×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चर्चामा रहेका १९ 'हट सीट'– शीर्ष नेताहरू को कति सुरक्षित ?

झापामा ओली, गोरखामा प्रचण्डदेखि डडेल्धुरामा देउवासम्म 'सेफ जोन'मा

कात्तिक १४, २०७९

Prabhu Bank
NTC
Premier Steels

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ ।

Muktinath Bank

कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए पनि मनोनयनदेखि नै उम्मेदवारले निर्वाचन क्षेत्रमा अभियान चलाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच वर्षमा एकपटक मतदाता रिझाउन नेताहरू जनताको घरदैलो र खेतबारीमा पुगेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमै चुनावी चहलपहल बढे पनि शीर्ष र प्रभावशाली नेता रहेका केही क्षेत्रको नतिजालाई देशले नै नियालिरहेको छ । 

Vianet communication

मंसिर ४ को चुनावमा चर्चामा रहेका र धेरैले नजर लगाएका २० ‘हट सीट’को मोटामोटी चुनावी हिसाबको यहाँ विश्लेषण गरिएको छ ।

प्रमुख दलका शीर्ष नेता र भावी प्रधानमन्त्रीका दाबेदारसहित पार्टीमा प्रभाव राख्ने नेताहरूलाई ‘हट सीट’मा राखिएको छ । 

विश्वप्रकाश–अग्नि खरेल (झापा– १)

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार रहेको झापा– १ यसपटकको चुनावमा चासोका साथ हेरिएको निर्वाचन क्षेत्र हो । विश्वप्रकाशसँग प्रतिस्पर्धा गर्दैछन्, एमालेका अग्नि खरेलले ।

केपी ओली सरकारमा महान्यायाधिवक्ता रहेका खरेल चुनावी तयारीका लागि भन्दै बीचमै राजीनामा गरेर झापा झरेका थिए । झापा– २ बाट चुनाव लड्न चाहेका खरेलले अन्तिममा १ बाट टिकट पाए । 

झापा– १ मा एमालेका रविन कोइराला प्रतिनिधिसभातर्फ उम्मेदवार बन्न आकांक्षी थिए । मेचीनगर नगरपालिकाको मेयर र २०७० सालका संविधानसभा सदस्य निर्वाचित कोइरालाले केन्द्रमा टिकट पाएनन् । 

२०७४ सालको चुनावमा माओवादीको भागमा परेको झापा– १ बाट राम कार्की विजयी भएका थिए । झापाका सडकलाई ‘अफ्रिकन सुन्दरीका गाला’ जस्तै चिल्ला बनाउने नारा लिएर चुनाव लडेका कार्कीले यसपटक टिकट पाएनन् । पाँच वर्षअघि २०७४ सालमा एमालेको समर्थनमा कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गर्दा शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरेका थिए । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडातहको मतका आधारमा झापा– १ मा एमाले अगाडि छ । एमालेले ३१ हजार २३२ मत पाउँदा कांग्रेसले २४ हजार ५९ मत पाएको थियो । झापा– १ मा राप्रपा तेस्रो स्थानमा छ । राप्रपाले ५ हजार ९२२ मत पाउँदा माओवादीले ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत प्राप्त गरेका थिए । 

स्थानीय तह निर्वाचन र प्रतिनिधिसभाको सन्दर्भ फरक हुने भएकाले स्थानीय तहको मतलाई मात्र आधार मान्न सकिँदैन । काठमाडौंबाट समेत चुनाव लड्न प्रस्ताव आएपनि शर्माले झापा नछाड्ने बताएका थिए । झापाबाट निर्वाचित भएर इतिहास रच्ने दाउमा शर्मा लागेका छन् । स्थापित वकिल, संविधानसभाका सदस्य र पूर्व कानूनमन्त्री समेत रहेका अग्नि खरेल तथा विश्वप्रकाश शर्माको भिडन्तले झापा– १ को चुनावी मैदान रंगिएको छ ।

राजेन्द्र लिङ्देन र कृष्ण रिटौला (झापा– ३)

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने तयरीको विरोधमा सांसद पद त्याग गरेर हिँडेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाबीच मुख्य प्रतिस्पर्धा रहेको झापा– ३ को चुनावी भिडन्तलाई बाहिरबाट समेत उत्सुकतापूर्वक नियालिएको छ ।

राजनीतिका चतुर खेलाडी कमल थापालाई राप्रपा अध्यक्षमा पराजित गरेर लिङ्देन चर्चामा आएका थिए । त्यसैमाथि ‘नेताहरू गाउँ जाँदा चोर आयो भन्छन्’ भन्ने अभिव्यक्ति दिएर उनले चर्चा बटुलेका थिए । २०७४ सालको प्रतिनिधिसभामा पूर्वपञ्चको पार्टी राप्रपाको तर्फबाट बिउ जोगाएका लिङ्देन यसपटक पनि नेकपा एमालेको समर्थनमा संसदमा आउने योजनामा छन् । 

केपी ओलीको गृहजिल्ला झापामा लिङ्देनले एमालेसँग चुनावी तालमेल गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्ण सिटौला प्रतिस्पर्धामा छन् । ‘मार्सी’ उपनामले चिनिने मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं समेतले ताकेको झापा– ३ मा रवि लामिछानेको पार्टीबाट प्रकाश पाठक पनि उम्मेदवार छन् । २०७४ सालको चुनावमा एमाले समेतको समर्थनमा लिङ्देनले ४४ हजार ६ सय १६ मत प्राप्त गर्दा सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरेका थिए । 

