माघ ७, २०७९
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...
विराटनगरलाई औद्योगिक शहरका रूपमा चिनिन्छ । औद्योगिक शहरमा पछिल्लो समय १ युवा अर्ग्यानिक खानामा जोड दिइरहेका छन् ।
२२ वर्षीय अबिशेक गौतमले घरका भान्सा अर्ग्यानिक बनाउने प्रयास शुरू गरेका छन् ।
तरकारी तथा खाद्यान्नमा अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन भइरहेका बेला उनले किसानले घरायसी मलको मात्रै उत्पादन गरेका खानेकुरा विराटनगर ल्याउने गरेका छन् । उनले १ नम्बर प्रदेशका किसानले उत्पादन गरेकादेखि अन्य प्रदेशका किसानले उत्पादन गरेका दाल, चामल, फलफूल समेत बेच्ने गरेका छन् ।
अर्ग्यानिक घर नाम दिएर उनले पसल शुरू गरेका हुन् । बारीमै गएर अर्ग्यानिक उत्पादन गरेको हो/होइन भन्ने बुझेर मात्रै खरिद गर्ने गरिएको उनले बताए ।
विराटनगर औद्योगिक मात्रै होइन, भारतीय बजार जोगमनिसँग सीमा जोडिएको बजार हो । विराटनगरका भान्सा जोगमनिकै बजारले धानेको छ । त्यहाँ लत्ता–कपडादेखि घरायसी सामग्री किन्न जानेको लर्काे लाग्ने गर्छ । विराटनगरमा भन्दा त्यहाँ लत्ताकपडा तथा खाद्यान्न समेत सस्तो पर्ने भएपछि नेपालीहरू भारतीय बजार जाने गर्छन् । भारतीय बजारले असर गरेको विराटनगरमा अर्ग्यानिक खाना खुवाउन प्रयासमा रहेका गौतमले उच्च हिमालीदेखि समथर तराईका खानेकुरा किचनमा पुर्याउने प्रयास गरिरहेका छन् ।
अर्ग्यानिक वस्तुको महत्त्व उपभोक्ताले नबुझेको अवस्थाले गर्दा सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त फलफूल तथा खानेकुरामा बल गर्ने गरेको उनले बताए ।
पछिल्लो समय अर्ग्यानिक खाद्य स्टोर, अर्ग्यानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिपोर्ट र रेस्टुरेन्टहरू धेरै खुलेका छन् । ‘विषादीयुक्त खानेकुराका कारण विभिन्न खालका रोगहरू देखा पर्न थालेपछि अर्ग्यानिक खानेकुराको माग बढ्न थालेको छ,’ उनले भने । रासायनिक खेती गर्दा खानेलाई मात्र नभई किसानलाई समेत स्वास्थ्यमा फाइदा हुन्छ भन्ने बुझाउन समेत थालिएको उनले बताए ।
१ नम्बर प्रदेशका अर्थाेडक्स चिया, ग्रिन टी चिया, ब्ल्याक टी, किसानले नै उत्पादन गरेका अचार, मह, घ्यू एभोकाडो किभि उनको पसलमा पाइन्छ । घ्यूलाई ब्रान्डिङ गर्ने तयारी समेत गरेको उनले बताए ।
उच्च पहाडी क्षेत्रबाट लोकल (स्थानीय रैथाने) जातका गाईको घ्यू संकलन गरेर ल्याएर आफैंले खारेर तयारी पारेर बेच्ने गरेको अबिशेक बताउँछन् । चरन क्षेत्रमा जडीबुटी खाएका गाईको घ्यू ल्याउने गरेको उनले बताए । जडीबुटी खाएका गाईवस्तुको घ्यू खाँदा स्वाद मात्रै नभई विभिन्न रोगका लागि पनि औषधि बनोस् भनेर संखुवासभाको गुफा चौकी मंगलवारे लगायतका क्षेत्रबाट ल्याउने गरेको बताए ।
जुम्लाको मार्सी चामल, कागबेनीको चामल समेत बेच्ने गरेका छन् । कागबेनीको चामललाई नेपालकै पुरानो चामल भएको उनले बताए । लोप हुँदै गएका खाद्यान्नको संरक्षण गर्ने उद्देश्य समेत आफ्नो रहेको उनले बताए ।
जेठो बुढोको चामल, जुम्लाको फापरको पिठो, कोदोको पिठो, जहुँको पिठो समेत बेच्ने गरेको उनले बताए । रायो, तोरीको गुन्द्रुक समेत उनको पसलमा पाइन्छ ।
विराटनगरभन्दा बाहिर समेत उनीहरूले सामग्री पठाउने गरेका छन् । बुटवल–काठमाडौं लगायतका क्षेत्रमा समेत सामग्री पठाउने गरेको उनले बताए । उनले अनलाइनमार्फत पनि सामग्री पठाउने गरेका छन् ।
उनीबाट नेताहरूले समेत वस्तु किन्ने गरेका छन् । मन्त्रीहरू समेत यहाँ राम्रो खाने कुरा पाइने रहेछ भनेर किन्न आउने गरेको अबिशेक बताउँछन् । प्रेम आले पर्यटन मन्त्री भएका बेला विराटनगर आउँदा दाल, एभोकाडो किवि लगायतका खाद्यान्न किनेका उनले बताए ।
रासायनिक मल नहाली स्थानीय गाईभैंसीको भकारो र स्याउलाबाट बनेको प्रांगारिक मल प्रयोग गरिने र कीटनाशक औषधि पनि प्रयोग नगरी उत्पादन गरिएका सामग्री मात्रै ल्याएर अर्ग्यानिक किचनको विकास गर्न खोजिएको उनले बताए ।
उनको पसलमा बाजुरा, बझाङ, मुस्ताङ, मनाङ, म्याग्दी, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट लगायतका दुर्गमका जिल्लामा फलेका सिमी, गेडागुडी, मार्सी चामल, फापरको पीठो, कोदाको पीठो, गेडागुडी र फलफूलहरू पाइन्छन् ।
‘नेपाली भान्सा अर्ग्यानिकले धानिन्छ,’ उनले भने, ‘चिया, कफी, मह जस्ता वस्तुहरू विदेश पुर्याउँदा आयआर्जन पनि राम्रो गर्न सकिन्छ ।’ सरकारले प्रयोगशाला (ल्याब) स्थापना गरेर बाहिरबाट आयात हुने वस्तुमा कडाइ गरिदिने हो भने अर्ग्यानिक बजारले राम्रो स्थान पाउने समेत उनी बताउँछन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...
तपाईंहरूले ‘साबर छाला’को नाम पक्कै सुन्नुभएको होला । लोक सेवा आयोगका परीक्षाको तयारीका लागि त यो नछुटाउने प्रश्न हो । सामान्य ज्ञानका संग्रहहरूमा एउटा यस्तो प्रश्नोत्तर समावेश गरिएको पाइन्छ &ndas...
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...
नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...
ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...