×

X
Nic Asia
Khukuri
Daraz

प्रतिनिधिसभा निर्वाचन

कांग्रेसले समानुपातिक सूची सच्यायो, आयोगमा बुझाउने जिम्मेवारी कार्यालयका मुख्यसचिवलाई

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

निर्वाचन आयोगले आजसम्म बन्दसूची सच्याउने समय दिएको छ । निर्वाचन आयोगले दिएको समयमा आयोगमा बुझाउने गरी समानुपातिकको सूची सच्याइएको कांग्रेसका एक नेताले जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइएको छ । कसलाई राखियो, कसलाई हटाइयो, भन्ने अहिले नै विस्तृतमा भन्न सकिएन’, कांग्रेसका एक नेताले भने ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिक उम्मेदवारको अघिल्लो प्राथमिकतामा राखेको विषयमा पनि कांग्रेसका विरोध भइरहेको थियो । 


Advertisment
Saurya island

त्यसैगरी, कांग्रेसको संस्थापन इतर समूहलाई समानुपातिक उम्मेदवारको सूचीमा नसमेटिएको भनेर तीव्र विरोध भएको थियो । उनीहरूले काठमाडौंमा विरोध सभा र धर्नाका कार्यक्रमहरू गरेका थिए । 

अहिले सच्याइएको समानुपातिक उम्मेदवारको सूचीमा आरजू राणा र मञ्जु खाणको नाम केही तल सारिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

Vianet communication
IME BANK INNEWS

कांग्रेसले सच्याएको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । 

नेपाली कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्रै परेका थिए । उनीहरू पनि प्राथमिकताक्रमको अन्तिमतिर परेका थिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

सत्ता गठबन्धनसहितको चौतर्फी घेराबन्दी र पार्टीभित्रकै कतिपय नेताको असहयोगका बाबजुद एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ बाट रोमाञ्चक जीत निकालेका छन् । शुक्रवार साँझ अबेर सम्पन्न मतगणनामा पौडेलले ...

मंसिर १०, २०७९

नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ । शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो । १२ बजेर ३० मिनेट जाँदा...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्...

मंसिर १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भए...

मंसिर १०, २०७९

प्रदेश नम्बर १ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित देखिएको छ । सत्ता गठबन्धनको बाबजुद नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेशसभामा राम्रो नतिजा ल्याएको हो । प्रत्यक्षतर्फ कुल ५६ सिटमा भएको निर्वाचनमा हा...

मंसिर १०, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिममै र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भूभ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x