सत्ता गठबन्धनका सीटको बाँडफाड मिलाउने जिम्मा पाएका सिटौलालाई यसपटक माओवादीका पूर्णसिंह राजवंशीको साथ छ । उनी सिटौलाकै प्यानलबाट प्रदेशसभामा उम्मेदवार छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा बहालवाला गृहमन्त्री सिटौलालाई पराजित गरेर राजवंशी चर्चामा आएका थिए । 

स्थानीय तह निर्वाचनको वडागत मतको आधारमा झापा– ३ मा कांग्रेसले २५ हजार ९४९ प्राप्त गर्दा दोस्रो स्थानमा रहेको राप्रपाले २१ हजार १५९ मत पाएको थियो । तेस्रो स्थानमा रहेको एमालेले २१ हजार ८५ मत पाउँदा माओवादीले ६ हजार ६८८ मत प्राप्त गरेको थियो । एमालेको समर्थनमा लिङ्देन जीत दोहोर्‍याउने अभियानमा छन् भने माओवादीसहितको गठबन्धनको बलमा विगतको हारको बदला लिने प्रयासमा सिटौला देखिन्छन् ।

केपी ओली र खगेन्द्र अधिकारी (झापा– ५)

मंसिर ४ गते हुने चुनावपछिको प्रधानमन्त्रीका रूपमा एमालेबाट अघि सारिएका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धा गरेको झापा– ५ को चुनावी रौनकलाई देशभरबाट चासोका साथ हेरिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनलाई अपवाद मान्दा ओली झापाबाट अविजित रहँदै आएका छन् । सत्ता गठबन्धनले भावी प्रधानमन्त्रीको रूपमा कसैको नाम अगाडि सार्न नसकेपनि एमाले ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेर चुनावमा होमिएको छ । 

राप्रपासँग चुनावी तालमेल गरेका ओली चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् । तिहारअघिदेखि नै ओलीले चुनावी अभियानलाई तीव्र बनाएका छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै ओली विजयी भएका थिए । 

ओलीले ७५ हजार १ सय ३९ मत पाउँदा कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए । 

विगतमा ओलीसँग एक्लै लडेका अधिकारीले यसपटक माओवादीको साथ पाएका छन् । २०६४ सालमा ओलीलाई पराजित गरेरका विश्वदीप लिङ्देन पनि अहिले कांग्रेसमा सक्रिय छन् । अधिकारीले आफू विगतको घाइते उम्मेदवार रहेकाले यसपटक जनताको सहानुभूति पाउने विश्वास व्यक्त गरेका छन् । 

गत स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतलाई विश्लेषण गर्दा एमाले एक्लैको बहुमत छ । एमालेले ४१ हजार ६१९ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार २२ तथा  माओवादीले १० हजार ७८८ मत पाएका थिए । चौथो स्थानमा रहेको राप्रपाले ८ हजार ३५३ मत पाउँदा नेकपा एसले १ हजार ९८८ मत पाएका थिए । यही क्षेत्रबाट लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

शेखर कोइराला लालबाबु पण्डित (मोरङ– ६)

नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेश गरेका डा. शेखर कोइरालाले प्रतिस्पर्धा गरेको मोरङ– ६ पनि चर्चामा छ । 

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा संस्थापनइतर खेमाको नेतृत्व गरिरहेका कोइरालासँग एमालेका नेता लालबाबु पण्डितले प्रतिस्पर्धा गर्दैछन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीको समेत समर्थन प्राप्त गरेका एमाले उम्मेदवार पण्डितले कोइरालालाई पराजित गरेका थिए । वामपन्थी गठबन्धनका उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत पाउँदा कोइरालाले ३३ हजार २ सय ६६ मत पाएका थिए । 

६ सय ७५ मतको झिनो अन्तरले पराजित भएका शेखर विगतको हारको बदला लिने रणनीतिमा छन् । 

विराटनगर महानगरपालिकामा जितेका कारण कोइराला यसपटक चुनाव जित्नेमा विश्वस्त छन् । 

कांग्रेस आफैंमा बलियो रहेकोमा माओवादी र एसको समेत समर्थनले चुनाव जित्नेमा उनी ढुक्क देखिएका हुन् ।

गत स्थानीय तह निर्वाचनमा वडातहमा पाएको मतका आधारमा कांग्रेसको बहुमत छ । तेस्रो स्थानमा रहेको माओवादी र नेकपा एसको समेत समेत भोट पाउँदा कोइराला सहज अवस्थामा छन् । 

नेपाली कांग्रेसले २७ हजार ८६ मत प्राप्त गर्दा एमालेले २४ हजार ५५६ मत प्राप्त गरेको थियो । माओवादीले ४ हजार ९९६ मत प्राप्त गर्दा जसपाले ३ हजार ९३९ र नेकपा एसले २ हजार ३५५ मत पाएका छन् । 

उपेद्र यादव, सीके राउत र जयप्रकाश ठाकुर (सप्तरी– २)

उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेका जसपा अध्यक्ष उपेन्द्र यादव लडेको निर्वाचन क्षेत्र सप्तरी– २ मधेश प्रदेशकै हट निर्वाचन क्षेत्र मध्येको एक हो । 

पृथकतावादी राजनीति त्यागेर मूलधारको राजनीतिमा आएका डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर पनि यही क्षेत्रमा उम्मेदवार छन् । 

