×

NMB BANK
NIC ASIA

आन्तरिक पर्यटन

दशैं–तिहारमा घुमफिर : यि हुन् लुम्बिनीका आकर्षक गन्तव्यहरू

असोज १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपालमा पनि घुमफिर संस्कृतिको विकास हुँदै गइरहेको छ । घुम्न मन पराउने मानिसहरूले स्वदेश तथा विदेशसम्म गएर घुमफिर गरिरहेका छन् । भ्रमणमा शौखिन नेपालीका लागि दशैं तथा तिहारको बिदा सुनौलो अवसर हो । तुलनात्मक रुपमा लामो समय कार्यालय बिदा हुने गरेकाले घुम्न मन पराउनेहरूले दशैं र तिहारको बिदालाई घुमफिर गरेर सदुपयोग गर्ने गरेका छन् । 

Muktinath Bank

घुम्न मन पराउनेहरूका लागि लुम्बिनी प्रदेश आकर्षक गन्तव्य हुनसक्छ । लुम्बिनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण पर्यटकीय स्थलहरू छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनीमा पश्चिम कर्णाली पुल प्रवेशद्वारदेखि पूर्वतर्फ नवलपरासीको त्रिवेणीसम्म घुमफिर गर्ने धेरै स्थानहरू छन् । उक्त भुगोलभित्र रहेका सांस्कृतिक, पर्यावरणीय, ग्रामीण बस्ती तथा पुरातात्विक स्थलहरूमा घुमफिर गर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

सबैको रोजाइँमा परेको लुम्बिनी 

Vianet communication
Laxmi Bank

‘शान्तिका अग्रदूत’ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको थप परिचय दिइरहनु  पर्दैन । गौतम बुद्धको जन्मस्थल भएकाले लुम्बिनी विदेशी पर्यटकका लागि समेत आकर्षक गन्तव्य हो । संस्कृतिविद् डा. गीतु गिरी विश्वका विभिन्न देशबाट समेत पर्यटकहरू आउने लुम्बिनी नेपालीहरूले त एकपटक पुग्नैपर्छ बताउँछन् । 

लुम्बिनी भ्रमणका लागि एकदिन पर्याप्त छ । एकदिनमा लुम्बिनीका सबैजसो क्षेत्रहरू अवलोकन गर्न सकिन्छ । 

लुम्बिनी आउँदा मायादेवी मन्दिर सबैको रोजाइमा पर्ने गरेको छ । लुम्बिनीमा मायादेवी मन्दिरमात्रै होइन, धेरै आकर्षक अन्य बिहार (गुम्बा)हरू पनि छन् । मायादेवी मन्दिर साँझपख अझ आकर्षक देखिन्छ । ‘सेन्ट्रल क्यानेल’को ढुंगामा यात्रा गर्दै शान्ति दीप प्रज्ज्वलन भएको स्थानमा पुगिन्छ । 

मायादेवी मन्दिरभित्र प्रवेश गरी केही समय ध्यान गर्न सकिन्छ । लुम्बिनीमा हालै सरकारले निर्माण गरेको ५ हजार क्षमताको ठूलो सभाहल पनि धेरैका लागि आकर्षणको केन्द्र बनेको छ । 

लुम्बिनी घुमेपछि तिलौराकोट नगई फर्किनु लुम्बिनी भ्रमण अपूरोजस्तै हुन्छ । लुम्बिनी बुद्धको जन्मस्थल हो भने, तिलौराकोट बुद्धको क्रिडास्थल । तिलौराकोट घुमिरहँदा पुरातात्विक महत्वको जानकारी तथा शान्त वातावरणको लाभ लिन सकिन्छ । तिलौराकोट घुमेर देवदह र रामग्रामसमेत पुग्न सकिन्छ । लुम्बिनी आसपासको क्षेत्रमा अवलोकन गर्न लुम्बिनी विकास कोषले निःशुल्क विद्युतीय बससमेत सञ्चालनमा ल्याएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज

अधिकांश नेपाली वन्यजन्तु हेर्न र जंगल सफारीका लागि चितवनको सौराहा पुग्ने गर्छन् । सौराहाजस्तै लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्ज पनि घुमफिर (जंगल सफारी)का लागि उत्तिकै राम्रो छ । बाघ, हात्तीसहित अन्य जंगली जनावर तथा दुर्लभ पक्षीहरूको अवलोकनका लागि बर्दिया निकुञ्ज उत्कृष्ट गन्तव्यमध्येको एक हो । 

९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि धेरैजना पुग्ने गर्छन् । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका सरिसृप (घस्रने) वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ । ​

