×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सत्तादेखि प्रतिपक्षका नेताले हेलिकप्टर चढेको ५० करोड भाडा तिरेनन्, निजीले पत्याउनै छाडे

कात्तिक १०, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

चुनावी माहोलका कारण अहिले नेता कार्याकर्तालाई भ्याइनभ्याइ छ ।

Muktinath Bank

४ मंसिरमा हुने निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्ने ध्याउन्नका कारण अहिले सबैजसो नेता कार्यकर्ता आफ्ना चुनावी क्षेत्रमा व्यस्त छन् । एक स्थानबाट अर्काे स्थानमा जान, धेरैभन्दा धेरै ठाउँमा पुग्न तथा समय व्यवस्थापन गर्न नेताहरूले हेलिकप्टरसम्मको प्रयोग गर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव नजिकिएसँगै खर्च अधिक हुने र राज्यस्रोतको दुरुपयोग हुनसक्ने भन्दै मन्त्री तथा ठूला नेतालाई हेलिकप्टरको प्रयोग नगर्न निर्वाचन आयोगले आग्रह गरिरहेको छ । तर, ठूला नेता र मन्त्रीहरूले हेलिकप्टरको प्रयोग गर्न भने छाडेका छैनन ।


Advertisment
Nabil box
Kumari

सत्तामा भएकाले नेपाली सेनादेखि निजी क्षेत्रसम्मकै हेलिकप्टर प्रयोग गरिरहेका छन् । सत्ताबाहिरका ठूला नेताले पनि आवश्यकता अनुसार राजनीतिक पहुँचमा हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

नेताहरूले विभिन्न समयमा हेलिकप्टर प्रयोग गर्ने गरेको भएपनि त्यसबापतको पैसा भने समयमा नै नतिर्ने गरेका कारण निजी क्षेत्रले हत्तपत्त हेलिकप्टर दिँदै चाहँदैनन् । नेताहरूको उधारोमा हेलिकप्टर चढ्ने बानीका कारण करीब ५० करोड रुपैयाँ विभिन्न कम्पनीलाई तिर्न बाँकी भइसकेको छ । 

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार सबैजसो कम्पनीमा नेताहरूले ५/७ करोड रुपैयाँ तिर्न बाँकी राखेको छन् । 

कोभिडपछि मात्रै नेताहरूले चुनावी अभियान र विभिन्न राजनीतिक प्रयोजनका लागि उडाएको हेलिकप्टरको यस्तो रकम औसतमा ५० करोड रुपैयाँ रहेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले बताए ।

उनले भने, ‘नेताहरूले विभिन्न समयमा हेलिकप्टर प्रयोग गरेबापतको रकम नतिरेका कारण पछिल्लो समय नेतालाई निजी हेलिकप्टर कम्पनीले पत्याउनै छोडेका छन् ।’

कँडेलले भने, ‘एक त पैसा नतिर्ने, तिर्न सक्नेले पनि उधारो राख्ने गर्छन् ।  एक घण्टाका लागि भनेर लगेको हेलिकप्टर दिनभर राखिदिने गरेका कारण पनि निजी कम्पनीले नेताहरूलाई पत्याउनै छोडेको हुन् ।’

अहिले निर्वाचन आचारसंहिताका कारण हेलिकप्टर प्रयोग गर्न कम हुने भएपनि नेतालाई व्यापारी र स्वार्थ समूहले लगानी गरिदिने गरेको छ । आफ्ना नेता र पार्टीलाई सहयोग गर्ने व्यवसायीकै कारण चुनावी आमसभा जान आउन राजनीति नेतृत्वले हेलिकप्टरको प्रयोग बेलाबोलामा गरिरहेकै छन् । चुनावी सभा धेरै हुँदा हेलिकप्टरको माग नेताहरूबाट आउने गरेको छ ।

आगामी चुनावलाई लक्षित गरेर गरिने सभा समारोहमा पनि नेताको दबाब निजी क्षेत्रलाई आउने हेलिकप्टर सोसाइटीको भनाइ छ ।

नेताहरूले हेलिकप्टर प्रयोग गरेर पैसा बाँकी राखेको भएपनि हेलिकप्टर सोसाइटीले कसले कति पैसा बाँकी राखेको छ भन्ने विवरण भने उपलब्ध गराउन चाहेन । सोसाइटीका अनुसार चुनावको मुखमा सबैलाई बराबरीको व्यवहार गर्नुपर्ने हुन्छ । 