उपेन्द्र, सीके र जेपीबीच यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिएको छ । सत्ता गठबन्धनका तर्फबाट लोसपाका ठाकुर साझा उम्मेदवार छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीका उमेशकुमार यादवलाई पराजित गरेर उपेन्द्र विजयी भएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मतले गर्दा उपेन्द्र यादवलाई अप्ठ्यारो पर्ने विश्लेषण भइरहेको छ । 

स्थानीय तहको वडाहतको मतका आधारमा जसपा अगाडि छ । तर दोस्रो, तेस्रो र चौथो दल एक ठाउँमा उभिँदा उपेन्द्रलाई अप्ठ्यारो पर्ने विश्लेषण भइरहेको छ । 

स्थानीय तह निर्वाचनमा सप्तरी– २ मा जसपाले १४ हजार ४०३, नेपाली कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५ र माओवादीले ९ हजार ५३४ मत पाएका थिए । साथै, नेकपा एमालेले ५ हजार ९५१, जनमत पार्टीले ४ हजार ५४२, नेकपा एसले २ हजार ४०८ मत प्राप्त गरेका छन् । 

स्थानीय तह निर्वाचनको मत एउटा आधार भएपनि प्रतिनिधिसभामा उम्मेदवारको प्रभाव महत्त्वपूर्ण फ्याक्टर हुने गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपनि अध्यक्ष सीके राउतले उपेन्द्रले जितेको क्षेत्र नै रोजेका छन् । सीकेको जन्मथलो पनि यही क्षेत्रमा पर्छ । उपेन्द्रले निर्वाचन क्षेत्र फेरिराख्ने भएपनि आफू जन्मथलो नछाड्ने सीकेले बताएका छन् ।

कांग्रेस र माओवादीको समर्थन रहेका कारण लोसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार जेपी ठाकुरको पल्लाभारी हुने एकथरीको विश्लेषण छ । 

२०६४ सालको संविधानसभादेखि लगातार चुनाव जित्दै आएका उपेन्द्रको अग्निपरीक्षाका कारण सप्तरी– २ चर्चाको शिखरमा छ । यादव जसपाको संगठन, एमालेको समर्थन र आफ्नो व्यक्तिगत प्रभावका मत समेतका कारण चुनाव जित्नेमा ढुक्कजस्तै छन् । 

महन्थ र हरिनारायण (महोत्तरी– ३)

कार्यकाल सकिएको प्रतिनिधिसभाको ज्येष्ठ सदस्य रहेका महन्थ ठाकुर यसपटक चुनाव लड्ने/नलड्ने अन्यौल थियो । क्षेत्रीय राजनीतिको साख समाप्त भएर लोसपाको राजनीतिक यात्रा ओरालो लागेको अवस्थामा महन्थ चुनाव लड्दैनन् भन्ने अनुमान गरिएको थियो । 

छोरी मीनाक्षी ठाकुरको नाम समानुपातिकको पहिलो नम्बरमा राखिएका कारण महन्थले चुनाव लड्दैनन् भन्ने विश्लेषण भएको थियो । 

उपेन्द्रको बहिर्गमनसँगै लोसपाले सत्ता गठबन्धनको समर्थन प्राप्त गरेपछि महन्थ चुनाव लड्न राजी भए । 

सत्ता गठबन्धनसँगको तालमेलमा महन्थ महोत्तरी– ३ बाट सझा उम्मेदवार बने । महन्थलाई टिकट दिएर आफूमाथि अन्याय गरिएको भन्दै नेकपा माओवादी केन्द्रका रामकुमार शर्माले पार्टी त्याग्नेसम्मको घोषणा गरे । 

महन्थको पार्टी तमलोपाबाटै चुनाव जितेका शर्माले महन्थलाई ‘प्रमाणित विदेशी दलाल’ भन्दै आरोपित गरे । 

प्रतिनिधिसभा विघटनको निर्णयमा एमाले अध्यक्ष केपी ओलीलाई साथ दिएका महन्थ एमालेसँग चुनावी तालमेल गर्ने प्रयास गरेपनि अन्तिममा सत्ता गठबन्धनको शरणमा पुगे । सत्ता गठबन्धनको साथ लोसपाका लागि अभयदान जस्तै भएको विश्लेषण मधेशमा भइरहेको छ । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार विजयकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै महन्थ विजयी भएका थिए । 

स्थानीय तह निर्वाचनको मत विश्लेषणको आधारमा महोत्तरी– ३ मा लोसपाभन्दा जसपा अगाडि छ । 

जसपाले १४ हजार ३५७ मत पाउँदा लोसपाले १२ हजार ७३५ मत पाएको थियो । नेकपा एमालेले १० हजार ८२० मत पाउँदा कांग्रेसले ९ हजार ४३, माओवादीले ५ हजार १९५ र एसले २ हजार ५७० मत पाएका थिए । 

महेन्द्र यादव–राजेन्द्र महतो–राजनारायण साह (सर्लाही– २)

सत्ता राजनीतिका चतुर खेलाडी राजेन्द्र महतोका कारण सर्लाही क्षेत्र नम्बर २ फेरि चर्चामा छ । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही छाडेर धनुषा पुगेका महतो यसपटक फेरि गृहजिल्ला फर्केका छन् । २०७४ सालमा तत्कालीन राजपाबाटै चुनाव जितेका महिन्द्र राय यादवसँग प्रतिस्पर्धा गर्न महतो सर्लाही फर्केका हुन् । 

