×

NMB BANK
NIC ASIA

चुनाव र दशैं बजार

दशैंसँगै चुनावी तयारीले तात्यो अर्थतन्त्र: हुनेखानेलाई भ्याइनभ्याइ, सर्वसाधारणलाई धौधौ

असोज १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चाडपर्वसँगै चुनाव नजिकिँदै जाँदा अर्थतन्त्र पनि चलायमान भएको छ । नेपालीले खर्च गर्ने र सामान जुटाउने उपयुक्त मौसम दशैंलाई मानिन्छ । यो बेला हुने खानेलाई भ्याइँ–नभ्याइँ छ भने हुँदा खाने आमसर्वसाधारणलाई चाहिँ अत्यावश्यक सामग्रीको जोहो गर्न धौधौ छ । 

Muktinath Bank

दशैं, तिहार र छठ सकिएलगत्तै यसै वर्ष चुनाव हुँदैछ । चुनाव हुने वर्षलाई अर्थतन्त्र चलायमानको समय पनि भन्ने गरिन्छ । पर्व शुरू हुनु आफैंमा अर्थतन्त्र चलायमान हुनु हो । वार्षिक रूपमा हुने व्यापार व्यवसायको ४० प्रतिशतसम्मको हिस्सा दशैंतिहारको महिनामा मात्रै हुन्छ । बाँकी ६० प्रतिशत अरु महिनामा हुने निजी क्षेत्रका व्यवसायीले बताउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंतिहार जस्तै अर्थतन्त्र चलायमान बनाउने समय चुनाव पनि सँगै आएकाले बजारमा पैसा सक्रिय हुने अर्थशास्त्रीले बताएका छन् । दशैंलाई अर्थतन्त्र चलयमान गराउने चाडका रूपमा हेरिन्छ, त्यसमा पनि चुनाव जोडिएपछि खर्च स्वाभाविक रूपमा बढ्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘हाम्रो संस्कार र चालचलन उपभोगमा खर्च गर्दा रमाउने छ । यसले गर्दा दशैंले बढाएको खर्च चुनावले झन् धेरै गराउँछ । दशैंतिहार धेरैका लागि मान्नैपर्ने र खर्च अनिवार्य हुने पर्व हो भने चुनाव नेता कार्यकर्ताका लागि मात्रै खर्च गर्ने चाड हो । चुनाव हुने वर्ष विकास निर्माण गर्ने, जनताको मन जित्ने र काम गरेर देखाउने नेतृत्वको कमी छ । यो बेला २/४ वटा खसी बढी काटिने, सीमित व्यक्तिले खर्चमा रजाइँ गर्नेबाहेक चुनावले अर्थतन्त्रमा खासै योगदान नगर्ने भइसकेको छ । चाडबाडले भने खाने, पिउने र लाउनेभन्दा बढीको उपलब्धि देखिँदैन ।’

Vianet communication
Laxmi Bank

विगतका वर्षको तुलनामा महंगी बढेका कारण खर्च भने पोहारभन्दा यो वर्ष, यो वर्षभन्दा अर्को वर्ष बढ्ने गरेको छ । स्थानीय तथा संसदीय चुनाव हुँदा हुने खर्चलाई अर्थतन्त्रमा हल्ला गर्ने आधार भने बनेको क्षेत्रीको तर्क छ ।

दशैं पर्व भनेको खर्चको चाड भनेर बुझ्नुपर्ने भएको छ । दशैंभन्दा पनि बढी खर्च विकास निर्माण गर्ने, सरकारको खर्च क्षमता बढाउने, अधुरा आयोजना पूरा गर्ने, शुरू नभएका काम शुरू गर्ने वर्ष पनि चुनाव हुँदा नै हुनुपर्ने अर्थशास्त्रीहरू बताउँछन् । यो बेला आमउपभोग्यदेखि दशैंलाई दृष्टिगत गरेर हुने सरकारी खर्च पनि बढ्छ । 

सामान्यतया चुनाव हुने वर्ष सरकारी खर्च बढी हुन्छ । यो वर्ष भने चुनाव हुने वर्ष भए पनि असोज १५ गतेसम्ममा २ खर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यस्तो खर्च कूल बजेटको ११ प्रतिशत मात्रै हो । सरकारले यो वर्षलाई ल्याएको १७ खर्ब ९३ अर्बको बजेटलाई औसत खर्चको आधारमा मान्ने हो भने हालसम्म सवा २ खर्ब रुपैयाँ खर्च नाघिसक्नुपर्ने थियो । 

