×

NMB BANK
NIC ASIA

गठबन्धनमा सकस

बालुवाटारमा गठबन्धन बैठक निरन्तर, सिट बाँडफाँटको सहमतिमा हस्ताक्षर गरेर मात्रै उठ्ने

असोज १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (सोमवार) बिहानैदेखि गठबन्धनका नेताहरू सिट बाँडफाँटको छलफलमा जुटेका हुन् । नेताहरूले आजै बाँडफाँट टुंगो लगाएर सहमति पत्रमा हस्ताक्षर गर्ने  तयारी गरेको गठबन्धनमा रहेका दलमध्येका एक शीर्ष नेताले जानकारी दिए ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखि बैठक बसेको भए पनि दिउँसो केहीबेर नेताहरू खाना खानका लागि छुट्टिएका थिए । त्यसपछि, दिउँसो करिब साढे १ बजे जुटेका नेताहरूले छलफल जारी राखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सिट र निर्वाचन क्षेत्रको बाँडफाँट प्याकेजमा टुंगो लगाएर आजै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ’, ती नेताले भने । 


Advertisment
Nabil box
Kumari

गठबन्धनमा सिट बाँडफाँटको सहमतिको प्रारम्भिक खाका तयार भएपनि केही क्षेत्रमा रहेको दोहोरो दाबीमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बताएको छ ।  सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र रहेका दलका असन्तुष्टिलाई पनि सकेसम्म सम्बोधन गर्ने प्रयास भइरहेको बालुवाटार स्रोतको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सिट बाँडफाँटमा असन्तुष्ट रहेर गठबन्धनबाट बाहिरिने बताएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि बिहानैदेखि बालुवाटार बैठकमा सहभागी छन् ।

नेताहरूले यसअघि मोटा–मोटी रूपमा मिलाएको सिट बाँडफाँटको संख्यामा पनि पछिल्लो छलफलबाट सामान्य हेरफेर भएको बताइएको छ । 

आइतवार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउने प्रयास गरेका थिए ।

नेताहरूले फकाएपछि यादव गठबन्धनको बैठकमा सहभागी भएका छन् । 

असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन गर्नुपर्ने निर्वाचन तालिका छ । 

गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाएर दलहरूले आ–आफ्नो दलको उम्मेदवार पनि छान्नुपर्ने छ । त्यसकारण पनि आज ढिलो गरी भए पनि सिट बाँडफाँट टुंगो लगाउने गठबन्धनका नेताहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x