आफ्ना अर्को दुबै पक्षले हेलिकप्टरको पैसा बाँकी राखेकाले चुनावको मुखमा व्यक्तिगतरूपमा कस्को कति भनेर विवरण दिन सकिँदैन भने हेलिकप्टर सोसाइटीलाई पनि निजी कम्पनीले विवरण नबुझाएका छैनन् ।

निर्वाचन आयोगले प्रयोग नगर्नु भनेपछि खर्च विवरणमा आफ्नो नदेखाइ नेताले चलाखीपूर्ण ढंगबाट हेलिकप्टरको प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय नेताहरूले चढेको हेलिकप्टरको पैसा उठाउन गाह्रो हुने र एउटा नेताले हेलिकप्टर लैजाँदा दिनभरको उडान तालिका प्रभावित हुने भएकोले हेलिकप्टर उपलब्ध गराउनै छाडिएको वायुसेवा सञ्चालक संघका महासचिव तथा फिस्टेल हेलिकप्टरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । 

कार्कीका अनुसार अहिले पर्यटकीय सिजन भएकाले हेलिकप्टर पर्यटकको उद्दार र दृश्यावलोकसहितको काममै व्यस्त छन् । नेताहरू जहाजमा यात्रु नै बनेर जाने गरेका छन् भने चार्टर गर्नेलाई सकेसम्म उपलब्ध नगराउने उनले बताए । नेताहरूले हेलिकप्टर प्रयोग गर्दा समय धेरै लाग्ने भएकोले हत्तपत्त जहाज कम्पनीले भाडामा दिन रहर नगर्ने बुझाइ कार्कीको छ । 

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर पनि यो वर्ष अहिलेसम्म नेतालाई हेलिकप्टर प्रयोग गर्न नदिइएको बताउँछन् । उनका अनुसार अहिलेसम्म नेताबाट माग आएको छैन भने कसैले बुकिङ पनि गरेका छैनन् । अहिले पर्यटनको सिजन भएकाले पर्यटकीय सेवामै आफूहरू व्यस्त भएको मानन्धरले बताए ।

कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे पनि नेतालाई दिन भन्दा नियमित गतिविधिमा पर्यटकीय सेवामा नै हेलिकप्टर उडाउन रुचि राख्ने गरेको बताउँछन् । पाण्डेका अनुसार कोभिड महामारीले थलिएको पर्यटनमा २ वर्षपछि बल्ल हेलिकप्टरको माग आउन थालेको छ । अहिलको समयमा नेतालाई दिनुभन्दा अयन्त्रै उडान गर्दा कम्पनीलाई लाभ बढी हुने तर्क पाण्डेको छ ।

नेतालाई दिँदा पैसा कम आउने, समयमा गन्तव्यबाट नफर्कने र धेरै समय खर्च हुने भएकाले पनि सामान्यतया हेलिकप्टर कम्पनीले नेतालाई विश्वास गर्न छाडेको पाण्डेको भनाइ छ ।

सत्ता पक्षले नेपाली सेनाको हेलिकप्टर लिएर हिँड्ने क्रम भने रोकिएको छैन । निजी क्षेत्रले उपलब्ध गराउन नचाहेका कारण सरकारी स्रोतकै दुरूपयोग गरेर सत्तासीन नेता हिँडिरहेका देखिन्छन् । 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल चुनावी माहोलका कारण हेलिकप्टर व्यस्त भइरहेको बताउँछन् । नेपाली सेनाको आन्तरिक प्रयोजन, गृह मन्त्रालयको अनुरोध, आकस्मिक उद्दारसहितको काममा हेलिकप्टर व्यस्त भइरहेको छ । नेपाली सेनासँग ४ वटा ठूला र ४ वटा साना हेलिकप्टर नियमित उडानमा छन् ।

चुनावी तयारीको समय भएकाले अहिले हेलिकप्टर जति उडानयोग्य छन् सबै व्यस्त रहेको सिलवालले बताए । सिलवालले भने, नेपाली सेनाको नियमित काम र आकस्मिक उद्दारमा खटिनेबाहेक चार्टर उडानमा पनि जाने गरिएको छ । 

हाल नेपाली सेनाका सेनासँग ८ वटा हेलिकप्टर नियमित उडानमा प्रयोग भइरहेको छ । निजी क्षेत्रका भने विभिन्न ११ कम्पनीको २९ वटा हेलिकप्टर नियमित उडानमा छन् । निजीसँग प्रत्येक कम्पनीको २ देखि ३ वटासम्म हेलिकप्टर नियमित उडानमा प्रयोग भइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x