सम्पन्न गरिएको हो ।  &nb...

मंसिर १०, २०७९

ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ ।  मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलता...

मंसिर ७, २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । “रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोध...

मंसिर ८, २०७९

आइतवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । चुनावी परिणाममा कांग्रेस पहिलो पार्टी बन्ने देखिएपछि भारतीय मिडियामा खुशी व्यक्त...

मंसिर १०, २०७९

ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x