गत वर्ष असोज १५ गतेसम्ममा सरकारले गरेको कूल खर्च बजेटको १६ प्रतिशत थियो । चुनाव भएको वर्ष बढी खर्च हुनुपर्ने भनिए पनि गत वर्षको तुलनामा खर्च रकम अंकमा केही बढेको देखिए पनि बजेटको आकार बढेकाले प्रतिशतमा भने कम नै देखिन्छ ।

दशैंमा वस्तु तथा सेवाको प्रयोग बढ्छ । मौसम परिवर्तन हुने समयको शुरूआत भएकाले दशैंमा लगाउने नयाँ लुगा, लगत्तै आउने जाडोको कपडाको व्यापार यही बेलाबाट बढ्न शुरू हुन्छ । दशैंमा हुने उपभोग्य वस्तुको कारोबार अन्य समयको तुलनामा ४०–६० प्रतिशतसम्मले बढ्ने गरेको सम्बन्धित क्षेत्रका व्यापारीहरू बताउँछन् । खाद्यान्न, लत्ताकपडा, सवारीसाधन खरिद, घरायसी विद्युतीय सामान, ग्याजेट सहितको व्यापार चम्कने गर्छ भने रेमिट्यान्स आय पनि बढ्ने हुँदा अर्थतन्त्र चलयमान हुन्छ ।

सरकारले यो वर्ष आयात निरुत्साहन गरेको छ, जसको असर स्वरूप उपभोग्य वस्तुमा हुने खर्च कम हुने अनुमान भएको छ । चालू आवको पहिलो २ महिनाको आयातको तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत कम भएको छ । यो वर्ष दशैं अगाडिको २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको छ । यस्तो आयात गत वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब रुपैयाँ थियो । विलासिताको वस्तुको आयातले दैनिक उपभोग्यमा कुनै असर नपर्ने भन्सार विभागको भनाइ छ । 

विभागका अनुसार महंगा र विलासितका वस्तुको ठूलो भोलुम भएकाले अंकमा केही घटेको देखिएको भए पनि दैनिक उपभोग्यलाई असर गर्ने गरी आयात रोकिएको छैन ।

दशैंमा विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स अन्य समयको तुलनामा बढ्छ । बर्सेनि यस्तो रेमिट्यान्स बढ्दै बाहिर जाने नेपाली बढेका र चाडपर्वलाई खर्च पठाउने चलनका कारण बढ्ने गर्छ । यो वर्ष साउनमै गत वर्षको तुलनामा २० प्रतिशतले रेमिट्यान्स बढेर आएको छ । यस्तो रेमिट्यान्स आय साउनको १ महिनामा मात्रै ९२ अर्ब २१ करोड रुपैयाँको भित्रिएको छ । भदौ महिनामा ९० अर्ब रुपैयाँको मात्रै रेमिट्यान्स आयो भने पनि दशैंलाई नेपालीले विभिन्न मुलुकबाट पठाएको दशैं खर्च मात्रै १ खर्ब ८० अर्ब रुपैयाँ नाघ्ने अनुमान छ । 

हाल सञ्चालनमा रहेका सबै बैंकहरू सहितका ५ दर्जन रेमिट्यान्स सेवाप्रदायकबाट यस्तो आय स्वदेश आउँछ । नेपालबाट एकै महिनामा बाहिरिएका ७६ हजार मजदुरले पठाएको खर्चबाट नेपालीको अर्थतन्त्र धानिएको हो । गत महिना बाहिरिनेभन्दा भित्रिनेको संख्या २० हजार कम छ । गत महिना ४७ हजार नेपाली विभिन्न मुलुकबाट नेपाल फर्किएका थिए । 

