×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

गच्छदारसँग २ पटकसम्म झिनो मतले हारेकी भगवतीले यसपालि उल्ट्याउलिन् नतिजा ?

कात्तिक २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरी क्षेत्र नम्बर ३ को चुनावी माहोल दिन प्रतिदिन रोचक बन्दै गइरहेको छ । ६ पटक चुनाव जितेका विजयकुमार गच्छदार र दुईपटक चुनावमा पराजय भोगेकी भगवती चौधरी चुनावी दौडमा छन् । 

Muktinath Bank

उनीहरूको यो तेस्रो प्रतिस्पर्धा हो । लगातार ३१ वर्षसम्म चुनाव जिते पनि गच्छदारले केही नगरेको आरोप लगाउँदै भगवती आक्रामक चुनावी प्रचारमा छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘३१ वर्षसम्म यो क्षेत्रमा चुनाव जितेर गएकाहरूले केही नगरेकाले यो सुनसरी– ३ को विकास गर्नका लागि मतदाताले यसपटक मलाई चुन्नुहुन्छ,’ भगवतीले भन्ने गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

उनले चुनावी कोणसभामा गच्छदारको आलोचनामा आधा समय खर्चिने गरेकी छिन् । 

Vianet communication
Laxmi Bank

गच्छदारलाई १० वर्षदेखि चुनावी टक्कर दिएकी भगवतीले सुनसरीको ३ नम्बर क्षेत्रबाट महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने काममा लाग्ने भन्दै भोट मागिरहेकी छिन् ।

गच्छदारले ३१ वर्षसम्म गर्न नसकेको काम ५ वर्षमा गर्ने उनको दाबी छ ।

गच्छदारको प्रभाव कमजोर बन्दै गएकाले आफूलाई चुनाव जित्न गाह्रो नहुने दाबी उनले गरिन् । ‘अहिले उहाँको पावर कमजोर भएको छ,’ उनले भनिन्, ‘पहिलाको चुनावभन्दा अहिले फरक छ ।’

२०७४ मा गच्छदारले धाँधली गरेर जितेको उनको आरोप छ । चौधरीले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनको मुद्दा टुंगो नलागी प्रतिनिधिसभाको कार्यकाल सकियो ।

अदालतले न्याय नदिएको गुनासो उनको छ । ‘अब जनताको न्यायालयले मलाई न्याय दिनेछ भन्नेमा ढुक्क छु,’ उनले भनिन्, ‘अदालतबाट न्याय पाउन सकिनँ । मतदाताले मलाई न्याय गर्छन् ।’

चौधरी र गच्छदारको पहिलो चुनावी भेट २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भएको थियो । त्यतिबेला गच्छदार मधेशी जनअधिकार फोरम लोकतन्त्रिकबाट उम्मेदवार बनेका थिए ।

चौधरी भने नेकपा एमालेबाट नै उम्मेदवार बनेकी थिइन् । चौधरीले १७ हजार १६२ मत ल्याउँदा गच्छदार १७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए । मतान्तर ३६२ रहेको थियो । 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् । मतान्तर ३२१ मात्र थियो । 

२०७४ को निर्वाचनमा चौधरीलाई माओवादीको समेत मत थपिएको थियो । गच्छदार भने आफ्नो पुरानो पार्टी कांग्रेसमा फर्किएर चुनाव जित्न सफल भएका थिए ।

यस्तो छ स्थानीय तहको मत 

सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका र बर्जु गाउँपालिका पर्छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा यहाँ नेकपा एमालेको मत धेरै छ । एमालेले ३५ हजार ५३ मत पाउँदा कांग्रेसले ३३ हजार ५७१ मत ल्याएको छ । 

यस्तै एमालेलाई सघाएको जसपाको ५ हजार ५१६, सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको ३ हजार ८ सय, राप्रपाको ३ हजार ३३१ र नेकपा एसको ६२६ मत रहेको छ ।

सत्ता गठबन्धनको पक्षमा ३७ हजार ९९४ मत देखिन्छ भने विपक्षी गठबन्धन एमाले र जसपाको मत ४० हजार ५६९ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x