अघिल्लो निर्वाचनमा कांग्रेसका प्रभावशाली उम्मेदवार एवं तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिलाई पराजित गरेर महतो चर्चामा आएका थिए । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा माओवादीको हँसिया हतौडा चिह्नबाट महिन्द्र राय यादव साझा उम्मेदवार छन् ।

डा. बाबुराम भट्टराईको पार्टीले पाएका २ सीटमध्ये सर्लाही २ मा यादव उम्मेदवार छन् । पार्टी सत्ता गठबन्धनमा रहे पनि महतोको क्षेत्रमा मित्रवत प्रतिस्पर्धाको सहमति छ । गठबन्धनले महिन्द्रलाई आधिकारिक उम्मेदवार मानेको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार जंगीलाल रायलाई पराजित गर्दै महिन्द्र रायले चुनाव जितेका थिए । महिन्द्रले २९ हजार १ सय ९१ मत पाउदा जंगीलालले १८ हजार ९ सय ७६ मत पाएका थिए । स्थानीय तह निर्वाचनको वडा तहको मतका आधारमा सर्लाही– २ मा कांग्रेसको बढी मत छ ।

कांग्रेसले २४ हजार ६२० मत पाउँदा जसपाले १९ हजार ६४२ र लोसपाले १२ हजार ३६६ मत पाएको थियो । माओवादीले ७ हजार ७३७ र एमालेले ७ हजार ६७९, जनमत पार्टीले ३ हजार ४२ तथा नेपपा एसले २ हजार २२१ मत पाएका थिए । सत्ता गठबन्धनमै रहेका दुई उम्मेदवार र एमाले उम्मेदवारबीचको त्रिपक्षीय भिडन्तका कारण सर्लाही– २ को राजनीतिक माहोल तातेको छ ।

माधव नेपाल र अजयकुमार गुप्ता (रौतहट– १)

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा निर्णायक मानिएका माधव नेपाललाई भावी प्रधामनन्त्रीको एकजना दाबेदारको रूपमा हेर्ने गरिएको छ । 

सत्ता गठबन्धनले हालै देशका विभिन्न ठाउँमा गरेको सभाका क्रममा देउवाले ‘अहिले पो म प्रधामनन्त्री छु, भोलि प्रचण्ड र माधवजी पनि हुनुहुन्छ’ भनेर अभिव्यक्ति दिएका थिए । मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले बहुमत ल्याएर यही गठबन्धन कायम रहेको अवस्थामा कुनै कालखण्डमा सरकारको नेतृत्वमा माधव नेपालको दाबी पनि रहने विश्लेषण गरिएको छ ।

यसअघि चुनाव जितेको काठमाडौं– २ छाडेर रौतहट– १ मा ओर्लिएका माधव नेपालसँग मुख्य प्रतिस्पर्धा विगतमा उनकै कार्यकर्ता रहेका अजयकुमार गुप्तासँग हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनले पाएको मतले माधव नेपाललाई सहज देखाउँछ । तर मधेशको भोट ‘स्वीङ’ हुने भएकेले यसै भन्ने अवस्था भने छैन । 

स्थानीय तह निर्वाचनमा दुईवटा पालिका जितेको एसले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २४१ र माओवादी ८ हजार १९१ मत पाएका छन् । माधव नेपालको प्रतिस्पर्धी एमालेको ७ हजार ३८५ मत छ । 

काठमाडौं– १ को बहुपक्षीय प्रतिस्पर्धा

नेपालमा वैकल्पिक राजनीतिको वकालत गरेर पार नलागेपछि सांसद बन्ने धोको पूरा गर्न पूर्वपञ्चको पार्टी राप्रपाको शरणमा पुगेका रवीन्द्र मिश्रका कारण काठमाडौं– १ चर्चामा छ । प्रकाशमान सिंहले चुनाव जित्दै आएको काठमाडौं– १ लाई चर्चामा ल्याउने काम नेपाल प्रहरीको उच्च तहमा पुगेका रमेश खरेल र स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेर अन्तिममा रवि लामिछानेको पार्टीबाट चुनाव लडेका पुकार बमले पनि गरेका छन् । 

नेकपा एमालेको तर्फबाट युवा संघका अध्यक्ष किरण पौडेल समेत यसै क्षेत्रबाट उम्मेदवार छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रलाई पराजित गरेर प्रकाशमान सांसद बनेका थिए । 

प्रकाशमानसँग ८ सय भोटले पराजित भएका मिश्रले यसपटक ८ हजार मतले जित्ने दाबी गरेका छन्, जबकि जित्ने उम्मेदवारले ल्याउने भोट नै १० हजारको हाराहारीमा हुन्छ । यस हिसाबले मिश्रको दाबी हावादारी देखिन्छ । विगतमा प्रकाशमानले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यो बेला विवेकशील साझाको अध्यक्ष रहेका मिश्र अहिले राप्रपाको वरिष्ठ उपाध्यक्ष छन् । 

त्यतिबेला उनको प्रचारमा हिँडेकाहरू वैकल्पिक राजनीतिलाई तिलाञ्जली दिएको भन्दै अहिले विरोधमा छन् ।

स्थानीय तह निर्वाचनमा वडा तहको मतमा कांग्रेस एमालेभन्दा थोरै मतले अगाडि छ । वडातहमा कांग्रेसले ९ हजार ८९५ मत पाउँदा एमालेले ९ हजार ५४१ मत पाएको थियो ।  राप्रपाले १ हजार ३७६ र माओवादीले १ हजार १५९ मत पाएका थिए ।