क्षेत्र अनुसारको व्यापार चम्कने सिजन

दशैंले सामान्यतया सबै क्षेत्रको व्यापार व्यवसाय फस्टाउने गर्छ । अन्य समयमा फुर्सदिला हुने मोबाइल, कपडा, सवारीसाधन, घरायसी प्रयोगका सामान, इलेक्ट्रोनिक वस्तुहरूका व्यापारीसहित सेवा तथा उत्पादनमूलक क्षेत्रलाई यो बेला भ्याइँ–नभ्याइँ छ । चाडपर्व भएकाले खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुहरूको खपत बढ्छ । तयारी पोशाकदेखि विलासिताका वस्तुसम्मको माग बढ्ने मौसम पनि दशैं नै हो ।

मध्यम वर्गीयदेखि माथिका नेपालीको घुमघाम गर्ने र खानपानमा रमाउने उपयुक्त समय दशैंलाई लिइन्छ । दशैंमा लामो बिदा हुने भएकाले कोही घुमघाम गर्न निस्कन्छन् त कोही खर्च गर्ने अरु माध्यम खोज्छन् । यो बेला ‘आउट बाउन्ड टूर’मा जाने नेपालीको संख्या समेत उल्लेख्य बढ्ने गर्छ, जसले गर्दा टूर व्यवसायीलाई प्याकेज बिक्री गर्ने र व्यापार व्यवसाय चम्काउने मौका हुन्छ ।

दशैंतिहारको समय होलसेलदेखि खुद्रासम्मका व्यापार फस्टाउने मौसम पनि हो । सामान्य दिनहरूको तुलनामा दशैंमा व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय दशैंलाई नै बाहिरबाट सामान आउन रोकिनु विडम्बना भएको महाबौद्धका होलसेल व्यापारी सरोज श्रेष्ठ बताउँछन् । उनका अनुसार सामान भए व्यापार हुन्थ्यो होला ।

कोरोनापछि दशैंंलाई सहज सामान आउन सकेको छैन । यसपटक पछि खासाको बाटो नखुलेपछि पानीजहाजबाट भारत हुँदै ल्याउनुपरेकाले २ महिनादेखि रोकिएको सामान अझै आइनपुगेको गुनासो महाबौद्धका व्यवसायीको छ । उनीहरूका अनुसार पुरानै सामान बेचेर भए पनि बजार चलायमान बनाउने प्रयास भने भइरहेको छ ।

मोबाइल, अटोक्षेत्र, घरायसी प्रयोजनका सामान सहितको व्यापार दशैंलाई अरु समयको तुलनामा बढी हुने गरेको छ । दशैंमा अफर आउने र योजना बनाएर किन्ने नेपालीको चलन छ । विभिन्न प्रकारका ग्याजेट, पेय पदार्थ, विद्युतीय सामग्रीदेखि हवाई टिकटसम्ममा छुटको वर्ष दशैंलक्षित गरेर नै चलिरहेको छ ।

बजारमा यो बेला भीडभाड बढ्नुको कारण पनि आमउपभोक्ताले दशैंलाई विशेष महत्त्व दिने गरेका कारण हो । वस्तु तथा सेवा खरिद बिक्रीका लागि आमउपभोक्ता तथा व्यापारी बजारसम्म पुग्नुपर्ने बेला चाडपर्वमा बढी नै हुन्छ । बजारमा आएका सामान किनबेचका लागि जानुपर्ने भएका कारण बजारमा चहलपलह देखिएको छ ।

बर्सेनि स्थलमार्गबाट करीब २० लाख र आन्तरिक हवाई यातायातबाट २ लाख नेपाली दशैंका लागि नै काठमाडौंबाट बाहिरिने गरेका छन् । दशैंमा गाउँघर जानेले गर्ने किनमेलदेखि शहरमै बस्नेले प्रयोग गर्ने सामान लिन हिँडडुल गर्नुपर्छ, जसका कारण आवश्यकता र बाध्यताले पनि भीडभाड बढाएको हुन्छ ।

दशैंका लागि भनेर साउन र भदौमा आयात भएको मोबाइल मात्रै यो वर्ष ६ अर्ब रुपैयाँको छ । दशैंलाई मोबाइलको माग धान्न मात्रै दैनिक ११–१५ करोड रुपैयाँको मोबाइल भित्रिने गरेको छ । सरकारले गत जेठदेखि ३ हजार डलर माथिका मोबाइलको आयातमा प्रतिबन्ध लगाएको र भदौ ३० गतेदेखि अवैध मोबाइल नेपालमा नचल्ने व्यवस्था गरेका कारण गत वर्षको तुलनामा मोबाइलको बजार दशैंलाई केही घटेको व्यवसायीको भनाइ छ ।

