मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेका प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकास र जनताको सेवाबाहेक आफूले केही नसोचेको बताएका छन् । रुपन्देही–२ (२) का उम्मेदवार श्रेष्ठले आफूले यसअघि गरेका कामलाई जनताले देखिरहेको बताउँदै बुटवलबासीले निस्पक्ष मूल्याङकन गर्ने दाबी गरे ।
बुटवलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा बोल्दै एमाले प्रदेश उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठले बुटवलको समस्याप्रति आफू जानकार रहेको बताउँदै जनताको मनोभावनालाई छोएर बुटवललाई आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा विकास गर्न जुट्ने बताए ।
‘यहाँ विकासका ठूलो पूर्वाधारहरू बनिसकेका छन’, उम्मेदवार श्रेष्ठले भने, ‘नेपालकै पुरानोमध्येको व्यापारिक केन्द्र बुटवलका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्दै आर्थिक र सांस्कृति राजधानीको रूपमा विकास गर्ने मेरो योजना छ ।’ उम्मेदवार श्रेष्ठले बुटवलका अधुरा योजनालाई पूरा गर्ने दायित्व आफ्नो रहेको बताए ।
‘ठूला योजनालाई खबरदारी र प्रभावकारी अनुगमनको खाँचो छ’, श्रेष्ठले भने, ‘मेरो काम गर्ने सक्ने इच्छाशक्ति छ । त्यसको लागि मिडियाका साथीहरूको पनि साथ र पूर्ण सहयोगको अपेक्षा गरेको छ । बुटवललाई बनाउने दायित्व तपाईं हामी सबैको हो ।’ केही ठूला योजनाहरू कानूनी बाध्यताले प्रभावकारी रूपमा अगाडि बढ्न सकेका छैनन् । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अझै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
श्रेष्ठले बुटवलमा अब मानवीय विकास गर्न पनि लाग्नुपर्ने बताए । बुटवलको मेयर हुँदा पनि आफू बुटवललाई विकासको गतिमा अगाडि बढाएको कुरा बुटवलबासीलाई अवगत रहेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठ यस अघि २०७४ को प्रदेश सभा निर्वाचनमा पनि रुपन्देही २ (२) बाट फराकिलो मतान्तरले विजयी भएका थिए । उनी प्रदेश सभामा जनताका धेरै समस्या उठाउने नेतामा पर्छन् । शंकर पोखरेल नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर उनले निःशुल्क रगत, कोभिडकालमा अक्सिजन प्लान्ट स्थापनालगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...