प्रधानमन्त्रीका लागि आफू योग्य रहेको दाबी गर्ने प्रकाशमान अन्य उम्मेदवारबीच मत बाँडिदा आफूले चुनाव जित्ने विश्लेषणमा छन् । 

गगन थापा र राजन भट्टराई (काठमाडौं– ४)

कांग्रेसभित्र भावी प्रधानमन्त्रीका एकजना सशक्त दाबेदार महामन्त्री गगन थापाका कारण काठमाडौं– ४ यसपटक पनि चर्चाको शिखरमा छ । 

चीर प्रतिद्वन्दी उम्मेदवार एमालेका राजन भट्टराईसँग देस्रोपटक गगनको प्रतिस्पर्धा हुँदैछ ।

विद्यार्थी राजनीति गरेकै समयमा गणतन्त्रको नारा लगाएर चम्केका गगनले काठमाडौं– ४ बाट यसअघि लगातार दुईवटा चुनाव जितिसकेका छन् । 

२०७७ सालमा केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा सडकमा गएर विरोध गर्ने गगन कांग्रेसको पहिलो नेता थिए । प्रधानमन्त्री बन्न खोजेका गगनलाई रोक्न पार्टीभित्रबाटै अन्तर्घात र षड्यन्त्र हुने सम्भावना बाँकी छ । चर्चा कमाउनका लागि पनि गगन थापाको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको कमी छैन ।

यति हुँदाहुँदै पनि गगन थापा चुनाव जित्नेमा ढुक्क छन् । विगतमा वामपन्थी गठबन्धन रहेको प्रतिकूल समयमा  समेत सहज जीत हासिल गरेका गगनले यसपटक पनि अप्ठ्यारो महसूस गरेका छैनन् । 

स्वतन्त्र उम्मेदवारी घोषण गरेका केहीले गगनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन् ।

चुनाव जितेपछि निरन्तर मतदातासँग सम्पर्कमा रहेका गगनले कोभिडको कालखण्डमा मतदाताको घर–घर पुगेर सहानुभूति बटुलेका छन् ।

मूलधारको राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेतृत्वमा स्थापित हुन लागेकोमा केही स्वतन्त्र मतदाताको समेत उनलाई समर्थन छ । खगेन्द्र संग्रौलाजस्ता वामपन्थी कित्ताका बुद्धिजीवी पनि अन्तिम समयमा गगन थापालाई जिताउन हिँड्ने गरेका थिए । 

२०७४ सालको चुनावमा गगन २१ हजार ५ सय ५८ मत पाएर विजयी भएका थिए । प्रतिद्वन्द्वी वामपन्थी उम्मेदवार राजन भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए । स्थानीय तह निर्वाचनमा वडा तहमा यो क्षेत्रबाट नेकपा एमालेले धेरै मत पाएको छ । 

गठबन्धनको कुल मत जोड्दा एमालेको भन्दा थोरै मात्र बढी छ । स्थानीय चुनावमा एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, नेकपा एसले २ हजार ४१४, राप्रपाले २ हजार २९३ र माओवादीले ८ सय ४४ मत पाएका थिए । उम्मेदवारको व्यक्तिगत योग्यता, हैसियत र प्रभावले मतमा तल माथि हुन सक्छ ।   

ईश्वर पोखरेल, प्रदीप पौडेल र रञ्जु दर्शना (काठमाडौं– ५)

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले चुनाव जितेको काठमाडौं ५ स्वतन्त्र उम्मेदवारका कारण चर्चामा छ । चुनावको मिति घोषणा हुनुअगावै यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनेको होड चलेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु दर्शनादेखि हास्यकलाकार मधुसुदन पाठक (सीते बा)सम्मले काठमाडौं– ५ बाट उम्मेदवारी दिएका छन् ।

काठमाडौं– ५ कै स्थानीय इञ्जिनीयर सुशान्त श्रेष्ठदेखि युट्युबरहरूले चर्चामा ल्याएका  हेमराज थापासम्म स्वतन्त्र उम्मेदवार छन् । 

श्रीराम गुरुङ, विनिता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, विजक कंडेल, कृष्णलाल श्रेष्ठ, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, शैलेन्द्र बस्नेत, रमेश केसी लगायत १२ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । 

स्वतन्त्र उम्मेदवारको बाढी लागेको भएपनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेलबीच हुँदैछ । २०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार प्रकाशशरण महतलाई १० हजारको फराकिलो मतान्तरले पराजित गर्दै ईश्वर पोखरेल विजयी भएका थिए ।

माओवादीको समेत समर्थन रहेको तत्कालीन वामपन्थी गठबन्धनका उम्मेदवार पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा कांग्रेसका महतले १३ हजार ६९ मत प्राप्त गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा तहको मतका आधारमा एमाले सत्ता गठबन्धनभन्दा अगाडि छ । तर विगतमा जस्तो १० हजारको मतान्तर छैन । 

स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाउँदा कांग्रेसले १४ हजार ८५३, नेकपा एसले १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रले १ हजार १ सय ६८ मत पाएका थिए । 

गठबन्धनका सहयात्री दल माओवादी र नेकपा एसको उपस्थिति कमजोर छ । त्यसो त अधिकांश वडामा आफ्ना उम्मेदवार नरहेकाले स्थानीय तहको मतलाई आधार मान्न नमिल्ने ती दलको दाबी छ ।

स्थानीय चुनावको मत एउटा आधार भए पनि प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ र उम्मेदवार फरक पर्ने भएकाले चुनावको नतिजा कसको पक्षमा जाला भनेर अनुमान गर्न कठिन छ ।

