×

X
Nic Asia
Khukuri
Daraz

दशैंको शुभकामना दिँदै खिलराज रेग्मीको सन्देश : निर्वाचन राम्रा मान्छे चुन्ने अवसर

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बडादशैंको अवसरमा शुभकामना दिँदै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आसन्न निर्वाचन राम्रा मान्छे छान्ने र चुन्ने अवसर रहेको बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

सोमवार शुभकामना सन्देश जारी गर्दै पूर्व अध्यक्ष रेग्मीले विजयादशमीको सुखद अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘विगतमा भएका पटक–पटकका संघर्ष र आन्दोलनहरूकै फलस्वरूप विशेष परिस्थितिमा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनपश्चात् मात्र नेपाली जनताले आफ्नो संविधान आफैं वनाउने दशकौंको सपना साकार भयो । हामी नयाँ संवैधानिक अभ्यासमा एक चरणको निर्वाचनपछि अर्को चरणको निर्वाचनको संघारमा आइपुगेका छौं,’ सन्देशमा उल्लेख छ, ‘हिजो संघीयता सहितको संवैधानिक अभ्यास संविधानले अपेक्षा गरेको समाज रूपान्तरण र समृद्धिको जग बसाउनका लागि परीक्षणको समय थियो । आज जनअपेक्षा चुलिएको छ । एकपछि अर्को महामारीले गाजिरहेको छ । यसलाई व्यवस्थापन गर्दै अरुले जसरी हाम्रा पाइला अघि बढाउनु छ । निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन, राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएको छ । निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो भन्ने मलाई लाग्दछ ।’

पूर्व अध्यक्ष रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना समेत गरेका छन् । ‘सबैलाई नवदुर्गा भवानीबाट सकारात्मक प्रेरणा मिलोस् भन्ने पनि कामना गर्दछु,’ सन्देशमा उल्लेख छ, ‘अन्त्यमा विजयदशमी २०७९ को अवसरमा फेरि पनि समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी  भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका नि...

मंसिर १०, २०७९

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ । ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो ।  ...

मंसिर १०, २०७९

अर्थविद् स्वर्णीम वाग्लेले कांग्रेसका दुई नेता गगन थापा र प्रदीप पौडेल मिल्नुपर्नेमा जोड दिएका छन् । उनले दुवै उम्मेदवारलाई निर्वाचन जिताउन आफू लागि परेको र सोही अनुसारको नतिजा आएको भन्दै अब उनीहरुले मिलेर काम ...

मंसिर १०, २०७९

राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ ।  मधेस केन्द्रित राजनीति गर्दै आएका महिन्द्रराय यादव र रा...

मंसिर १०, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले सांसदका रुपमा पाउने सम्पूर्ण सेवा सुविधा समाजसेवामा खर्चिने भएका छन् । पाँच वर्षसम्म सरकारबाट पाउने सेवासुविधा ...

मंसिर १०, २०७९

जसपा संघीय परिषदका अध्यक्ष अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुनसरी १ मा अग्रता लिइरहेकी छिन् । राईलाई नेकपा एमालेसमेतको समर्थन रहेको भएपनि जारी मतगणनामा पछि परेका हुन् ।  &...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x