×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

महासेठ दम्पतीको 'राइज' : मधेशको एमाले राजनीतिमा हैकम, पालैपालो अवसर !

असोज १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतो महासेठ पछिल्लो १५ वर्षदेखि निरन्तर लाभको पदमा छन् ।

Muktinath Bank

महासेठ आगामी प्रतिनिधिसभामा धनुषा- ४ बाट तथा उनको श्रीमती जुली धनुषा- ३ बाट प्रत्यक्ष चुनाव लड्ने लगभग पक्का छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासेठले यसअघि २०६४ सालको संविधान सभाको उपनिर्वाचनमा चुनाव जितेका थिए ।


Advertisment
Nabil box
Kumari

२०७० सालको चुनावमा उनी पराजित भएका थिए । २०७४ सालको चुनावमा भने धनुषा- ४ बाट निर्वाचित भएका थिए ।

Vianet communication
Laxmi Bank

महासेठ सिञ्चाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, उपप्रधान तथा परराष्ट्र मन्त्री भइसकेका छन् ।

२०७४ सालको चुनावमा उनले नेपाली कांग्रेसका महेन्द्र यादव र संघीय समाजवादी पार्टीका महाजन यादवलाई पराजित गरेका थिए । वाम गठबन्धनको साझा उम्मेदवार भएका कारण २०७४ को चुनावमा जित्न सफल भएपनि यसपटक ५ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार महेन्द्र यादव उनको प्रतिस्पर्धी हुने भएकाले त्यति सहज हुने छैन ।

महेन्द्र यादव नेपाली कांग्रेसका सहमहामन्त्री पनि हुन् । उनी शेरबहादुर देउवानिकट नेताका रूपमा चिनिन्छन् ।

२०६४ साल, २०७० साल चुनावमा समानुपातिक सांसद बनेका यादव २०७४ सालको चुनावमा प्रत्यक्ष लड्दा महासेठसँग पराजित भएका थिए । तर, यसपटक यादव बलियो अवस्थामा देखिएका छन् ।

नेकपा एमालेका एक जिल्ला नेताका अनुसार २०७४ को चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा भएकाले महासेठलाई जित्न सहज भएको थियो । तर यसपटक कांग्रेस र जनता समाजवादी पार्टीको मात्रै मत आउँदा पनि यादवलाई सहज हुने देखिन्छ ।

त्यसमा पनि नेकपा एकीकृत समाजवादीको संगठन बलियो भएकाले नेकपा एसका उम्मेदवार शत्रुघन महतो पनि प्रदेश सभामा गठबन्धनको उम्मेदवार हुने भएपछि पाँचदलीय गठबन्धनको अवस्था झन् बलियो देखिएको उनको कथन छ ।

'नेकपा एमालेसँग लोसपाको गठबन्धन भइहाल्यो भने पनि त्यसले महासेठलाई खास फाइदा हुन्न, किनभने लोसपाको यो क्षेत्रमा खासै संगठन नै छैन,' एमालेका ती कार्यकर्ताले लोकान्तरसँग भने, 'कांग्रेसको मत काट्नका लागि नै कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादवलाई एमालेमा प्रवेश गराइएको छ ।'

कांग्रेसबाट एमाले प्रवेश गरेका यादवलाई महासेठले प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने भएकाले केही हदसम्म फाइदा पाउन सक्ने त्यस क्षेत्रका अर्का एक कार्यकर्ताको अनुमान छ ।

'कांग्रेसमा पनि धेरै गुट छ । कांग्रेसका उम्मेदवार महेन्द्र यादव शेरबहादुर देउवा गुटका हुन् । उनलाई अन्य गुटका कांग्रेसीले मत नदिन पनि सक्छन्,' ती स्थानीय कार्यकर्ताले थपे, 'कांग्रेसभित्र हुनसक्ने अन्तर्घातबाट चुनाव जित्ने महासेठको दाउ छ ।'

