×

NMB BANK
NIC ASIA

समानुपातिक तर्फको बन्दसूची सच्याउने समय सकियो : ३१ दलले सच्याए बन्दसूची

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतवार) साँझ ५ बजे सम्मको समय दिएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतवार ४ बजेसम्म विभिन्न ३१ दलले प्रतिनिधि सभातर्फ नामावली सच्याएर पेश गरेका छन् । उनले आजसम्म १२ वटा राजनीतिक दललाई पेश भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाग्लेका अनुसार प्रतिनिधि सभातर्फ प्रदेश १ मा ३१, मधेश प्रदेशमा २१, बागमती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेश गरेका छन् । आइतवार ५ बजेसम्मका दलहरूले बन्दसूची सच्याएर पेश गरेपछि आयोगले सच्याएर पेश गरिएका बन्दसूचीको काम सक्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

उपन्यायाधिवक्ता वाग्लेले सोमवारबाट राजनीतिक दलले पेश गरेको बन्दसूचीमा नामावली भएको कुनै उम्मेदवारले बन्दसूचीबाट आफ्नो नामावली फिर्ता लिन चाहेमा सोमवार १ बजेसम्मको समय दिने बताए । उनले सोमवार नै १ बजेदेखि ५ बजेसम्म बन्दसूची पेश भएको सम्बन्धित व्यक्तिले फिर्ता लिएको बारेमा सम्बन्धित दललाई जानकारी गराउने आयोगको कार्यसूची छ । 

Vianet communication
Laxmi Bank

फिर्ता लिएको उम्मेदवारको सट्टामा अर्को कुनै उम्मेदवार पेश गर्न दललाई पत्राचार गर्ने र यो क्रम आगामी २२ गतेसम्म जारी रहने उपन्यायाधीवक्ता वाग्लेले बताए । २२ गते बेलुका सबै नामावली प्रकाशन गर्ने र प्रकाशित भएका नामावलीमा कसैको दाबी विरोधलाई २३ गतेपछिको कार्यतालिका बनाइएको बताए । 

उपन्यायाधिवक्ता वाग्लेले दलले पेश गरेको बन्दसूचीमा धेरैजसो समानुपातिक समावेशी समूहको क्लष्टर नमिलेको पाइएको पनि बताए । उनले कुनै एक क्लस्टरमा हुनुपर्नेको नाम अन्य क्लस्टरका लागि राखिएको पाइएको बताए । उनले भने, ‘दलले पेस गरेको बन्दसूचीमा धेरैजसो समानुपातिक समावेशी समूहको क्लष्टर नमिलाएर पेश गरेको देखिएको छ । अर्थात् थारु क्लस्टरमा हुनुपर्ने उम्मेदवारको नाम अरु क्लस्टरमा आउने वा मधेशी क्लस्टरमा हुनुपर्ने उम्मेदवारको नाम अर्कोमा जाने यस्तो केही केही दलमा भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x