माघ १४, २०७९
सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...
काठमाडाैं | असोज ३०, २०७९
एकवर्ष अघिसम्म सविना तिमिल्सिना दाहाललाई आफन्तको हालखबर बुझ्न हातमा मोबाइल बोकेर नेटवर्कको खोजीमा अग्ला डाँडामा पुग्नुपर्थ्यो ।
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर १ निवासी दाहालका गाउँमा सबैसँग मोबाइल सेट त थियो तर उनको च्याम्राङ गाउँवरिपरि कुनै पनि मोबाइल सेवाप्रदायकको नेटवर्क थिएन । नेटवर्कको अभावमा उनी फोन गर्नकै लागि एक/दुई घण्टासम्म भौँतारिदै अग्ला पहाड पुग्ने गर्थिन् ।
मोबाइलको नेटवर्क फेला परिहाले पनि बीच–बीचमा काटिने समस्याले दाहाललाई आजित बनाइदिन्थ्यो । गाउँमा मोबाइलको टावर नहुँदाको पीडा र नेटवर्क खोज्न घण्टौंको समय खर्चिन पर्दा दाहालले घरधन्दाका धेरै काम थाति राख्न पर्थ्यो । घरको काम समयमा नसक्दा धेरैपटक गाली खाएको अनुभव उनीसँग छ ।
काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को बेथानचोक गाउँपालिकाको वडा नम्बर १ भौगोलिक हिसाबले पनि दुर्गममा पर्छ । करीब २२ सय जनसंख्या रहेको यस वडाका बासिन्दा मोबाइलबाट कुराकानी गर्न सविनाले जस्तै नजिकको मोबाइल टावरको नेटवर्क खोज्न भीरपाखा धाउँदै आएका थिए । र, यी सबैको मोबाइलबाट फोन गर्दाको अनुभव सविनाको जस्तै थियो ।
स्थानीय डण्डप्रसाद दाहालका अनुसार छिमेकी वडाका स्थानीयले ल्यान्डलाइन टेलिफोनसँगै मोबाइल इन्टरनेट सेवाको सुविधा उपभोग गरिरहँदा विकट च्याम्राङबेसीवासी सञ्चारको सुविधाबाट बञ्चित थिए । सञ्चारविहीन च्याम्राङबासीले सञ्चारको पहुँचमा आउन आफ्नै निर्वाचन क्षेत्रका निर्वाचित सांसद गोकुल बास्कोटासँग आग्रह गरे ।
सांसद बाँस्कोटाले स्थानीयको माग र आवश्यकताअनुसार नेपाल टेलिकमसँग समन्वय गरेपछि अहिले धामीडाँडा टोलनजिकको डाँडामा टेलिकमको मोबाइल टावर सञ्चालनमा आएको छ । २०७९ साल वैशाख पहिलो साताबाट टावर सञ्चालनमा आएपछि यहाँका बासिन्दाको दैनिकीमै परिवर्तन आएको छ ।
‘शहरमा सबैले मोबाइल इन्टरनेटबाट भिडियोमा कुरा गरेको देख्दा मलाई पनि शहरमा बस्ने छोराछोरीसँग इन्टरनेटबाट कुराकानी गर्न रहर लागेर महंगो मोबाइल सेट खरिद गरें,’ स्थानीय पार्वती दाहालले भनिन्, ‘गाउँमा कुनै पनि मोबाइल सेवा प्रदायकको नेटवर्क थिएन । अरू नेटवर्कको खोजीमा अग्ला पहाडतिर जान्थे । म हिँडडुल गर्न नसक्ने भएकाले मोबाइल थन्क्याएर राखें । अहिले गाउँमै नेपाल टेलिकमको टावर सञ्चालनमा आयो । थन्क्याएर राखेको मोबाइल सेट बल्ल प्रयोग गर्न पाएकी छु । मज्जाले छोराछोरीसँग कुराकानी गर्न पाएकी छु ।’
च्याम्राङबेसीलाई पहिलोपटक मोबाइल नेटवर्कले छोएपछि यहाँका कृषक बढी खुसी भएका छन् । स्थानीय सुमन दाहाल निवर्तमान सांसद बाँस्कोटाकै पहलमा सडक सञ्जालको समेत विस्तार भएको बताउँछन् ।
‘च्याम्राङबेसीमा तरकारी खेती र दूध उत्पादन बढी हुन्छ । यातायातका साथै सञ्चार सुविधाले कृषकहरूलाई सिधै व्यापारीसँग फोन सम्र्पक गरी आफ्नो कृषि उत्पादनको बेचबिखन गर्न सजिलो भएको छ,’ दाहालले भने ।
पहिला सडक र सञ्चार सुविधा नहुँदा उत्पादन भएका तरकारी बोकेर तीनचार घण्टाको दुरीमा रहेको बजार पुर्याउनुपर्ने बाध्यता थियो । अहिले किसानहरू भारी बोकेर बजार धाउनुपर्ने बोझबाट मुक्त भएका छन् ।
सञ्चार प्रविधिको पहँुच र विस्तार अभावमा आफूलाई आवश्यक पर्ने सूचना र जानकारीबाट बञ्चित बनेका यहाँका स्थानीयले अहिले भने हातहातमा मोबाइल फोनबाट आवश्यक सूचना र जानकारी लिएको देख्न सकिन्छ । मोबाइल नेटवर्कको विस्तारसँगै विद्यालयमा समेत सूचना प्रविधिसम्बन्धी शिक्षण सिकाइको शुरूआत भएको स्थानीयहरू बताउँछन् ।
‘सडक र सञ्चार भनेको मुख्य विकास रहेछ, ढिलो भएपनि हामीले ती सुविधा प्रयोग गर्न पाएका छौं, विकासका लागि पहल गर्नेलाई हामीले मनबाटै धन्यवाद दिएका छौं,’ डण्डप्रसादले भने ।
सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...
ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...
तपाईंहरूले ‘साबर छाला’को नाम पक्कै सुन्नुभएको होला । लोक सेवा आयोगका परीक्षाको तयारीका लागि त यो नछुटाउने प्रश्न हो । सामान्य ज्ञानका संग्रहहरूमा एउटा यस्तो प्रश्नोत्तर समावेश गरिएको पाइन्छ &ndas...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...