प्रचण्ड र अब्दुस मियाको प्रतिस्पर्धा (गोरखा– २)

मंसिर ४ पछिको प्रधानमन्त्रीका एक सशक्त दाबेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै चितवनको चुनावी माहोल गोरखा सरेको छ । 

चितवनमा चुनाव हराउने षड्यन्त्रको सुइँको पाएपछि प्रचण्ड सुरक्षित स्थान खोज्दै अन्तिममा गोरखा– २ पुगे । डा. बाबुराम भट्टराईले चुनाव जितेको क्षेत्रमा प्रचण्डको प्रतिस्पर्धा नेकपा एमालेका नवप्रवेशी अब्दुस मियाँसँग हुँदैछ । 

काठमाडौं– ५ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चर्चामा आएका मियाले केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेको महिना दिन नपुग्दै प्रतिनिधिसभाको टिकट पाए । राप्रपाका सुशील पन्त र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी प्रचण्डसँग चुनावी मैदानमा छन् । 

आइतवार मात्र बाबुरामले प्रचण्डलाई भावी प्रधानमन्त्री र प्रचण्डको प्यानलबाट प्रदेश सभामा चुनाव लडेका सुरेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा घोषणा गरे । 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसको समर्थनमा भट्टराई गोरखा– २ बाट निर्वाचित भएका थिए । बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोरखा– २ मा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । 

एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । 

गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार हुन्छ । स्थानीय तह चुनावको मतलाई आधार मान्दा पनि प्रचण्ड सुरक्षित देखिन्छन् । 

कृष्णभक्त, उमेश र रविको त्रिपक्षीय प्रतिस्पर्धा (चितवन– २)

सेनापतिसँगै लड्ने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न चितवन झरेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका कारण चितवन २ चर्चाको केन्द्रमा छ । 

प्रचण्ड चितवन– ३ बाट गोरखा सरेसँगै रविले पनि हठात चितवन– २ बाट उम्मेदवारी दर्ता गराए । लामो समय अमेरिका बसेर फर्केका रविले टेलिभिजन कार्यक्रममार्फत पछिल्लो समय चर्चा बटुलेका थिए ।  

टेलिभिजन कार्यक्रममा कमाएको चर्चा र सामाजिक सञ्जालको प्रतिक्रियाबाट उत्साहित रविले राजनीतिमा हाम फालेर देश चलाउने महत्त्वाकांक्षा लिएका छन् । 

गाउँ टोलसम्म संगठन भएका स्थापित दललाई पछारेर प्रधानमन्त्री बन्ने रविको महत्त्वाकांक्षा यो चुनावमा परीक्षण हुँदैछ ।

स्थापित दल र पुराना नेताप्रति आक्रोश व्यक्त गर्ने समूहलाई समेटेर उनले देशका अधिकांश ठाउँमा उम्मेदवारी दिएका छन् । रविले कुनै साइनो नरहेको चितवन– २ किन रोजे भन्ने कुराको चित्तबुझ्दो जवाफ मतदाताले अझै पाएका छैनन् ।

जे होस्, उनको उम्मेदवारीका कारण पनि चितवन– २ को चुनावी माहोल तातेको छ । 

रविसँगै कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बनेका कारण पनि यो क्षेत्र चर्चामा छ । नेकपा एमालेका कृष्णभक्त पोखरेलले चुनाव जित्दै आएको क्षेत्रमा आएका दुई उम्मेदवारलाई एमालेले ‘टुरिस्ट’को संज्ञा दिएको छ । 

जिल्लामा बसेर वकालत र राजनीतिलाई संगै अगाडि बढाएका पोखरेल स्थानीयमाझ लोकप्रिय छन् । उनीसँग रवि र उमेशको प्रतिस्पर्धाले चितवनको चुनावी रौनक तताएको छ । 

गत स्थानीय चुनावको वडातहको मतका आधारमा चितवन– २ मा एमाले अगाडि छ । 

एमालेले ३५ हजार ५४३ मत पाउँदा कांग्रेसले २४ हजार ५३१, माओवादीले ७ हजार ३७४ तथा नेकपा एसले ३ हजार ५६९ मत पाएका थिए । 

धनराज र पद्मा अर्यालको प्रतिस्पर्धा (स्याङ्जा– २)

नेपाली कांग्रेस र नेकपा एमालेका केन्द्रीय तहका पदाधिकारी भिड्न लागेको स्याङजा– २ मा यसपटक चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । 

स्याङ्जा– २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट सचिव पद्मा अर्याल चुनावी मैदानमा उत्रिएकी छन् ।

विगतमा स्याङ्जालाई नेपाली कांग्रेसको गढ मान्ने गरिएको थियो । गोपालमान श्रेष्ठले एकछत्र रजाईं गरेको स्याङ्जामा २०७४ सालको चुनावमा पद्माले लालझण्डा गाडेकी थिइन् । वामपन्थी तालमेलका कारण २०७४ सालको प्रतिनिधिसभामा स्याङ्जाका दुवै क्षेत्रमा नेकपा एमाले विजयी भएको थियो । 

पद्माले ३५ हजार १ सय ४२ मत प्राप्त गर्दा गोपालमानले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए । ३ हजार ७ सय ६ मतान्तरले पद्मा विजयी भएकी थिइन् । 

