माघ १९, २०७९
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
हेटौंडा | कात्तिक १, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ ।
प्रमुख राजनीतिक दलका नेताहरूदेखि साना दल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ ।
बागमती प्रदेशकै राजधानी समेत रहेको मकवानपुरमा मंसिर ४ गते हुने निर्वाचन निकै रोचक हुने देखिन्छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएसँगै सामान्य चिया पसलदेखि चौतारासम्म अब कसले बाजी मार्ला भन्ने चर्चा समेत शुरू भएको देखिन्छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि २६ र प्रदेशसभा सदस्यका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा २ नम्बर प्रतिनिधिसभा क्षेत्रमा सबैको चासो देखिन्छ । त्यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
खतिवडा लामो समय नेकपा एमालेबाट राजनीति गरेर हाल नेकपा एमाले विभाजन भएसँगै बनेको नयाँ नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका छन् । २०४६ सालपछि भएका सबै निर्वाचनमा एमालेको तर्फबाट खतिवडा विजयी हुँदै आएका थिए । २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी भएका खतिवडालाई आफ्नै पुरानो पार्टीका नयाँ युवा नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिले पनि थप चुनौती देखिएको छ ।
२०४८ सालअघिको युवा पुस्ताले निरन्तर जिताउँदै आएका उनलाई २०५१, २०५६ र २०७४ सालमा समेत जिताएको भन्दै अब नयाँ युवालाई अवसर दिनुपर्ने चर्चा शुरू भएपछि उनी अप्ठ्यारोमा परेका जनाइएको छ ।
खतिवडाले राकसिराङ गाउँपालिकामा पार्टीले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित विस्तारित बैठक तथा छलफल कार्यक्रममा बोल्दै भने, ‘झापामा चुनाव लड्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओली बुढो भए हट्नुस् भनेर टेलिभिजनमा भन्नुस्, यहाँबाट म पनि हट्छु । उनीहरूले भन्न सक्दैनन्, पुच्छर लुकाएर भाग्छन् ।’
झापा गए बुढो चाहिने र अन्य ठाउँमा युवा चाहिने भन्दै उनले आक्रोश व्यक्त गरे । खतिवडा निरन्तर सोही क्षेत्रमा विजयी हुँदै सांसद भए पनि खासै उपलब्धिमूलक कामहरू नगरेको भन्दै आलोचना समेत हुँदै आएको छ ।
नेकपा एमालेबाट उम्मेदवारी दिएका महेश बर्ताैला विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा नयाँ आएका युवा नेता हुन् । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका उनी नयाँ पुस्तान्तरणको विषयमा बोल्दै आएका छन् । एमाले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै १ वटा प्रतिनिधिसभा सदस्य र २ वटा प्रदेशसभा सदस्य गरी ३ वटै क्षेत्र जित्ने रणनीतिका साथ लागेको देखिन्छ ।
गठबन्धनमा आवद्ध दलहरू एमालेको गढ भत्काउने रणनीतिका साथ चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । सो क्षेत्रमा थाहा नगरपालिका, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर, मनहरी, कैलाश, गाउँपालिकाहरूसहित हेटौंडा उपमहानगरपालिका पश्चिम तर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तर तर्फका ५, ६, ७ र ८ नम्बर वडा पर्छन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...