माघ ८, २०७९
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...
कास्कीको पोखरा महानगरपालिका–३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ को सेराबेंसी अहिले भने सवारीसाधनबाट ५/७ मिनेटमा पुग्न सकिन्छ ।
गगनगौंडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ । यिनै २ खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो । लामो समयको प्रतिक्षापछि दुवै खोलामा पक्की मोटरेवल पुल बनेसँगै यतिखेर सेराबेंसीका स्थानीय निकै खुशी छन् ।
पुलकै अभावमा विगतमा लामो समयसम्म ओझेलमा परेको सेराबेंसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीयवासीमा पुल बनेसँगै यतिखेर समृद्धि र विकासको आशा जगाएको समाजसेवी एवं हंशबाहिनी मावि एक्लेखेत तनहुँका सहायक प्रधानाध्यापक ठाकुरप्रसाद खनालले बताए ।
‘गुबे खोला र खुदी खोलामा पुल नबन्दा सेराबेंसी र आसपासको क्षेत्र सम्भावना भएर पनि ओझेलमा परेका थिए,’ उनले भने, ‘अहिले भने दुवै खोलामा पुल बनेपछि आवतजावत गर्न निकै सहज भएको छ ।’
पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ जोड्ने गरी दोभानमा र गुबे खोलामाथि बनेका पुलले यहाँको समृद्धि र विकासको ढोका खोलेको स्थानीय बताउँछन् ।
कृषिजन्य उत्पादनमा अब्बल सेराबेंसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेको थियो । यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारको ३ करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए ।
गुवे खोलाको पुल तटबन्धसहित करीब पौने ३ करोडको लागतमा सम्पन्न भएको उनले बताए । ‘स्थानीयको लामो समयदेखिको पुलको आशा निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘पुलसँगै अब उक्त मार्गको कालोपत्र गर्ने योजना अघि बढाएका छौं ।’
उक्त क्षेत्रमा पुल नहुँदा पौडिएर खोला तर्नुपर्ने विवशता २०५२ सालदेखि झोलुङ्गे पुलले अन्त्य गरिदिए पनि पक्की पुलको अभावमा राजमार्गबाट नजिक रहेर पनि सेराबेंसीसहित आसपासको क्षेत्र बत्तिमुनिको अँध्यारो जस्तै बनेको थियो ।
रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको खुदी खोलामा २ दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । लामो समयपछि २०५२ सालमा स्थानीयको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष एवं नवनिर्मित मोटरेवल पुल निर्माण सहजीकरण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।
उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको बताउँदै उनले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताए ।
पक्की पुलको अभावमा सेराबेंसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उनले यसको निर्माण सम्पन्न हुनुले स्थानीयमा आशा जगाएको उल्लेख गरे । पुल निर्माणसँगै स्थानीयको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पुर्याउन सहज भएको छ ।
सेराबेंसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहारा, तल्लोपोखरी, काठेपीपल, चोयाबिसौँना, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित भएका छन् । यसले थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धन हुने र सेराबेंसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरासँग नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेंसीलगायत स्थानका वासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको वास्तविकतामा नवनिर्मित पुल यस क्षेत्रका लागि बरदान सावित हुने शुक्ला गण्डकी –१ का वडाध्यक्ष पौडेलले बताए ।
विगतमा पटक–पटक पुल निर्माण चुनावी मुद्दा बनेपनि यसलाई निष्कर्षमा पुर्याउन पाउँदा निकै खुसी लागेको यसअघि पनि वडाध्यक्षको जिम्मेवारी सम्हालेका पौडेलले बताए । ‘अघिल्लो पटक चुनावी दौरानमा पुल निर्माणको प्रतिबद्धता व्यक्त गरेका थियौं,’ उनले भने, ‘प्रतिबद्धतालाई सबैको साथ र सहयोगमा निष्कर्षमा पुर्याउन पाउँदा खुशी लागेको छ ।’
शहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेंसी लगायतका स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने र उक्त क्षेत्रमा बस्ती विकास बढ्ने अपेक्षा गरिएको छ ।
लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चाप समेतलाई कम गर्न यहाँ निर्मित पुलबाट रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिने देखिएको छ भने नजिकैको पुडिटारमा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि यसले महत्त्वपूर्ण अर्थ राख्दछ । पुलकै अभावमा ५/७ मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । तनहँुको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो ।
तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेक हुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने पनि देखिन्छ । – वासुदेव पौडेल/रासस
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...
बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...