×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

गिरिजाबाबुकै शैलीमा सुजाताको घरदैलो– जमिन्दारसँग भेट्ने, अरूसँग फोटो मात्र खिच्ने

कात्तिक २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले तीनपटक चुनाव जितेको निर्वाचन क्षेत्र हो मोरङ क्षेत्र नम्बर– २ ।

Sagarmatha Cement
Muktinath Bank

२०७४ अघि उक्त निर्वाचन क्षेत्रलाई मोरङ– १ भनेर चिनिन्थ्यो । सोही निर्वाचन क्षेत्रबाट कोइरालाले २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचन जितेर प्रधानमन्त्री भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले सोही निर्वाचन क्षेत्रमा छोरी सुजाता कोइरालालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । २०६४ को निर्वाचनमा सुनसरी–५ (अहिलेको–४) बाट उम्मेदवार बनेकी सुजाता पराजित बनिन् ।


Advertisment
Nabil box
Kumari

१५ वर्षपछि कोइराला चुनावी मैदानमा फर्किएकी छन् । यसअघिको चुनावमा कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका ऋषिकेश पोखरेलसँग कोइरालाको चुनावी प्रतिस्पर्धा हुँदैछ । एमालेका नेता ऋषि भने तेस्रो पटक चुनावी मैदानमा आएका छन् । एक पटक विजय र एक पटक पराजय भोगेका ऋषिले यस पटक भने पाँच दलीय गठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेको छ ।

Vianet communication
Laxmi Bank

जीत र हारको विगत हर्ने हो भने २०६४ यता एमाले र कांग्रेसले पालैपालो चुनाव जितेका छन् । अहिले मोरङ क्षेत्र नम्बर–१ (तत्कालीन क्षेत्र नम्बर–२) बाट २०६४ कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले चुनाव जितेका थिए । तर, २०७० मा एमालेका नेता ऋषिकेश पोख्रेलले बाजी मारे । त्यसबेला, ३५८ मतले उपाध्याय पराजित भएका थिए । 

२०७४ को निर्वाचनमा कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उक्त क्षेत्रमा कांग्रेसको साख फर्काए । एमालेका पोखरेल रिजालसँग पराजित भएका थिए । 

सुजाताको घरदैलो, गिरिजाकै शैली

केही दिन अघि सुजाता कोइराला चुनावी प्रचारको क्रममा सुनवर्षी–६ चैतीटोलमा घरदैलो कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । गाडीबाट ओर्लनसाथ उनले टोलमै रहेको मन्दिरको दर्शन गरिन् । 

त्यसपछि, उनले मन्दिर परिसरमा जम्मा पाएकाहरूसँग पालैपालो फोटो खिचाइन् । कोइराला पुग्नु अगाडि नै मन्दिरमा टोलका सबैजसोलाई भेला गराइएको थियो । साथमै रहेका प्रदेशसभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रका नेता गणेश उप्रेती (सुशील)ले पनि कोइरालासँगै फोटो खिचाए । घरदैलोमा जाँदा कोइरालाले पहिले फोटो खिचाएपछि मात्रै आफ्ना कुरा मतदातालाई सुनाउने गरेकी छन् । 

फोटो–सेसनपछि उनले त्यहाँ उपस्थित मतदातालाई २ वटा चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरिन । रूखमा भोट हाले आफूले जित्ने र हँसिया हथौडामा भोट हाल्दा उप्रेतीले जित्ने भएकाले दुवै चिन्हमा मत हाल्न उनले सुझाइन् । 

‘गणेशजी म भएर अब यो क्षेत्रको विकास गर्छाैं । दुवै जनाको एकता भएपछि यो क्षेत्रको विकास हुन्छ’, कोइरालाले भनिन् । त्यसपछि, उनी केही पर रहेको स्थानीय ७६ वर्षीय इनरलाल गनगाईको घर पुगेर चुनाव भोट हालेर सहयोग गर्न भनिन् । गनगाई त्यहाँका जमिन्दार मानिन्छन् । 

यत्ति गरे पछि कोइरालाको चुनावी प्रचार सकियो । अन्यत्र चुनावी सभामा जान ढिलो भएको भन्दै उनी गाडीमा बसिन् ।

सुजाताको पनि भोट माग्ने शैली बाबु गिरिजाप्रसाद कोइरालाकै जस्तो भएको स्थानीयले सुनाए ।  

‘गिरिजा बाबु पनि आएर जमिनदारलाई भेटेर भोट माग्नुहुन्थ्यो’, कांग्रेसका स्थानीय कार्यकर्ताले भने, ‘सुजाताले पनि त्यही गर्नुभयो ।’ 

त्यस टोलमा एमालेका उम्मेदवार भने अहिलेसम्म भोट भाग्न नआइपुगेको स्थानीयले बताए ।  

प्रदेश सभा सदस्य उम्मेदवार उप्रेतीले भोट माग्दा शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाकी छोरी भएको कारण सुजातालाई भोट दिनुपर्ने बताउँछन् । कोइरालालाई चाहिँ शान्ति सम्झौताको हस्ताक्षर गर्ने एउटा पक्ष माओवादी भएकोले उसलाई भोट दिनुपर्ने तर्क गर्छिन् ।

चुनाव जितेपछि धुलाम्मे बाटो पिच गर्ने, महिलाको लागि सीपमूलक तालिम, बालबालिकाका लागि पठनपाठनको व्यवस्थापन, गरिब तथा दलित बालबालिकालाई उच्चस्तरीय शिक्षाका लागि सहयोग गर्ने आश्वासन उनीहरूले बाँडेका छन् । 

गिरिजाप्रसादले ३ पटक चुनाव जितेको क्षेत्र भए पनि विकास र सुविधा नपाएको भन्दै स्थानीयले गुनासो गरेका छन् । 

मत ट्रान्सफर नहुने डर उत्तिकै 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रतुवामाई नगरपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेको थियो । तर, त्यो चुनावी सहकार्य सफल हुन सकेन । कांग्रेसले मेयर र माओवादीले उपमेयरको उम्मेदवार लिएर चुनावमा गएका थिए । कांग्रेसले मेयरमा जित्यो भने माओवादीले उपमेयर हार्‍यो । त्यसबेला, कांग्रेसले हँसिया हथौडामा भोट नहालेको आरोप माओवादीले लगाएको थियो । 

स्थानीय तहको जस्तै कांग्रेसले मत नहाल्ने हो कि भन्ने डर माओवादीलाई छ भने कांग्रेसलाई माओवादीले स्थानीय हतको पैँचो तिर्ने डर पनि उत्तिकै छ । 

सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै कांग्रेस–माओवादीले एक अर्कालाई भोट हाल्ने सुजाताको दावी छ । ‘हामी एक ढिक्का भएर हिँडेका छौं । पहिले देखिएका विवाद पनि ९० प्रतिशत मिलिसक्यो’, उनले भनिन्, ‘गिरिजाबाबुले यस क्षेत्रमा केही पूर्वाधार बनाउनुभएको छ । त्यसलाई पूरा गर्न हामी उम्मेदवार भएर आएका छौं ।’ 

यस्तो छ स्थानीय तहको नतिजा

मोरङ क्षेत्र नम्बर–१ मा १ लाख २४ हजार ७२९ मतदाता छन् ।  रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ सहित २९ वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतअनुसार सत्ता गठबन्धन ४ हजार ५ सय मतले अगाडि रहेको छ । एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार तीन सय ३० मत ल्याएका थिए भने कांग्रेसले २८ हजार ६ सय १७ र माओवादी केन्द्रले ७ हजार २ सय ७१ मत पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x