×

X
Nic Asia
Dabur
Khukuri

दशैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

तनहुँ | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैंमा पनि निरन्तरता दिइएको छ ।

LAxmi BAnk
nabil BANK inside

दशैं शुरू भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दशैंको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए । ‘आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौं,’ उनले भने, ‘दशैंमा पनि काम रोकिँदैन ।’

दशैंको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उनले बताए । ‘न्यूनतम कामदारबाट टीकाको दिनमा पनि काम हुन्छ,’ सिल्पकारले भने, ‘आयोजनालाई समयमै सम्पन्न गराउनेतर्फ गम्भीर भएर लागिपरेका छौं ।’


Advertisment
Saurya island

यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ ।

आयोजना प्रमुख सिल्पकारका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । 

Vianet communication
IME BANK INNEWS

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्टबाट शुरू भएको थियो ।

अब सुरुङभित्र पूर्वाधार निर्माणको काम शुरू गरिएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला ...

मंसिर १९, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक सम...

मंसिर १९, २०७९

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिर...

मंसिर १९, २०७९

रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ...

मंसिर १९, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्...

मंसिर १९, २०७९

नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुला...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x