२०७९ सालसम्म आइपुग्दा ५ वर्षअघिको समीकरणमा फेरबदल भएको छ । नेकपा एमाले विभाजनको असर धेरै नदेखिएपनि स्थानीय तहको मतपरिणामअनुसार स्याङ्जामा एमाले दोस्रो पोजिसनमा पुगेको छ । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडातहको मतमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ । गठबन्धनका अन्य दलको हैसिय तभने मजबुत छैन । माओवादी कमजोर रहेको स्याङ्जा– २ मा स्थानीय तह निर्वाचनमा उसले १ हजार २४३ मत मात्र पाएको थियो भने नेकपा एसको नगन्य अर्थात् २ सय ३३ मत थियो ।

पद्मा आफ्नो जीत दोहोर्‍याउने दाउमा छिन् भने धनराजले नयाँ इतिहास रच्ने लक्ष्य लिएका छन् ।

देव गुरुङ र पीएस गुरुङ (लमजुङ)

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वी सुब्बा (पीएस) गुरुङबीचको प्रतिस्पर्धाले लमजुङको चुनावी माहोलमा रौनक थपेको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा देव गुरुङको प्यानलबाट प्रदेश सभामा पीएसले चुनाव जितेका थिए । पीएस गण्डकी प्रदेशको मुख्यमन्त्री पनि बने । पहिलो संविधानसभाको समयमा ‘पहिचान’को आधारमा प्रदेशको सीमांकन र नामांकन राख्नुपर्छ भन्नेमा नेताद्वयको सहकार्य थियो । 

अघिल्लो चुनावमा सहकार्य गरेका गुरुङद्वयबीच अहिले प्रतिस्पर्धा छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गर्दै देव गुरुङ विजयी भएका थिए । गुरुङले ३९ हजार ४ सय ६८ मत पाउँदा कांग्रेसका घर्तीले ३१ हजार ६७ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको वडातहको मतका आधारमा एमाले अगाडि छ । 

एमालेले ४० हजार १९७ मत पाउँदा कांग्रेसले ३५ हजार २७६ र माओवादी केन्द्रले ६ हजार १२७ मत पाएका थिए । माओवादी महासचिव र एमाले उपमहासचिवको प्रतिस्पर्धाले लमजुङको राजनीतिलाई तरंगित बनाइदिएको छ । 

विष्णु पौडेल र केशवबहादुर थापा (रुपन्देही– २)

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनाव जित्दै आएको रुपन्देही– २ यसपटक फेरि चर्चाको शिखरमा छ । रुपन्देहीबाट सधैँ चुनाव जित्दै आएका पौडेलको क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारविहीन बनेको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएको थियो । मैदान खाली भएपछि गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।  

पश्चिम नेपालको उदीयमान शहरको रूपमा परिचित बुटवल र आसपासको क्षेत्रको विकासमा पौडेलको नाम जेडिन्छ । पौडेलविरुद्ध गठबन्धन दलले घेराबन्दी गर्दा पनि सांसद रहँदा गरेको विकासका कारण उनी आफ्नो पक्षमा माहोल सिर्जना गर्न सफल भएका छन् ।

विगतमा नेकपाको महासचिव बनेर खेलेको समन्वयकारी भूमिकाका कारण उनले माओवादीको समेत भोट आकर्षण गर्ने देखिन्छ । गठबन्धनका आधिकारिक उम्मेदवारको मनोनयन खारेजीसँगै प्रतिस्पर्धी कमजोर भएका कारण पौडेललाई चुनाव जित्न सहज भएको छ । 

आफ्नै उम्मेदवार मैदानमा नभएपछि पैँचोमा पाएका उम्मेदवारको पक्षका गठबन्धनका कार्यकर्ता खुल्न बाँकी छ ।

चुनावको मिति नजिकिँदै गर्दा पौडेलले एमाले छाडेर गएकालाई धमाधम भित्र्याएका छन् । नेकपा एसका चर्चित व्यक्तित्व डा. बालकृष्ण चापागाईंलगायत अधिकाशंलाई पार्टीमा फिर्ता गरेका छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पौडेल दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका थिए । 

पौडेलले ४४ हजार ९ मत पाउँदा कांग्रेस उम्मेवार युवराज गिरीले २१ हजार ९ सय ४६ मत पाएका थिए ।

रुपन्देहीमा गरेको विकास र मतदातासँगको निरन्तर सम्पर्कका कारण पौडेलले माहोल सिर्जना गरेका छन् । 

 बालकृष्ण खाण र दीपक बोहरा (रुपन्देही– ३)

नेकपा एमालेले घनश्याम भुसालको टिकट खोसेर राप्रपाका दीपक बोहोरालाई समर्थन गरेका कारण रुपन्देही– ३ चर्चामा छ । एमालेले टिकट नदिएपछि अहिले स्वतन्त्रबाट रुपन्देही– १ मा उम्मेदवार बनेका भुसालले आफूलाई टिकटबाट वञ्चित गर्नकै लागि बोहोरालाई समर्थन गरिएको आरोप लगाउँदै आएका छन् ।

एमालेले राप्रपाका लागि छाडेका– ३ सीट मध्ये रुपन्देही ३ पनि एक हो, जहाँ गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण उम्मेदवार छन् । 

देशको शान्ति सुरक्षाको जिम्मा पाएको कमाण्डरसँग पूर्वपञ्चको पार्टीका नेताको चुनावी प्रतिस्पर्धाका कारण रुपन्देही– ३ चर्चामा छ । २०७४ सालको प्रतिनिधिसभा चुनावमा दीपक बोहोराका लागि बालकृष्णले सीट छाडेका थिए । अहिले एमालेको समर्थनमा मैदानमा छन् ।