महासेठभन्दा जुलीलाई सहज

महासेठकी श्रीमती जुली महतो धनुषा- ३ बाट चुनाव लड्दैछिन् । २०७० सालमा पनि उनी त्यस क्षेत्रबाट चुनाव लडेकी थिइन् । तर, कांग्रेस उम्मेदवार विमलेन्द्र निधिसँग पराजित भइन् ।

उक्त क्षेत्रमा निधिको बलियो पकड छ । २०७४ सालको चुनावमा भने निधि साविकको राजपाका उम्मेदवार राजेन्द्र महतोबाट पराजित भएका थिए । वाम गठबन्धनबाट त्यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका रामसिंह यादव उम्मेदवार थिए । तर नेकपा एमालेले भने राजपा उम्मेदवार महतोलाई मत दिएर सहयोग गरेका कारण महतो जित्न सफल भएका थिए ।

निधिको नाम यसपटक समानुपातिकतर्फ बन्दसूचीको पहिलो नम्बरमै पठाइएको छ । निवर्तमान सांसद महतो त्यहाँबाट लड्ने सम्भावना कम देखिएको छ । नेकपा एमालेसँग लोसपाको गठबन्धन भए पनि जुलीले उक्त क्षेत्र नछाड्ने बताइरहेका छन् ।

त्यसकारण राजेन्द्र महतो सर्लाही- २ मा पनि जान सक्ने त्यतिकै सम्भावना छ । राजेन्द्र महतो सर्लाही गए त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेस वा जसपाले टिकट पाउने सम्भावना छ ।

कांग्रेसबाट परमेश्वर महासेठ वा गणेश तिवारीमध्ये एकले टिकट पाउन सक्छन् । उनीहरू दुवैको उक्त क्षेत्रमा खासै पकड भने छैन । त्यसैगरी जसपाबाट जितेन्द्र यादव वा लालकिशोर साहले टिकट पाउने सम्भावना छ । निधी र महतोले मैदान छाड्ने परिस्थितिमा जुली महतोलाई भने सहज हुनसक्छ ।

महासेठ दम्पतीलाई जहिल्यै अवसर

महासेठ दम्पती यस्तो भाग्यशाली ठहरिँदै आएका छन्, जसले पार्टीमा आलोपालो अवसर पाउने गरेका छन् ।

पछिल्लो समय महासेठ केपी ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए । पछि उनलाई हटाएर ओलीले उनकी श्रीमती जुली महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका थिए । त्यसपछि जुली हट्दा फेरि महासेठ उपप्रधान सहित परराष्ट्र मन्त्री बनेका थिए ।

महासेठकी श्रीमती जुली नेकपा एमालेबाट दुईपटक समानुपातिक सांसद भइसकेकी छन् भने एकपटक प्रत्यक्ष निर्वाचनमा पराजित भएकी थिइन् ।

राजनीतिमा महासेठको छलाङ

रघुवीर महासेठ एमालेमा मधेशी समुदायबाट अहिले सबैभन्दा शीर्ष नेताका रूपमा स्थापित भएका छन् ।

खास गरेर २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनपछि उनले राजनीतिमा छलाङ लगाएको देखिन्छ ।

धनुषाको खजुरीका योगेन्द्र साह नेपाली कम्युनिस्ट नेताका रूपमा स्थापित थिए । उनी रघुवीर महासेठका भिनाजु राजेन्द्र साहका दाजु समेत हुन् । महासेठले एसएलसीसम्मको पढाइ भिनाजुकै घर खजुरीमा बसेर गरेका थिए । सोही क्रममा उनी वामपन्थी राजनीतिमा आबद्ध भएका थिए । आईएस्सी पढ्नका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगर पुगेका बेला २०३६ सालमा महासेठ अखिलको सम्पर्कमा आएका थिए ।

