असोज १०, २०८०
गोर्खालीको भेष हेर कति राम्रो लाग्छ मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।&nb...
चलचित्र ‘प्रेमगीत ३’ले दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रवारदेखि दोस्रो सातामा प्रवेश गरेको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो छ । दोस्रो सातामा शुक्रवार र शनिवार चलचित्रले अधिकांश हलमा हाउसफूल दर्शक पाएको थियो । आइतवार (आज) फूलपातीको दिन पनि धेरै हलहरू हाउसफूल रहेको निर्माता एवं निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।
दर्शकको बाक्लो उपस्थितिकै कारण गत शुक्रबार रिलिज नयाँ चलचित्र ‘बाबरी’ले भन्दा ‘प्रेमगीत ३’ले बढी शो पाएको छ । ‘प्रेमगीत ३’को नेपाली र हिन्दी दुवै संस्करणलाई दोस्रो सातामा पनि नयाँ रिलिज चलचित्रलाई भन्दा बढी शो दिइएको हो । भोलि सोमवार ‘प्रेमगीत ३’ नेपाली संस्करणले क्यूएफएक्समा ‘बाबरी’ले भन्दा दोब्बर बढी शो पाएको छ ।
देशभरका अधिकांश हलहरूमा दोस्रो साता पनि चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको हो । निर्माता एवं निर्देशक सन्तोषले लोकान्तरसँग भने, ‘दोस्रो सातामा पनि हलहरू भरिभराउ छन् । नेपाल, भारत लगायतका देशमा दर्शकहरूले एकदमै राम्रो माया दिइरहनुभएको छ । हामी एकदमै खुशी छौँ ।’
दशैं बिदामा मोफसलमा पनि चलचित्रको ब्यापार तुलनात्मक रुपमा निकै राम्रो हुने देखिएको छ । चलचित्र ‘प्रेम गीत ३’ हेर्न मोफसलका हलहरूमा दर्शकको उत्तिकै भीड छ । चलचित्रले पहिलो साता नेपालमा ८ करोड ग्रस कलेक्सन गरेको थियो । यस साता चलचित्रले अघिल्लो साताभन्दा धेरै व्यापार गर्ने अनुमान छ ।
सन्तोष सेन र दिवंगत छेतेन गुरुङको संयुक्त निर्देशन रहेको ‘प्रेमगीत ३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउतलगायतको अभिनय छ । निर्माण टिमले नेपालमा राजधानीसँगै मोफसलका थुप्रै हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । दर्शकको प्रतिक्रियाबाट पनि निर्माण टिम एकदमै खुशी छ । निर्माता एवं निर्देशक सन्तोष, अभिनेता प्रदीपलगायतको टिम आइतवार भारत जाँदैछ । भारतका विभिन्न शहर पुगेर निर्माण टिमले हल भिजिट गर्नेछ ।
गोर्खालीको भेष हेर कति राम्रो लाग्छ मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।&nb...
आगामी कार्तिक ४ गते अर्थात् बडा दशैँको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्...’ सार्वजनिक गरिएको छ । गीतको भ...
नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’को भूम...
दशैँको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैम...
यही असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘वानर सेना’को विशेष शो आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको उपस्थितिकाबीच झापाको पाथीभरा सिने प्लाजामा चलचित्रको विशेष ...
नेपाली चलचित्र प्रदर्शनका लागि पहिलो रोजाइ मानिन्छ दशैं–तिहार । बिदा लामो हुने र दर्शक पनि ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैं–तिहारको समयमा प्रदर्शनमा आउने चलचित्रले राम्रो कमाइ गर्न सक्न...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...