कात्तिक २०, २०८०
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ ।
बिदामा घुम्न मनाङ सहज हुँदै गएको छ । मनाङमा दसैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए । “कोभिड–१९ सङ्क्रमणपछि अहिले आन्तरिक पर्यटक बढेका छन् । विस्तारै भ्रमणमा निस्कने बढ्न थालेका छन्,” उनले भने । दशैंको बिदामा मनाङ भित्रिने आन्तरिक पर्यटक बढेको उनी बताउँछन् ।
केही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । करीब दुईवर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटक योजनासहित भ्रमणमा आउन थालेका छन् ।
विसं २०७६ चैतदेखि नेपालका सबै संरक्षित क्षेत्र र अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो । कोभिड–१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ । आन्तरिक पर्यटकको रोजाइँमा मनाङ र मुस्ताङ पर्ने गरेका छन् । अहिले पर्यटक मनाङ आउने समय अनुकूल हो । यो समयमा आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हुन्छ ।
तीन हजार बढी पर्यटक भित्रिए
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा चालू आर्थिक वर्षको पहिलो चौमासिक पूरा नहुँदै पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । साउनदेखि असोज १० गतेसम्म कूल तीन हजार आठ सय १८ बाह्य पर्यटक मनाङ भित्रिएको प्रमुख गौतमले बताए ।
यस इलाकाअन्तर्गत सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेका छन् । चालू आर्थिक वर्षको असोज १० गतेसम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका १२२, अमेरिकाका १०८ र अन्य देशका ८७३ पर्यटक मनाङ घुम्न आएका छन् ।
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...