आईएस्सी उत्तीर्ण गरेपछि उनी इन्जिनीयरिङ पढ्न भारत गए । तत्कालीन पञ्चायती व्यवस्थामा स्थापित नेता हेमबहादुर मल्लको सिफारिशमा छात्रवृत्तिमा पढ्ने अवसर उनले पाएका थिए ।

इन्जिनीयरिङ पढेर आइसकेपछि इलाममा जागिर गरेका थिए । २०४६ सालमा बहुदल आउँदासम्म उनी कर्मचारी संगठनमा आबद्ध थिए । २०५१ सालमा एमालेका मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेपछि तत्कालीन राज्य व्यवस्था विभाग प्रमुख झलनाथ खनालको जोडबलमा महासेठलाई उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष बनाइएको थियो ।

२०५६ सालको चुनावमा महासेठ मालेबाट धनुषा- ३ मा उम्मेदवार बनेका थिए । नेकपा एमालेबाट गंगाराम यादव उम्मेदवार थिए । उक्त चुनावमा महासेठभन्दा बढी मत गंगारामले ल्याएका थिए ।

गंगाराम यादव तिनै व्यक्ति हुन् जसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा धनुषा- २ मा एमालेबाट चुनाव लड्ने तयारी गरेका थिए । तर, उक्त क्षेत्रमा लोसपाका उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराएपछि यादव एमाले परित्याग गरेर जसपामा प्रवेश गरेका छन् । उनी धनुषा- २ मा जसपाबाट उम्मेदवार बन्ने सम्भावना छ ।

२०५६ सालको निर्वाचनमा महासेठ पराजित भएपछि उनलाई पार्टीको उद्योग विभागमा केन्द्रीय सदस्य बनाइएको थियो । २०५९ सालसम्म उनी एमालेको मूल कमिटीमा भने आइसकेका थिएनन् ।

२०६९ सालमा जनकपुरमा नेकपा एमालेको महाधिवेशन भएपछि पार्टीको विधानविपरीत उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । त्यतिबेला एमालेको विधानमा केन्द्रीय सदस्य हुनुभन्दा पहिले वैकल्पिक केन्द्रीय सदस्य भएको हुनुपर्ने प्रावधान थियो ।

स्थानीय स्तरमा विरोध भएपनि वामदेव गौतमको समर्थनमा उनलाई  केन्द्रीय सदस्य बनाइएको थियो ।

२०६४ सालको प्रथम संविधानसभा चुनावमा एमालेबाट उनी धनुषा- ४ मा चुनाव लडेका थिए । तर उनलाई तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार सञ्जय साह 'टकला'ले पराजित गरेका थिए ।

धनुषा- ५ बाट चुनाव जितेका नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रको उपनिर्वाचनमा भने महासेठ चुनाव जित्न सफल भएका थिए ।

चुनाव जितेर पहिलोपटक प्रतिनिधिसभामा पुगेका महासेठले सिञ्चाइ मन्त्री बन्ने अवसर समेत पाएका थिए ।

२०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा धनुषा- ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जितेका थिए ।

नेकपा एमाले र माओवादी एकीकृत भएर बनेको नेकपामा पार्टीको विधानविपरीत महासेठलाई स्थायी कमिटी सदस्य बनाएपछि विरोध पनि भएको थियो । पोलिटब्युरो सदस्य नै नभएको व्यक्तिलाई विधानविपरीत स्थायी कमिटी सदस्य बनाएको भन्दै मधेशका केन्द्रीय सदस्यहरूले विरोध गरे पनि उनी स्थायी कमिटी सदस्य रहिरहे । पछिल्लो हेटौंडा महाधिवेशनबाट उनलाई सचिव बनाइएको छ ।