बजारमा गत वर्षको तुलनामा व्यापार घटे पनि साना स्मार्टफोनको प्रयोग बढेको छ । यसले मोबाइल बजारलाई चहलपहल बनाउन सहयोग गरिरहेको  मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । उनका अनुसार गत वर्ष महंगा मोबाइल धेरै थिए भने यो वर्ष १५–२५ हजार रेन्जका मोबाइलको अधिक खपत भइरहेको छ । यस्तो मोबाइल एउटा डेढ–दुई लाखको बिक्री गर्नु र १० जनाले मध्यम रेन्जका किन्नु व्यवसायीका लागि उस्तै भएको बस्नेतले बताए ।

दशैंलाई नयाँ नोट साट्ने चलन कम भएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार दशैंलाई मात्रै २० अर्बभन्दा बढी रुपैयाँसम्मका नयाँ नोट साटिने गरेको छ । यस्तो नयाँ नोट दशैं शुरू हुनुभन्दा १० दिन अगाडि नै विभिन्न वाणिज्य बैंकबाट साट्ने गरिएको छ । यो वर्ष असोज २ गतेदेखि शुरू भएको नयाँ नोट साट्ने काम असोज १४ गतेसम्म गर्ने गरी केन्द्रीय बैंकले सम्बन्धित बैंकलाई निर्देशन दिएको छ । नयाँ नोट साटेर दशैं मनाउने तथा दशैंमा टिकाटालो गर्नमा साना तथा नयाँ नोटको प्रयोग बढी हुने गर्छ । राष्ट्र बैंकले विगतको चलन र नेपालीको संस्कार धान्नकै लागि पनि बर्सेनि नयाँ नोट बजारमा पठाउँदै आएको छ ।

व्यापार बढाउन छुटको वर्षा

उद्योगी, व्यवसायीदेखि सामान्य व्यापारीसम्मलाई दशैंमा व्यापार बढाउने ध्याउन्न हुन्छ । जति सक्यो धेरै व्यापार गर्ने उद्देश्यले दैनिक उपभोग्य वस्तुदेखि विसालिता र अनिवार्य आवश्यकताका वस्तुसम्ममा छुट तथा अफर दशैंतिहार लक्षित गरेरै आउने गर्छ । 

हवाई यात्रामा जानेलाई टिकटमा छुटदेखि बैंकहरूसम्मले आकर्षक उपहारसम्मको अफर ल्याएका छन् । मोबाइल, टीभी, फ्रिज, सवारीसाधन, जुत्ताचप्पल, पेय पदार्थ, चाउचाउदेखि उपभोक्तालाई आवश्यक पर्ने उपभोग्य वस्तुमा दशैं अफर लाग्छ । यस्तो अफर बिक्री बढाउन र नाफा कमाइहाल्ने उद्देश्यले आउने गरेको देखिन्छ । अफरले उपभोक्ता आकर्षित हुने भएकाले पनि बर्सेनि आउने गरेका छन् ।

पछिल्लो समय दशैं भन्ने बित्तिकै उद्योगी व्यवसायीका लागि अफर र छुट दिने समय पनि भएको छ । यसले उपभोग्य वस्तुमा स्टक क्लियर गर्नेदेखि व्यापार प्रवर्द्धन गर्नेसम्मका हुन्छन् ।

अर्थतन्त्र चलायमान बनाउनुका साथै छुट र अफरले झन् उत्साह थप्ने गरेको निजी क्षेत्रका व्यवसायी बताउँछन् । आमनेपाली दशैंलाई नै सामान खरिद गर्ने योजना बनाउने र दशैंलाई पैसा जम्मा पारेर गर्छन् । लत्ताकपडा किन्नेदेखि सवारीसाधन र विलासिताका साधन मानिने महंगा सवारी र सुनचाँदी जोड्ने गर्छन् । यही बेला अफर ल्याएर व्यापार बढाउन सकिन्छ कि भन्ने आशा सबैलाई हुने गर्छ ।

