×

NMB BANK
NIC ASIA

१२ दिनसम्म नुहाउन नपाउँदा आमिर खानको अनुहारमा रगत र फोहोरको तह जमेपछि...

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले प्रायः चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएका छन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आमिर खान हरेक क्यारेक्टरमा प्रवेश गर्छन् । 

Muktinath Bank

‘कयामत से कयामत तक’ होस् वा ‘थ्री इडियट्स’ र ‘दंगल’का हरेक पात्रबाट आमिरले आफूलाई प्रमाणित गरेका छन् । फिल्ममा चरित्र सही ढंगले निभाएकै कारणले उनलाई ‘ मिस्टर परफेक्शनिस्ट’ भनिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन त सबै कलाकारहरू आफ्नो पात्रलाई पर्दामा ल्याउन कडा मेहनत गर्छन् । आमिर खान पनि इन्डस्ट्रीका यस्तै कलाकारमध्येका एक हुन् । हरेक पात्रलाई आफ्नो उत्कृष्ट शैलीमा निभाएका आमिर खान एक पटक एउटा दृश्य शूट गर्न १२ दिनसम्म ननुहाई बसेका थिए । सुन्दा निकै अनौठो र अचम्म लाग्ने यो किस्सा उनको फिल्म ‘गुलाम’सँग सम्बन्धित छ । 


Advertisment
Nabil box
Kumari

यो सन् १९९८ को कुरा हो, जब आमिर खानको फिल्म ‘गुलाम’ हलमा रिलिज भएको थियो । यस फिल्मको क्लाइमेक्समा एउटा दृश्य थियो, जसमा खलनायकले आमिरलाई कुटपिट गरेका थिए । यो दृश्यका कारण आमिरको अनुहारमा धेरै रगत र फोहोर जमेको थियो । तर, आमिर दृश्यलाई यति ‘परफेक्ट’ गर्न चाहन्थे कि उनले क्लाइमेक्स सीन पूरा नभएसम्म आफ्नो ‘लुक’ उस्तै राख्ने निर्णय गरे र यसका लागि आमिरले करिब १२ दिनसम्म नुहाएनन् ।

Vianet communication
Laxmi Bank

रिपोर्टका अनुसार उनको यो निर्णयका कारण उनले धेरै समस्याको सामना गर्नु परेको थियो । वास्तवमा, आमिर ननुहाई बसेपछि निर्माण टिम नै अलमलमा पर्न थाल्यो, तर उनी दृश्यलाई राम्रोसँग खिच्ने आफ्नो निर्णयमा अडिग रहे र फिल्म रिलिजपछि उक्त दृश्यलाई मानिसहरूले मन पराए । 

आमिर खानले आफ्नो करियरमा एकभन्दा बढी फिल्म गरेका छन् । उनलको ‘दिल है कि मानता नहीं’, ‘जो जीता वही सिकन्दर’, ‘अन्दाज अपना अपना’, ‘रंगीला’, ‘राजा हिन्दुस्तानी’, ‘गुलाम’, ‘सरफरोश’, ‘लगान’, ‘दिल चाहता है’, ‘रंग दे वसन्ती’, ‘फना’, ‘तारे जमीं पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, ‘धूम ३’, ‘पीके’, ‘दंगल’, ‘सेक्रेट सुपरस्टार’लगायत हिट छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x