जुली अचानक सभासद बनेर पार्टीमा स्थापित

महासेठकी श्रीमती जुली महतो भने २०६४ सालमा एकाएक समानुपातिक सभासदको रूपमा सिफारिश भएपछि चर्चामा आएकी थिइन् । २०६४ सालको निर्वाचनमा उनका श्रीमान रघुवीर आफैं पनि धनुषा- ४ मा प्रत्यक्ष उम्मेदवार थिए । तर, उनको प्रचारप्रसारका क्रममा आयोजना हुने कुनै पनि राजनीतिक मञ्चमा भने जुली देखिएकी थिइनन् । पार्टीको संगठित सदस्य समेत नरहेकी उनलाई समानुपातिक सांसद बनाइएको थियो ।

जिल्ला कमिटी धनुषाबाट उनको नाम नै सिफारिश नभए पनि उनलाई एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले समानुपातिक सांसद बनाउनुको भित्री कारण थिए, उपेन्द्र महतो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष महतो जुलीका साख्खे दाइ हुन् ।

धनुषाबाट औपचारिकरूपमा एमाले नेत्री शारदा झा, महिला संघकी अध्यक्ष उर्मिला साहको नाम सिफारिश गरिएको थियो । जुलीलाई सिफारिश नै नगरिए पनि पार्टीको केन्द्रीय कमिटीले बन्दसूचीमा नाम समावेश गरेको थियो ।

जुली महतो संगठित सदस्य नै नभएका कारण पार्टीको प्रशिक्षण कार्यक्रममा उनलाई प्रवेश दिइएको थिएन । सुनसरीकी भगवती चौधरी, उद्योगपति विनोद चौधरी र धनुषाकी जुली महतो गरी कुल तीनजना पार्टीको संगठित सदस्य नभए पनि समानुपातिक कोटाबाट सांसद बनेका थिए । तिनैजनलाई पार्टीको पहिलो प्रशिक्षण कार्यक्रममा प्रवेश दिइएको थिएन ।

२०६५ सालमा जुलीले संगठित सदस्यता नवीकरण गराउन खोज्दा जिल्लामा ठूलै विवाद उत्पन्न भएको थियो ।

संगठित सदस्य नै नभए पनि सदस्यता नवीकरणका लागि पार्टी  केन्द्रीय कार्यालयमा सिफारिश गरिएपछि विवाद भएको थियो । जुलीका श्रीमान रघुवीर आफैं जिल्ला इञ्चार्ज भएका कारण सदस्यता नवीकरणका लागि सिफारिश गरिएको थियो ।

जिल्ला तहबाट व्यापक विरोध भएपनि अमृत बोहराले उनको सदस्यता नवीकरण गरिदिएर महाधिवेशन प्रतिनिधि बन्नलाई बाटो खोलिदिएका थिए । धनुषामा महासेठ दम्पतीको दबदबा बढ्दै गएपछि स्थानीय स्तरका अन्य नेताहरू निरन्तर विरोधमा रहे ।

नेकपा हुँदा जुलीलाई पनि  केन्द्रीय सदस्यमा बढुवा गरिएको थियो । हेटौंडा महाधिवेशनबाट उनलाई पोलिटब्युरो सदस्य बनाइएको छ ।

उपेन्द्र महतोको बहिनी तथा ज्वाइँ हुनु नै महासेठ दम्पतीको सबैभन्दा ठूलो योग्यता रहेको नेकपा एमालेका जिल्ला तहका एक नेता दाबी गर्छन् । 'पैसाको बोलबाला छ, माथि केन्द्रमा नेताहरूलाई पैसा पनि फाल्ने र चाकडी पनि गर्ने महासेठको विलक्षण क्षमता छ,' ती कार्यकर्ताले भने, 'तल यहाँ जिल्लामा वा क्षेत्रमा उहाँले आफ्नो चाकडीवाजलाई मात्र अवसर दिने गर्नुहुन्छ ।'

स्थानीय स्तरमा महासेठ दम्पतीको राइज मन नपराउने नेता कार्यकर्ता एमालेमै छन् । तर, यी दुई केन्द्रीय राजनीतिमा निरन्तर खुड्किलो उक्लिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x