कांग्रेसको समर्थन प्राप्त गरेका बोहोरालाई पराजित गरेर तत्कालीन एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका थिए । भुसाल ३२ हजार ८ सय ६६ मत पाएर विजयी हुँदा राप्रपाका बोहराले २७ हजार ४ सय २२ मत पाएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा बोहोरा राप्रपाबाट विजयी भएका थिए ।

गत स्थानीय तहको वडागत मतका आधारमा कांग्रेस अग्रस्थानमा छ भने दोस्रोमा एमाले र तेस्रोमा राप्रपा छन् । एमालेको मत हलोको पक्षमा रुपान्तरण भयो भने रुपन्देही– ३ मा तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । 

स्थानीय तह निर्वाचनको वडा तहमा नेपाली कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८ र राप्रपाले १३ हजार ३९७ मत प्राप्त गरेका थिए ।

यस्तै जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत प्राप्त गरेका थिए । पञ्चायतदेखि नै सत्ता राजनीतिका माहिर खेलाडी बोहरा र गृहमन्त्री खाणबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

शंकर पोखरेल र रेखा शर्मा (दाङ– २)

लुम्बिनी प्रदेशको अर्को चर्चित निर्वाचन क्षेत्र दाङ– २ पनि हो । त्यहाँ नेकपा एमालेका महासचिव शंकर पोखरेल र माओवादीकी नेत्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ । 

२०७४ सालको चुनावमा दाङ– २ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । महरा प्रतिनिधिसभामा विजयी हुँदा उनकै प्यानलबाट शंकर पोखरेल प्रदेश सभामा विजयी भएका थिए । 

चुनाव जितेपछि पोखरेल लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकालको मुख्यमन्त्री बनेका थिए । नेकपा विभाजनसँगै पोखरेल नेतृत्वको सरकार ढल्यो । 

चितवनमा सम्पन्न महाधिवेशनमा केपी ओलीले अन्य नेतालाई पाखा लगाएर पोखरेललाई महासचिव बनाए । 

नेपाली कांग्रेस र माओवादीको राम्रो जनमत भएको दाङ– २ बाट चुनाव जित्नु पोखरेलका लागि चुनौती छ । पार्टीको महासचिवलाई चुनाव जिताउनु एमालेका लागि प्रतिष्ठाको विषय पनि बनेको छ । 

अघिल्लोपटक एमालेको समेत समर्थन प्राप्त गरेका माओवादी उम्मेदवार कृष्णबहादुर महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत पाएका थिए ।

महरासँग चुनाव हारेका खनाल यसपटक माओवादी उम्मेदवार शर्माको प्यानलबाट प्रदेशसभामा उम्मेदवार छन् । 

स्थानीय तहमा वडातहमा पाएको मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल हो । एमालेले ३३ हजार ५९३ पाउँदा कांग्रेसले २३ हजार ३०१ र माओवादी केन्द्रले १० हजार ४७८ मत पाएका  थिए । गठबन्धनको अर्को दल नेकपा एसले २ हजार ९४२ मत पाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा (डडेल्धुरा)

ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा यसपटक पनि चर्चाको शिखरमा छ । २०४८ सालदेखि अविजित रहेका देउवालाई चुनौती स्वतन्त्र युवा उम्मेदवार सागर ढकालदेखि विगतमा देउवाकै कार्यकर्ता रहेका कर्ण मल्लसम्म चुनावी मैदानमा छन् ।

२०७४ सालमा वामपन्थी गठबन्धन बनाएर घेराबन्दी हुँदा समेत चुनाव जितेका देउवा माओवादीको साथ पाएका कारण चुनाव जित्नेमा ढुक्क छन् । 

२०७४ सालको चुनावमा देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा माओवादीका खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए । 

यसपटक कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास छ । 

स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेस पहिलो र माओवादी दोस्रो दल बनेका छन् । कांग्रेसले २१ हजार ७ सय ३५ र माओवादीले १२ हजार ८ सय ७८ मत पाउँदा एमालेले १० हजार ४ सय ४९ मत पाएको छ । नेकपा एसले समेत ५ हजार ४१ मत पाएको छ ।

प्रतिस्पर्धी भन्दा देउवा झण्डै ४ गुणाले अगाडि छन् । गठबन्धनको कुल भोट ३९ हजार ८ सय १० छ भने एमालेको १० हजार ४ सय मात्र छ । 

राप्रपाको ७ सय १४ भोटसमेत गर्दा विपक्षी गठबन्धनको ११ हजार १ सय ६३ को हाराहारीमा मात्र मत पुग्छ ।

गठबन्धनको मतको आधारमा चुनाव जित्ने देउवाको विश्वास छ । देउवाविरुद्ध उम्मेदवारी नदिएको एमालेले कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...

माघ १५, २०८०

गत वर्ष झण्डै एक करोड रुपैयाँमा ठेक्का लागेको पोखरा महानगरपालिका वडा नम्बर– ३३ स्थित चमेरे घाटमा यसपटक विनाठेक्का अवैध उत्खनन् भइरहेको छ ।  पारिपट्टि वडा नम्बर २७ मा पर्ने मोरेखरे घाटमा ढुंगाबाल...

बैशाख २६, २०८१

‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई...

मंसिर २, २०८०

कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...

कात्तिक ६, २०८०

नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् ।  कांग्रेसका संस्थापन बीपी कोइराला मा...

असोज २९, २०८०

पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x