बर्दियामा थारु संस्कृतिको अवलोकन गर्न सकिन्छ । निकुञ्ज नजिकै डल्ला गाउँमा खोलिएको होमस्टे पर्यटकमाझ लोकप्रिय छ । होमस्टेमा आउने पर्यटकहरूलाई स्थानीय थारु संस्कृतिसँग साक्षात्कार गराउने गरिएको छ । 

त्यहाँ थारु संस्कार र संस्कृतिसँगै थारु परिकारहरू पनि खान पाइनेछ । निकुञ्ज नजिकै रहेको ठाकुरद्वार मन्दिर पनि धार्मिक हिसाबले अर्को महत्वपूर्ण गन्तव्य हो । बर्दिया निकुञ्ज नजिकै लुम्बिनी प्रदेशको अन्तिम सीमाना कर्णाली पुल पनि घुम्न लायक ठाउँ हो । कर्णाली पुलका दृश्यहरू ​लोभलाग्दा देखिन्छन् । 

गुल्मीको रेसुंगा तपोभूमि

गुल्मीको रेसुंगा तपोभूमि चर्चित धार्मिकस्थल हो । बुटवलबाट हिँडेपछि पाल्पाको सिद्धबाबा मन्दिर दर्शन गरेर श्रीनगर पनि अवलोकन गर्न सकिन्छ । श्रीनगरमा भैरवस्थानको संस्कृति हेर्ने मौका मिल्छ । गुल्मीको रिडी क्षेत्र धार्मिक पर्यटकीय भूमि हो । अवलोकन र दर्शन गरेर सिधैं रेसुंगाका लागि यात्रा गर्नु उपयुक्त हुन्छ ।

रेसुंगाको मौसम चिसो छ । पोखरीको दर्शन गरेर मन्दिरका लागि कम्तिमा ३० मिनेटको पैदल यात्रा गर्नुपर्छ । मन्दिरमा अखण्ड अग्नि हवन कुण्ड छ । तामाको छाना भएको भव्य मन्दिर छ । धार्मिक हिसाबले महत्वपूर्ण रेसुंगाबाट प्रसस्त हिमाल र खुलेका पहाड पनि हेर्न सकिन्छ । यहाँको मनमोहक दृश्यले पर्यटकहरूको मन लोभ्याउँछ । गुल्मीबाट अर्घाखाँची हुँदै फर्किन सकिन्छ । फर्कने क्रममा अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन गरेर फर्कदा मनमा शान्ति मिल्ने छ । 

प्यूठानको स्वर्गद्वारी मन्दिर

लुम्बिनी प्रदेशको अर्काे धार्मिक गन्तव्य प्यूठानको स्वर्गद्वारी हो । स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरताले पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारी घोराही–होलेरी हुँदै जाँदा ५९ किलोमिटर पर्दछ भने, प्यूठान जिल्लाको भिग्रीदेखि १४ किलोमिटरको दूरीमा पर्दछ । स्वर्गद्वारीबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिमशृंखला हेर्न पाइन्छ । स्वर्गद्वारीको परिसरबाट धौलागिरि, नीलगिरि, माछापुच्छ्रे र अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ । 

प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ । पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ । झट्ट हेर्दा ९ वटा मन्दिरजस्तो देखिने स्वर्गद्वारीको मन्दिरमा यज्ञशालाभित्र पाञ्चायन देव–देवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्तिहरू छन् । चार दिशाका कोठामा अग्निकुण्ड र बीचको यज्ञशालामा होम कार्य हुन्छ ।

स्वर्गद्वारीमा बटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन् । स्वर्गद्वारीमा गाईको महत्व बढी मानिन्छ । 

रोल्पाको थवाङ

लुम्बिनी प्रदेशको घुमफिरको अर्को गन्तव्य हो रोल्पाको थवाङ गाउँ । पहाडी जिल्लाको संस्कृति बुझ्न मात्र होइन, तत्कालीन माओवादी विद्रोहको आधार इलाका पनि भएकाले थवाङ पर्यटकीय स्थल हो । सशस्त्र युद्धका कथा र व्यथाहरू बोकेको रोल्पा प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न छ । 

थवाङमा लुम्बिनीको एकमात्रै हिमाली जिल्लाबासीको गाउँले जीवन अनुभव लिन सकिन्छ । रुकुमपूर्व र रोल्पामा पनि धेरै घुमफिर गर्ने पर्यटकीय ठाउँहरू छन् । पर्यटन व्यवसायी रामप्रसाद गौतम दशैंका बेला रुपन्देहीका होटलहरूले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक छुट योजना ल्याएको बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x