×

X
Nic Asia
Khukuri
Daraz

प्रतिनिधिसभा निर्वाचन

सीट बाँडफाँट टुंग्याउँदै सत्ता गठबन्धन, आजै हस्ताक्षर गर्ने तयारी

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

सत्तारुढ पाँचदलीय गठबन्धनले आजै सीट र निर्वाचन क्षेत्र बाँडफाँटको अन्तिम टुंगो लगाउने भएको छ । 

LAxmi BAnk
nabil BANK inside

सोमवार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सीट बाँडफाँट टुंगो लगाउने गरी अन्तिम तयारी गरिरहेको गठबन्धनमा रहेका दलमध्येका एक शीर्ष नेताले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बिहानैदेखि छलफलमा जुटेका नेताहरू अहिले खाना खानका लागि छुट्टिएका छन् । 

‘दिउँसो १ बजे फेरि बैठक बस्ने गरी खाना खानका लागि बैठक स्थगित गरेका छौं । सीट र निर्वाचन क्षेत्रको बाँडफाँट प्याकेजमा टुंगो लगाएर आजै सहमति पत्रमा हस्ताक्षर गर्छौं’, तीन नेताले भने । 


Advertisment
Saurya island

गठबन्धनमा सीट बाँडफाँटको सहमतिको खाका तयार भएको र दिउँसो शीर्ष नेताहरूको बैठकले त्यसलाई अन्तिमरूप दिने ती नेताले बताए । 

सीट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र रहेका दलमा असन्तुष्टि बढेको थियो । पछिल्ला छलफलमा ती असन्तुष्टिलाई पनि सकेसम्म सम्बोधन गर्ने प्रयास गरिएको ती नेताले बताए ।

Vianet communication
IME BANK INNEWS

यसअघि नेपाली कांग्रेसलाई ८५, माओवादी केन्द्रलाई ४४, एकीकृत समाजवादीलाई १७ र जनता समाजवादीलाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सीट दिने गरी मोटामोटीरूपमा सीट बाँडफाँटको हिसाब निकालिएको थियो । 

पछिल्लो छलफलमा यो संख्यामा पनि सामान्य हेरफेर भएको बताइएको छ । 

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले सीट बाँडफाँटमा असन्तुष्टि राखेर चुनावी तालमेलको लागि एमालेसँग पनि संवाद अघि बढाएको थियो । 

आइतबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउने प्रयास गरेका थिए । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

सत्ता गठबन्धनसहितको चौतर्फी घेराबन्दी र पार्टीभित्रकै कतिपय नेताको असहयोगका बाबजुद एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ बाट रोमाञ्चक जीत निकालेका छन् । शुक्रवार साँझ अबेर सम्पन्न मतगणनामा पौडेलले ...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्...

मंसिर १०, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ मध्ये १ सय ४७ स्थानको नतिजा आइसक्दा समानुपातिकतर्फको मतगणना भने झण्डै आधाआधी मात्र भएको छ । बिहान ११ बजेसम्ममा नेकपा...

मंसिर १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भए...

मंसिर १०, २०७९

निर्वाचन आयोगले इलाम २ मा रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार साँझ इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई फोन गरेर मतगणना सुरु गर्न निर्देशन दि...

मंसिर १०, २०७९

मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिग बहादुर लिम्बु विजयी भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउँदा खतिवडाले २६...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x