व्यवसायीका अनुसार सबैलाई अफर चाहिएको हुन्छ । जसका कारण हरेक क्षेत्र, पेशा, व्यवसायले सम्बन्धित ग्राहक आकर्षण योजना बनाएका हुन्छन् । यस्तो छुट र अफरको वर्षाले नयाँ ग्राहक आकर्षित गर्न सकिने र कारोबार बढाउने हुन्छ । अन्य समय फुर्सदमा बस्ने, कम व्यापार हुने र यो बेला उपभोक्तासँग पैसा र आवश्यकता दुवै हुने भएकाले आकर्षित गर्न खोजिनुलाई स्वाभाविक मान्नुपर्ने निजी क्षेत्रका व्यवसायीले बताउँदै आएका छन् ।

आमउपभोक्ता आकर्षित गर्ने र आफ्नो वस्तुको ब्रान्डिङ गर्ने उपयुक्त समय भएकाले विभिन्न सेवा सुविधा र आकर्षक प्याकेज ल्याउनुपरेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने, ‘सेवामूलक क्षेत्र अन्तर्गतको एयरलाइन्सलाई दशैंको बेला यात्रुको चाप थेग्नै गाह्रो हुन्छ । यो बेला कुनै अफरको जरुरी परेको त हुँदैन तर पनि चाडको रूपमा मनाउन र ब्रान्डिङ गर्न पनि अफर ल्याउनुपरेको हो ।’

उनले भने, ‘अफरका कारण हवाई जहाजमा यात्रु आउने भन्ने त हुँदैन । विभिन्न ब्रान्डले अफर ल्याउनुस् भन्ने र उपभोक्तालाई पनि हामीले पनि केही दिएका छौं है भन्ने सन्देश दिने गरिएको हो ।’

यस्ता अफरमा ग्राहकलाई नगद छुट, हात खाली नजाने उपहार, स्योर सर्ट, स्क्रार्च कुपन, लक्की ड्र, उत्कृष्ट प्रयोगकर्ता, सेवा वा सुविधा प्रयोग गरेबापत पाइने उपहार हुन्छन् । अफरले सामान्य हौसलादेखि नगद, गाडी, मोटरसाइकल र घुम्न जाने प्याकेजसम्म दिइरहेका छन् । यसले सम्बन्धित उत्पादन वा सेवाको ब्रान्डिङ गरिरहेको हुन्छ ।

विभिन्न प्रकारका अफर र ग्राहकको आवश्यकताको कारण दशैं लक्षित बजारको चहलपहल देखिन्छ । दशैं अगाडिको २ दिनसम्म बजारमा जता गयो, उतै चलहलपहल बढेका कारण भीडभाड पनि देखिन्छ । बजारमा लत्ताकपडा, खाद्यान्न, सवारीसाधन, सुनचाँदी, भाडावर्तन, फर्निचर एण्ड फर्निसिङ रंगरोगनसहितमा भीडभाड हुने गरेको छ । कतिपय नेपालीको अन्तिम समयमा किनमेल गर्ने बानीका कारण भीडभाड हुन्छ भने खर्च जोहो गर्दै र समय मिलाउँदै जानुपर्ने नेपालीका कारण पनि बजारमा भीडभाड बढाउने गरेको छ ।

यस्तो भीडभाड राजधानीबाट बाहिरिन सार्वजनिक सवारी यात्रा गर्न जानेदेखि विमानस्थल प्रयोग गर्नेसम्मका यात्रुका बढी देखिन्छ । त्यसो त बजारमा लत्ताकपडा सहितका अत्यावश्यक सामग्रीको खोजीमा हिँड्नेका कारण पनि भीडभाड हुने गरेको देखिन्छ ।

दशैंको १ महिना १५ दिन अगाडि होलसेलमा भीड बढ्छ भने त्यसपछि खुद्रा बजारमा चहलपल बढ्ने गरेको छ । होलसेलबाट खुद्रा व्यापारीले दशैंलाई चाहिने सामान लगिसकेका छन् ।

अब ग्राहक आफ्नो अनुकूल ठाउँमा किनमेल गर्न खुद्रा पसल तथा महलतिर जाने गरेका कारण बजारमा दशैंलक्षित भीड हुने गरेको महाबौद्धका होलसेल व्यवसायी सरोज श्रेष्ठले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x